Breaking News
Loading...
######
Saturday, January 11, 2014

इतिहासकार डा. हर्षबहादुर बुडामगरका अनुसार तत्कालिन मगरात क्षेत्र सतुङ (satung) पयुङ (payung) भीकोट, गरहुङ (Garhung), रिसिङ (Rising) घिरिङ (Ghiring), गुल्मी, अरघाची, मुसीकोट,र् इस्मा, लगायत पाल्पा, गोर्खा, तनहु", प्यूठान, रोल्पा र बाग्लुङ-दबनगिलन) सम्मलाई बुझाउथ्यो । र यही मगरात क्षेत्रमा गोर्खा राज्यको गठन भएको बताउ"दै पृथ्वीनारायण शाहले-'म मगरको राजा हूँ भनेर गर्व गरेको कुरा उल्लेख गरेका छन् ।
An account of the Kingdom of Nepal हेमिल्टनको दावी अनुसार गोर्खा जवंशको पुर्खा 'खाञ्चाखान' र 'खिञ्चाखान' मगर भएको बताएका छन् । मगरहरुले भाषिक वंशावलीमा पनि खाञ्चा र मिञ्चाखानको चर्चा गरेको पाइन्छ । -किरात वंश र मगरहरु-डा.हर्षहादुर बुडा मगर) । मगर भाषामा खाञ्चाको अर्थ उमेरदार अर्थात् लायक भन्ने बुझिन्छ भने मिञ्चाको अर्थ कलिलो बुझिन्छ ।
माथिका कुराबाट के प्रमाणित गर्न सकिन्छ भने गार्खा राज्य विस्तार अभियानमा पृथ्वीनारायण शाहले मगरहरुको साथ लिएका थिए र सन् १७६३ मा पृथ्वीनारायण शाहले गठन गरेको प्रथम नियमित पल्टनको नाम 'गोरखनाथ' र 'श्री नाथ' मध्ये गोरखनाथलाई 'मगर पल्टन' भनिन्थ्यो । यसरी मगरहरु मगर बाहुल्य रहेको क्षेत्रमा शासक बनेका शाहवंशसग नजिक हूँदै 'जागिरे' मगर भएका थिए ।
भनिन्छ, नेपाल-अंग्रेज युद्धमा अगाडि (Frontline) बसेर युद्ध गर्ने मगरहरु थिए । भक्ति थापा, अमरसिंह थापा र रणजित सिंह थापा यसका ज्वलन्त उदाहरणहरु हुन् । सन् १८१५ मा अंग्रेजले युद्धबन्दी बनाएका नेपाली सेनाहरु प्रायशः मगर भएकोले भक्ति थापा र अमरसिंह थापा जस्ता मगरहरुको रणकौशलबाट प्रभावित अंग्रेजहरुले युद्धबन्दी मगरहरुलाई नै अंग्रेज सेनामा परिवर्तन गराएको इतिहास पढन पाइन्छ । यसैगरी केन्द्रीय राजनीतिले 'एकजातीय' संरचना बनाउन थालेपछि राजनीतिक मूल्याङकनमा नपरेका मगरहरु तत्कालिन शासकबाट बेचिन गई गोर्खाली फौजबाट अंग्रेज फौजमा स्थानान्तरण भए ।

अंग्रेज फौजमा राईको प्रवेशः

इसापर्व १५०० सालमा यलम्बर (यलु) ले स्थापना गरेके किरात प्रदेश कालान्तरमा क्षेत्रीय शक्तिको रुपमा रह्यो । यी मध्ये सन् ५९६ मा खम्सुहाङ (Khamsuhang)को क्षेत्रीय शक्तिले सोलुको मुक्लिमा राजधानी बनाएको इतिहास तत्कालिन प्रतिबन्धित खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष गोपाल खम्बूले लेखेका छन् ।
सत्रौं शताब्दीमा पृथ्वीनारायण शाहको उदयपछि राज्य विस्तार क्रममा पूर्बका किराती र पश्चिमका गोर्खाली फौजबीच युद्धमा चिनजान भयो । सन् १७७२ अगस्त २५ मा मुलुङ(गगिलन) थुममा भएको युद्धमा खम्बुवान क्षेत्रका किरात राजा चतमेहाङको पराजयपछि उक्सिएको गोर्खाली फौज विरुद्ध किरातहरुले प्रतिरोध युद्ध गरिरहे । गेार्खालीको फौजलाई सन् १७६९ मा महेन्द्र सिंह राईले किराती छापमा हराएपछि पृथ्वीनारायण शाहले किरात राजाको बहादुरी दर्शन गर्न पाए । महेन्द्र सिंहको सशक्त फौजका कारण अन्य किरात राजाहरु पनि सुरक्षित रहे । अन्ततः हरिनन्द पोख्रेल र स्वरुपसिंह कार्कीले षड्यन्त्र (तत्कालिन खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष गोपाल खम्बूका अनुसार लाश लगे जस्तो गरेर शंख बजाउदै हतियार खम्बुवान क्षेत्रमा हुलेका थिए) गरेर महेन्द्र सिंह राईको हत्या गरी दोलखा पनि गोखाली सेनाले कब्जा गरे ।
किरातीको बहादुरी देखेका शासकवर्गले सन् १७९१ मा गोर्खा-भोट युद्धमा किरातीको प्रयोग गर्‍यो । तत्कालिन सरकारले यो युद्धमा बाचेर आएका किराती फौजलाई जबरजस्ती हिन्दू बनाईयो । यसरी कुनै समयको राजा किराती समुदाय गोर्खालीको सामान्य फौजी बनाइए । यहा किराती फौजहरु पनि तागाधारी वर्गको राज्य संरचना अनुरुप भर्ना हुन थालेपछि पिछडिए, त्यसैले अंग्रेज सेनामा बाध्य भएर भर्ना भए । समग्रमा भन्नुपर्दा गोर्खाली सेनासँग प्रत्यक्ष सम्बन्ध भएका सबै जातिहरु तागाधारी वर्गको चिन्तन अनुसार अंग्रेज सेनामा भर्ना भए ।

विश्वयुद्ध र योद्धाहरु

सन् १९१४-१८ सम्म प्रथम विश्वयुद्ध हुदा गोर्खा फौजले अंग्रेजको तर्फाट युद्ध गर्‍यो । सन् १९१६ मा श्री ३ चन्द्रशम्शेरले ५० हजार र्राईहरु प्रथम विश्व युद्धका लागि रु.२।- का दरले र्राई अमालीलाई दिएर अंग्रेजलाई सुम्पिएको कुरा तत्कालिन प्रतिबन्धित खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष गोपाल खम्बूले प्रतिबन्धित पुस्तक 'खम्बुवान' मा उल्लेख गरेका छन् ।
विश्व युद्धमा श्री ३ सरकारले भोट-बर्मेली समूहका सम्पूर्ण जातिलाई अंग्रेजसँग बेचेपछि राई-लिम्बूहरु क्षेत्रीय योद्धाबाट अन्तराष्ट्रिय योद्धा भए । सो विश्व युद्धमा २ लाख गोर्खा सेनामध्ये २० हजार मारिएको अनुमान गरिएको छ । यही युद्धमा कुलवीर थापा मगरले पहिलो 'भिक्टोरिया क्रस' पदक पाए ।
दोस्रो विश्वुद्ध सन् १९३९-४५ मा पनि नेपालीहरुले अदम्य साहस देखाएर भिक्टोरिया क्रसको लर्को लगाए । यो युद्धमा लालबहादुर थापा मगर, शेरबहादुर थापा, थमन गुरुङ, गजे घले, गञ्जु लामा, तुलबहादुर पुन, नेत्रबहादुर थापा, अगमसिंह र्राई, लछुमन गुरुङ, भानुभक्त गुरुङ, कर्णबहादुर रानागमर तथा विश्व युद्धपछि रामबहादुर लिम्बू गरी १३ जनाले भिक्टोरिया क्रस पाए ।
पहिलो र दोस्रो विश्वयुद्ध लगायत अन्य विन्नि युद्धहरुमा गरी लगभग ६० हजार भन्दा बढी गोर्खाली फौजको मृत्यु भएको र लाखौंको मात्रामा अपाङ भएको अनुमान गरिएको छ । नेपाली योद्धाहरुले अंग्रेज सरकारको लागि त्याग गरेको बदलामा दोस्रो विश्वयुद्धपछि अंग्रेज सरकारले पेन्सन विना नेपाली फौजलाई नेपाल फर्कायो । अंग्रेजको बेलायतलाई घाम नअस्ताउने देश बनाएका गोर्खाली योद्धाहरु खाली हात र्फकदा" नेपाल सरकार मौन रहेको थियो किनकि यो लडाइ"मा उनको कुनै जातीय पूस्ताले लडाइ"को पीडा भोगेको थिएन ।
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment