तामांग जाति
नेपालको एक पुरानो जाति मध्ये एक मानिन्छ | भनिन्छ बोधिसत्त्व मन्जुश्रीले उनीहरुलाई यम्बू (काठमाडौँ)
को प्राचिन बासिन्दा रुपमा स्थापना गरेका थिए | यिनीहरु यम्बू (काठमाडौँ) को खास बासिन्दा मानिन्छ |
नेपाल सरकार र
रुस सरकार बिच भएको पुरावात्तिक अध्धयन कार्यक्रमको सम्झौता अनुसार डा. अनाटोली
यकोब्लावे शेटेनकोको अध्धयन अनुसार यम्बू (काठमाडौँ) को बुदनिल्कण्ठ र मोंगोलिया,
एशिया र अमेरिकामा भेटिएका हातहतियार र सरसामान
दुङ्गे युग (करिब ३०००० बि.सी.) को थियो | यसले के प्रमाण गर्छ भने तिब्बत र हिमालयन हुदै मोंगोलियन (तामांग) हरु आज
भन्दा ३०,००० वर्ष अघिदेखि यम्बू
(काठमाडौँ)/नेपालमा रहदै बस्दै आएका छन् | .
जनक लाल शर्माको
भनाई अनुसार पहिलेको मोङ्गोल जो पूर्वबाट आए उनीहरु नै हालको तामांग हो |
तामाङ शब्दको
प्रयोग विदेशी विद्वान् म्याक्डोनाल्डका अनुसार हालको मुस्ताङ जिल्लाको गुन्थाङ जो
पुराङ राज्यको एक भाग थियो”। त्यहाँका राजा
बुम देंगोन जसले सन् १२५३ देखि १२८० सम्म राज्य गरेका थिए। उनको वंशावलीमा तल्लो
मुस्ताङमा रहेका “से मोन शेरिब
अधिराज्य”का तामाङहरूलाई दबाउन
मुक्तिनाथमा किल्ला बनाउन लगाएको भन्ने वृतान्तड उल्लेखित छ।
तर गोर्खा राज्य
विस्तारसगै तामांग लेख्न प्रतिवन्द लगाइयो | तर तामांग जातिलाई शासक र शोसक वर्गहरुले हेपाहा किसिमले “भोटे” र “मुर्मी” भन्न थाले | तर तामांग जातिहरुले आफूलाई तामांग नै भन्दै आए |
हामी तामाङ नै
होऔं भन्ने दावी जहानीया तानाशाही राणा शासन कालमा पनि तत्कालीन ब्रिटिस सरकारका
ठूला कमान्डरको अङ्गरक्षक तथा सेवक तामाङ सरदार बहादुर जंगवीर तामाङले आफूहरू
पहिलेदेखि नै तामाङ भनेर चिनिने कुरा “हामी बाह्र तामाङ” भन्ने दाबीका साथ
बाह्र तामाङलाई लामाभोटे नभनी आफ्नो थर लेख्दा तामाङ नै लेख्न पाउय्.त्र् भनि
तत्कालीन नेपाल सरकारलाई निवेदन लेखेका थिए। उनको यो निवेदनको सुनुवाइ स्वरूप
वि.स. १९८९ भाद्र ६ का दिन तामाङलाई “लामाभोटे” नभनि “तामाङ” नै भनी बोलाउनु र लेख्न लगाउनु भन्ने लिखित आदेश समेत भए ।
नेपालका शासक र
शोसकहरुले तामाङहरूलाइ राजनितिक, आथिक, सामाजिक, सांस्कृतिक, धामिक, शैक्षीक, भाषिक आदिमा मात्र नभए इतिहासको तहसनहस,
शोषण दमन र उत्पीडन गरी आएका छन् र वर्तमानसम्म
निरन्तर चलिरहेकै छ ।
from-http://www.mulbasi.org/?p=1018&cpage=1#comment-995
0 comments:
Post a Comment