Breaking News
Loading...
######
Tuesday, October 27, 2015


          सर्वप्रथम यो हिन्दु दशैँको बारेमा मेरो व्यक्तिगत तर्फबाट भन्नु पर्दा, यसको ऐतिहासिक पृष्ठभूमि जे-जस्तो भए पनि आफ्नो स्थानबाट सम्मान गरेको छु तर हिन्दु दशैँको बिधि अनुष्ठान अनुसार मानेको छैन / धेरै मित्रहरुले हिन्दु दशैको पक्ष र बिपक्षमा बिभिन्न कोणबाट आफ्नो विचार लेखेको देखेर मेरो आफ्नो विचार पनि प्रस्तुत गरेको छु / बिगत इतिहासमा शाह-राणाहरुले राज्य सत्ताको आडमा हाम्रो पुर्खा (मंगोलियन/आदिवासी-जनजाती) हरुलाई हिन्दुकरण अर्थात हिन्दु धर्म लाद्ने क्रममा वितरण गरिएको हिन्दुहरुको जुन ढोल-बाजा, तरवार, मिसान, हिन्दु धर्मग्रन्थको पुस्तक, हिन्दु दुर्गा भगवानको तस्विर, पुर्जाको लागि चाहिने सामानहरु आदि.....अहिले पनि हाम्रो घरमा सुरक्षितरूपमा राखिएको छन् / म कुनै पनि धर्म सस्कृतिको आस्थाहरुलाई बिरोध गर्दिन सबै मेरो नजरमा बराबर सम्मान रहेको छ / मैले यो हिन्दु दशैँ बहिस्कार गर्नुको मुख्य तिन कारणहरु छन्

क) अहिन्दु मंगोलियन (आदिवासी-जनजाती) हरुको धार्मिक, सस्कृति चाड होइन /
ख) हिन्दु दशैँ नेपालको ऐतिहासिक मौलिक चाड होइन /
ग) नेपालमा राज्य सत्ताको आडमा राजनीतिक उदेश्य पुरा गर्न अहिन्दु मंगोलियनहरुलाई हिन्दुकरण गरिएको हो /

       हिन्दु धर्मालम्बी आर्यन (बाहुन-क्षेत्री)हरुको परिभाषा अनुसार, “सुर शक्ति (भगवान) ले असुर शक्ति (राक्षसहरु) माथि बिजय गरेको खुशियालीमा यो दशैँ मनाइएको” भनिएको छ / यसको वास्तविकता के हो भने, जहाँ खासगरी हिन्दु आर्यन (बाहुन-क्षेत्री) हरुले अहिन्दु मंगोलियन (आदिवासी-जनजाती) हरुमाथि युद्द गरि विजय प्राप्त गरेको खुशियाली र उल्लासमा प्रत्येक बर्ष दशैँ मनाइएको देखिन्छ / दशैँको धार्मिक आधार हिन्दुग्रंथ “रामायण” हो / यस रामायणको कथा-इतिहास हाम्रो नेपाल देशको नभएर, भारत देशको हो / जहाँ भारत देशमा बाहिरबाट भित्रिएको हिन्दु आर्यन(बाहुन-क्षेत्री) हरु र भारतको मुलबासी मंगोलियन( आदिवासी-जनजाती) विचार भिषण युद्दहरु भएको थियो / भारतमा भएको जुन युद्दहरुमा अप्रबासी हिन्दु आर्यनहरुले त्यहाको अहिन्दु मुलबासी मंगोलियनलाई युद्दमा सखाप पारी जितिसके पछि, हिन्दु आर्य (बाहुन-क्षेत्री) हरुले भब्यरुपमा खुशियाली मनाएको थियो / भारतमा भएको त्यस सत्य घटनालाई हिन्दु ब्राह्मण बलामिकीले हिन्दु धर्मग्रन्थको रुपमा “रामायण” पुस्तक लेखेको हो / भारतमा त्यो धर्मको नाममा भएको जातीय नरसंहारलाई अर्थात भारतीय मुलबासी मंगोलियन (आसिवासी-जनजाती) हरुको राजा रावण र उसको जनता तथा सेनाहरुलाई राक्षसको रुपमा चित्रण गरि बदनाम गरिएको हो / त्यसैले भारतको त्यो रावणको ९,१० ओटा टाउको थिएन तर अप्रबासी हिन्दु आर्यनहरुले भारतीय मुलबासी मंगोलियन बदनाम गर्न गलत र भ्रमित प्रचार-प्रसार गरिएको रहेछ /

       नेपालको सन्दर्भमा दशैको मुख्यतया राजनीतिक अर्थ छ, जसको कारण हिन्दु धर्ममा आधारित दशैँ चाडको पूर्णरुपमा बहिस्कार गर्नुको कुनै बिकल्प नै छैन / गोरखाको राजा पृथ्वी नारायण शाहले “नेपाललाई असली हिन्दुस्थान बनाउने मिसन”, त्यतिखेरको नेपालको सङ्घात्मक तथा स्वायत्त राज्यहरुलाई एकात्मक केन्द्रिकृत राज्यमा रुपान्तरण गरियो / नेपाल भनेको बहु-जाति, बहु-भाषा-भाषी, बहु-लिपि, बहु-धर्म, बहु-सस्कृति र बहु-भेष-भुषा भएको देश हो तर अढाई सय बर्ष देखि नेपालमा “एक भाषा, एक भेष, एक राष्ट्र एक देश” को नारा अनुसार देशको दिशा उन्मुख गराइयो / यसरी नेपाल देशमा “असली हिन्दुस्थान”, चार जात छतिज वर्णको साझा फूलबारीको नारा दिएर जुन उनीहरुको हिन्दु वर्णश्रममा नपर्ने अन्य सबैलाई जाति र समुदायहरु माथि चरम शोसन, दमन, विभेद गरी उत्पीडन गरियो /

       दशैँ मंगोलियन (आदिवासी-जनजाती) हरुको धार्मिक, सस्कृति र राजनीतिक चाड होइन तर हिन्दु राज्य विस्तारको क्रममा हिन्दु राज्य सत्ताले मंगोलियन अर्थात आदिवासी-जनजातीहरुले दशैँ मान्ने पर्छ भनेर आदेश-हुकुमहरु जारी गरेको थियो / यसरी एकात्मक केन्द्रिकृत राज्य सत्ता (हिन्दु राज्य) ले आफ्नो हैकम र अधिनस्थ स्वीकार्न बाध्य पारेर हिन्दु दशैँ मान्न लगाइएको थियो /

        राज्यले नै हिन्दु धर्मको पक्ष लिएर हिन्दु अधिराज्य घोषणा गर्यो जसको लागि लगभग अढाई सय बर्ष देखि नै नेपालमा बाहुनवादमा आधारित हिन्दु धर्म सस्कृति र मूल्य-मान्यताको एकाधिकार लादिएको थियो / जसको आडमा अहिन्दु मंगोलियन (आदिवासी-जनजाती) हरुमाथि निर्मम शोषण, दमन, विभेद गरि बहिस्करणमा परियो /

      नेपाल जस्तो बहु-धार्मिक, बहु-सांस्कृतिक, बहु-जातीय समाजमा राज्यले हिन्दु दशैंको लागि मात्र एक महिना सरकारी विदा र सबै कर्मचारीहरुलाई तलब भत्ता वितरण गरि दिने, हिन्दु धर्म सस्कृतिको विकास तथा संरक्षण गर्ने राज्य कोषबाट आर्थिक सहयोग गर्ने र हिन्दू धर्मको अन्य चाडपर्वमा पनि विदा दिने तर आदिवासी जातजातिको धर्म-संस्कृतिको कुरा आयो भने चाहिँ राज्यले कुनै पनि लगानी नगर्ने, सहयोग पनि नगर्ने बरु त्यसलाई सिध्याउन अनेक सड्यन्त्र गर्ने ?

      राज्यले बिदा दिने भए, सबै जाति-समुदायहरुको धर्म-सस्कृतिको चाडपर्वमा बराबर बिदा दिनु पर्यो नि, होइन भने, कोहि कसैलाई पनि नदिनु / सबै जाति-समुदायहरुले हिन्दु आर्यनहरुको हिन्दु धर्म सस्कृति या दशैं चाड चै मानि दिनुपर्ने तर हिन्दु आर्यनहरुले चै अहिन्दु मंगोलियन (आदिवासी-जनजाती) हरुको धर्म-सस्कृति या चाडपर्वहरु नमान्ने ? राज्यले केहि बर्ष देखि देशको अन्य केहि अहिन्दु जाति-समुदायहरुको चाडपर्वमा राज्यले एक दिनको छुट्टी चै दिएको छ तर पनि हिन्दु समुदायहरुले गैरहिन्दुहरुको चाडपर्व बिल्कुल मान्दैनन र राज्यले पनि अहिन्दु मंगोलियन (आदिवासी-जनजाती) हरुको धर्म-सस्कृतिहरुको संरक्षण र विकास गर्न राज्यले अहिलेसम्म नैतिक र आर्थिक सहयोग बिल्कुल गरेको छैन / यस्तो विभेद र अन्याय कहिलेसम्म ? राज्यले यस्तो असमानताको किन सम्बोधन गर्दैन ? राज्यले किन न्यायसंगत रुपमा विदा र आर्थिक सहयोगको निर्धारण गर्दैन ?

       विशेषगरी नेपालको सन्दर्भमा भन्नु पर्दा हिन्दु आर्यन जातिहरुको यो हिन्दु दशैंको विरोध गर्नुको मुख्य कारण, राज्यले नै राज्य शक्तिको आडमा यो हिन्दु चाडलाई जबर्जस्ती लादिएको थियो । यो चाड अहिन्दु मंगोलियन (आदिवासी-जनजाती) हरुलाई जबर्जस्ती मान्न बाध्य पारिएको थियो । इतिहासकारहरुको भनाइ अनुसार, राणा शासनकालमा सबै अहिन्दु मंगोलियन (आदिवासी-जनजाती) हरुले हिन्दु आर्यनहरुको हिन्दु दशैँ मान्ने पर्ने उर्दी र हुकुम जारी गरिएको थियो / जसको लागि राज्यले नै हिन्दु आर्यन (बाहुन-क्षेत्री) हरुको हिन्दु चाड-दशैमा, सबै अहिन्दु (आदिवासी-जनजाती) हरुले रागा-खसी मारेर रगतको पञ्जाछाप घर–घरको भित्तामा लगाउनु पर्ने, गोबर र दुभो मूल धोकाको माथि टाल्नु पर्ने जस्ता उर्दी-हुकुम जाहेर गरिएको थियो । शक्तिको पूजा वा हातहतियारको पूजा गर्ने बेलामा यसरी अनिवार्य बलि दिनुपर्ने व्यवस्था थियो ।

      इतिहासकारहरुको भनाइ अनुसार, अहिन्दु मंगोलियन (आदिवासी जनजाति) हरूले दशैं माने कि मानेनन् भनि बुझ्न या चियो-निरिक्षण गर्नको लागि हिन्दु आर्यन (बाहुन-क्षेत्री) हरुको राज्य सत्ताले गाउ-गाउमा दुत र साधुहरु पठाउने गर्थ्यो / जसको लागि दशैको सूचक चै घरमा रगतको पञ्जाछाप तथा गोबर र दुभो मुल धोका माथि टालिएको छ कि छैन भनि हिन्दु आर्यन (बाहुन-क्षेत्री) हरुको राज्यलाई प्रष्ट पार्नु पर्थ्यो । यदि ति गरिब-दु:खीहरुले आफ्नो घरमा दशैमा मार-पशुबली दिन नसके पनि गाउ-छिमेकीहरुको बाट अनिवार्यरुपमा रगत ल्याएर भए पनि घरको भित्ताहरुमा रगतको पन्जा छापहरु राख्नु पर्ने बाध्यता थियो / ति सबै बिधि पुर्याएर बिभिन्न सूचकहरु राखिएमा, हिन्दु राज्य खुशी हुन्थ्यो । यसरी हिन्दु आर्यन राज्य सत्ताको नियम-हुकुम पुरा गरिएन भने, राज्यले अहिन्दु मंगोलियन (आदिवासी-जनजाती)हरुलाई कार्वाही वा मारिदिन पनि सक्थ्यो । यसै सिलसिलामा हिन्दु दशैँको बहिस्कार गर्ने पूर्वी नेपालको लिम्बुवान राज्यको आठपरियाको दुइ दाजु-भाइ नाम्लिहांग र रिदामाको हत्या गरिएको थियो / रणबहादुर शाहको पला देखि यसरी हिन्दु दशैको लागि राज्यले लादेको प्रमाणहरु छन् / यसरी दशैं माने नमानेको राज्यबाट अनुगमन हुन्थ्यो । यदि यसरी जबर्जस्ती लादिएको हिन्दु चाडको विरोध किन नगर्ने ?

       यदि अहिन्दु मंगोलियन (आदिवासी-जनजाति) को चाड पनि हिन्दूहरूले उत्तिकै भव्य रुपमा मनाइदिने, उत्तिकै समान हैसियतमा विदा र सेवा सुविधा हुने हो भने त एक-अर्काको सद्भावको लागि दुवैले दुवैको चाड मान्न सक्छन्, तर देशमा त्यस्तो परिस्थिति कहाँ छ र ?

       विद्वान तथा चर्चित समाज शास्त्री डा.प्रा. कृष्ण भट्टनको अनुसार :- “हिन्दु दशैँ र हिन्दु आर्यन (बाहुन-क्षेत्री) हरुको बारेमा यसरी आफ्नो विचारहरु राख्नु भएको छ :- “दशैंको सन्दर्भमा कतिपय जनजातिहरूमा पनि समस्या छ । राज्यको पकडमा भएकाहरू हिन्दूकरणमा पर्दा चाहिँ दशैं हाम्रो हो भन्न सुरु गरेको उदाहरणहरू छन् । स्वामी प्रपन्नाचार्य जस्ताले हामी आर्य हौं भन्ने गर्दछन् । उनी हिन्दू संस्कृति हाम्रो हो भन्दै पनि हिँड्छन् । जनजातिहरू जो शासकको नजिक परे वा हिन्दूकरणमा परे उनीहरूले यसलाई सहज रुपमा लिए । उनीहरूले आफ्नो धर्म र संस्कृतिहरू आफैले सिध्याउने काम गरे । जो चाहिँ राज्यबाट अलगथलग रहे, उनीहरूमा दशैंको प्रभाव उति छैन । मुस्लिमहरूको आक्रमणबाट ११ औं देखि १४ औं शताब्दीसम्ममा सबैभन्दा ठूलो जनसंख्या ब्राह्मण क्षेत्री हिन्दूहरू नेपाल आएका हुन् । त्यसबेला सबैभन्दा पहिले मगरातहरूसँग उनीहरूको टक्कर प¥यो । अहिले पनि बाहुनहरूको बाक्लो बस्ती मगरातमा छ । त्यसले कालान्तरमा मगरहरूसँग हिन्दूहरूको बढी सम्बन्ध रहन गयो । हिन्दू क्षेत्री बाहुनहरू छलछाम गर्न जान्ने, आदिवासीहरू इमान्दार र सोझा हुनाले पनि समस्या आयो । क्षेत्री बाहुनहरू बाठो मात्र होइन शासन गर्ने, राज्यसत्तामा वा राजनीतिमा बढी चासो भएकाहरू थिए किनभने उनीहरू अफगानिस्तान, पर्सिया देखि सिन्धुघाँटी भएर उत्तर भारतमा आइपुग्दासम्ममा त ठाउँठाउँको आदिवासीहरूलाई नियन्त्रण गर्दै, लडाइँ गर्दै आफ्नो प्रभुत्व स्थापित गर्दै आइपुगेका थिए । उनीहरू नेपालमा छिरिसकेपछि उनीहरूको बठ्याइँ उत्कर्षमा पुग्यो । यसै बेला मगरहरू बढी हिन्दू बनाइए । मगरात पछि तमुवान सुरु हुने हुँदा गुरुङ जातिमा बढी हिन्दूकरण भयो । अनि काठमाडौं उपत्यकाका नेवारहरूमा पनि हिन्दू शासकहरूको चलखेलको अखडा नै बन्यो । जब पूर्वी नेपालको कुरा आउँछ,हिन्दूकरण पातलिँदै जान्छ । शहरी क्षेत्र र प्रशासनिक क्षेत्रहरूमा रहेका तामाङहरू मात्रै बढी हिन्दूकरणमा परे, तर तामाङहरू बढी गाउँ–गाउँमा बस्ने हुनाले आनुपातिक रुपमा हिन्दूकरणले उनीहरूलाई असर परेन । त्यो भन्दा उता सुनुवार, राई र लिम्बूसम्म पुग्दा हिन्दूकरण त्यति व्याप्त भएको देखिँदैन । त्यसैले दशैं बहिष्कार,परित्याग वा आफ्नो चाड बढी मान्नुपर्छ भन्ने आन्दोलन चाहिँ लिम्बूहरूमा सबैभन्दा धेरै, अनि राईहरूमा अनि सुनुवार र त्यसपछि तामाङहरूमा हुँदै फेरि गुरुङ मगरहरूमा पातलिदै आएको छ, तर दशैं बहिष्कार, परित्याग, आफ्नो चाड धुमधामसँग मनाउने भन्ने आन्दोलन ०४६ पछि जातीय चेतना बढ्दै गएको कारणले अधिकारका सवाल र दाबीहरू बढ्दै गएपछि सघन हुँदै गएको हो । दशैं बहिष्कार वा परित्यागको आन्दोलन लिम्बुवानबाट मगरातसम्म पुग्दा अहिले मगर र गुरुङहरूमा पनि आफ्नो चाड मनाउने प्रवृत्ति ह्वात्तै बढेर गएको, र दशैं मनाउनेहरूको संख्या त्यसरी नै ह्वात्तै घटेर गएको छ । थकालीहरू हिन्दू शासकहरूको बढी नजिक रहेको हुनाले राणाहरूको पालामा उनीहरूलाई जनै नै लगाउन दिइएको थियो । उनीहरूलाई ठकुरी भनिएको थियो । कति थकालीहरू त अहिले पनि आफू ठकुरी नै हो भन्ने भ्रममा छन् । उनीहरू धुमधामले दशैं पनि मनाउने गर्दथे, तर अहिले खस नेपालीमा गौचन, शेरचन, तुलाचन, भट्टचन भनिने च्युकी, साल्की, धिम्चन, भुर्की सबै थकालीहरूले दशैं नमान्ने र तोरन–ल मान्ने निर्णय गरिसकेका छन् ।“ (समाज शास्त्री डा.प्रा. कृष्ण भट्टन)

      “दशैंको प्रसंगमा रामले रावणमाथि विजय गरेको कथा छ, तर रामायणको कुरा त पूरै काल्पनिक कथा हो । काल्पनिक कथामा प्रस्तुत गरिएको रावण पात्र जो हो, त्यो त आदिवासीहरूको कथा हो । रामलाई खस हिन्दूहरूको प्रतिनिधिको रुपमा ल्याइएको छ । यो दुईटाको लडाइँ चाहिँ दक्षिण एशियामा छँदै थियो । यो दशैं आदिवासीहरूलाई हराएरै सुरु गरिएको हो । त्यसमा पनि कुनै शंका छैन । अझ आदिवासीहरूकै ठाउँमा आएर उनीहरूलाई नै विभिन्न जालझेल र षड्यन्त्र, लडाइँ,साम दाम दण्ड भेद प्रयोग गरेरै आफ्नो नियन्त्रणमा लिएका हुन् आप्रवासी हिन्दूहरूले । अमेरिकामा एउटा थ्याङक्स गिभिङ (धन्यवाद ज्ञापन) भन्ने चाड मनाइन्छ । त्यो धन्यवाद चाहिँ आदिवासीहरूलाई गोराहरूले दिएका हुन् । यो चाडको खास कुरा के छ भने कोलम्बस अमेरिकामा पुगेपछि युरोपेली गोराहरू त्यता जान थाले, तर जति जान्थे उति मर्न थाले । यसरी आप्रवासीहरू मर्न थालेपछि त्यहाँका आदिवासीहरूलाई माया लागेर खेतीपाती कसरी गर्ने, रोगब्याधीबाट कसरी बच्ने, के खाने, के गर्ने वा नगर्ने भन्ने विधि गोराहरूलाई सिकाए, र तिनीहरू अब बाँच्न सक्ने भए । बाँचिसकेपछि आफ्नो प्रभुत्व लाद्न र शासन गर्न गोराहरूले तिनैलाई बचाउने आदिवासीहरूलाई लाखौंको संख्यामा मारे । त्यसपछि तिनीहरूको जमिनमा आफ्नो प्रभुत्व सथापित गरेर आदिवासीहरूलाई चिडियाखानामा राखे जस्तो विभिन्न ठाउँमा छरपष्ट बनाएर सीमित गरि बसाएका छन्, अनि अहिले चाहिँ गोराहरूले आफूलाई बचाएकोमा धन्यवाद दिएको रे ! उसैले बचाउने उसैलाई मार्ने अनि धन्यवाद ? यस्तो चाड त्यहाँको आदिवासीहरूले मान्छन् होला त ? दशैं नेपालका जनजातिहरूको लागि अमेरिकाको थ्याङ्क्स् गिभिङ चाड जस्तै हो ।“ (समाज शास्त्री डा.प्रा. कृष्ण भट्टन)

      “कुरा दशैंंमा राजनीति छ । त्यो के भने रावणको दशवटा टाउको, अनि बानर सेनाले गएर रामले बानरहरूको सहयोग लिएर युद्ध जितेको कथा वाहियात हो, र सीताकै कुरा पनि मान्छेले जन्माएको होइन, खेतमा फेला परेको भन्ने कुनै प्रमाणित कुरा होइन । महाभारतको कुरा पनि धेरै काल्पनिक हुन् । यस्ता काल्पनिक कुराहरू किन आउँछन् भने त्यसले समुदायको सदस्यहरूलाई जोडेर राख्छन् । जसले रामायणको विश्वास गर्छन्, उनीहरूलाई यसले एकठाउँमा जोड्छ । दक्षिण एशियामा खस आर्यहरू पाँच हजार वर्ष अगाडि आएका हुन् । दुई पक्षको बीचमा राजनीतिक,सामाजिक, सांस्कृतिक र धार्मिक प्रकारको द्वन्द्व त विगत पाँच हजार वर्षदेखि चलिआएको छ । त्यसको प्रतीक मध्येमा दशैं पनि एउटा भएको हुनाले गैरहिन्दू र हिन्दूहरूको बीचमा टकराव भइरहेको छ । धर्मनिरपेक्ष राज्य भइसके पछि पनि राज्यले पहिले हिन्दू अधिराज्य हुँदा दशैंमा जे गरिरहेको थियो त्यही गरिरहेको छ । एउटालाई काखा पार्दा अरु जातिका चाडपर्वहरू पाखा पार्ने काम जो भइरहेको छ,त्यसको विरोध नगर्ने प्रश्नै आउँदैन ।“ (समाज शास्त्री डा.प्रा. कृष्ण भट्टन)

      “पञ्चायतको अन्त्यसम्म आइपुग्दा एउटा राजा एउटै देश, एउटै भाषा एउटा भेष भन्ने नारा उत्कर्षमा पुग्यो । धर्म माने पनि हिन्दूहरूको मात्रै मान्नुपर्ने, आदिवासी जनजाति वा मुस्लिम आदिको चाड मान्नै नहुने खालको नीति थियो । ०४७ सालको संविधानले नेपाल एउटा बहुसांस्कृतिक, बहुधार्मिक मुलुक हो भनेर स्वीकार गरिसकेपछि आदिवासी जनजातिहरूको चाडपर्वहरू मान्ने क्रम सुरु भयो । गैरहिन्दूहरूको चाड पनि स्वतः अगाडि आयो । नेपालमा बाहुनवाद पितृसत्ताबाट शोषण, दमन, उत्पीडन र विभेदहरू व्यापक भएको छ, र त्यसविरुद्ध संगठित रुपमा लड्नुपर्छ भन्ने चेतना आयो । आदिवासी जनजाति महासंघ जस्ता संस्थाहरू निर्माण भए । त्यसपछि त्यसले त्यो जनचेतनालाई बढाउँदै गएर दशैं बहिष्कार जस्तो आन्दोलनको रुप लिइसकेपछि आफ्नो चाडपर्व मनाउने कुराहरूमा व्यापकता र सघनता हुनु स्वभाविक नै थियो । आफ्नो चाड मान्न थालेपछि अर्काको चाड जुन मान्नुपर्ने बाध्यता थियो, त्यो स्वाभाविक रुपमा अर्थहीन भएर जान्छ । जनजातिहरूले आफ्नो चाड धुमधामले मनाउन थालिसकेपछि उनीहरूका लागि दशैंको औचित्य सकिँदै जान थाल्यो । यो क्रम अझ अगाडि बढिरहेको छ ।“ (समाज शास्त्री डा.प्रा. कृष्ण भट्टन)

      भारतीय एक विद्वान डा. रामदासको खोज-अनुसन्धान अनुसार, :- “रावण भारतकै गोड गणजातिसंग सम्बन्धित चर्चित राजा थिए, जसले गोड गणजातिका आम मानिसको बीचमा अहिले पनि राजाको रुपमा उच्च सम्मान पाउदै आएका छन्” (23Oct, 2015by राजेन्द्र महर्जन)

        साँकलियाले ‘रामायण :- “मिथ अर रियालिटी ?’ मा गोँडहरूले सबैजसो प्रमुख स्थानलाई ‘लक्का’ (लंका होइन) भन्ने गरेको तथ्य प्रस्तुत गर्दै लेखेका थिए, ‘रावण र अरु राक्षस भनिएकाहरू आदिवासी गणजाति हुन्, जो सम्भवतः गोँड गणजातिसँग सम्बन्धित हुन सक्छन् भने रामायणमा वर्णित बाँदर सावर र कोर्कुस गणजातिसँग सम्बन्धित मानिस हुन सक्छन् / ” (23Oct, 2015by राजेन्द्र महर्जन)

       ‘बौद्ध धर्म और वर्ण–व्यवस्था’मा डा. तुलसीराम लेख्छन्, ‘वैदिक ब्राम्हण र शासकहरूद्वारा विभिन्न स्तरमा चलाइएका लाखौँ बौद्ध–हत्याको अभियानको क्रममा एकातिर पुष्यमित्रदेखि लिएर शशांक र सुधन्वाजस्ता शासकहरूले अगणित बौद्ध–हत्याका साथसाथै हजारौँ बौद्ध मठ र विहार ध्वस्त गर्दै बुद्धगयाको बोधिवृक्षसमेत नष्ट गरेका थिए, अर्कोतिर पतञ्जलिदेखि लिएर कुमारिल भट्ट तथा आदि शंकराचार्यले वैदिक अन्धविश्वासी कर्मकाण्डको माध्यमबाट बौद्ध–विरोधी हिंसालाई दार्शनिक प्रेरणा दिएका थिए । (23Oct, 2015by राजेन्द्र महर्जन)

       जातीय संहार र धार्मिक प्रोपोगाण्ड :- “ज-जसले धार्मिक आस्था र विश्वासको नाममा, अन्धातापुर्वक अनुसरण गर्दछ, उनीहरुले आफ्नो धर्म, सस्कृति र परम्पराका नराम्रा पक्षको सिकार भएको समेत थाहा पाउदैन / उदाहरणका लागि रामद्वारा रावणको बधको मिथकलाई ‘अन्याय माथि अन्यायको जित’ को अर्थमा ब्याख्या र प्रचार गरि मनाइने बडा दशैँलाई नै लिन सकिन्छ” (23Oct, 2015by राजेन्द्र महर्जन)

         रणबहादुर शाह र ५२ सुब्बाहरू :- पान्थर क्षेत्र भारत, सिक्किम र तिब्बतको सीमानानजिक परेकाले त्यसताका विदशी सेनाहरूबाट बारम्बार आक्रमण भइरहन्थ्यो। पान्थरका ५२ जना सुब्बाहरू भेला भएर शत्रुहरूको सामना आफैंले गर्नका लागि काठमाडौँ आई राजा रणबहादुर शाहसँग हात हतियार मागे। यङयाङ सुब्बाको नेतृत्वमा आएका ५२ सुब्बाहरूलाई राजा रणबहादुरले पनि ढाल, तरबार, खुँडा, त्रिशूल, नगरा निशान, बन्दुक, कर्नाल, शङ्ख, डमरु, नरसिङ्गा आदिकासाथ दसैँको नवमीमा मौलो थापी बलि पूजा गर्नुपर्ने दसैँया संस्कृति पनि लादी पठाएकाले ती ५२ सुब्बाहरू काठमाडौँबाट फर्केपछि दसैँमा याङरूपको टुँडीखेलमा यङयाङ सुब्बाको मातहतमा ५२ वटा मौलोहरू गाडी सम्पूर्ण हातहतियार र निशान पूजाका साथ नगरा, बाजागाजा बजाएर उत्सव मनाउने चलन बसाए।
तर, २०२१ सालमा भूमि सुधार लागू भएपछि आफ्नो माटोमाथिको अधिकार एकपक्षीय रूपले हनन् भएको महसुस गरी लिम्बूवान क्षेत्रमा दसैँ मान्नुको औचित्य समाप्त भयो। (किरात मुन्धुमविद मञ्जुल याक्थुम्बा)

        अत: माथिको ऐतिहासिक तथ्यहरुको आधार भन्नु पर्दा यो “हिन्दु दशैँ” हामी अहिन्दु मंगोलियन (आदिवासी-जनजाती) हरुको मौलिक धर्म-सस्कृति तथा चाडपर्व नभएको र नेपालको एकात्मक केन्द्रिकृत हिन्दु राज्य सत्ताको शासकहरुले राज्य सत्ताको आडमा जबरजस्त लादिएको हिन्दु दशैँ र हामि अहिन्दु मंगोलियन (आदिवासी-जनजाती) हरुलाई राक्षसरुपमा प्रचार गरिएकोले यस हिन्दु दशैँलाई पूर्णरुपमा बहिस्कार गरेको हो /

Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment