Breaking News
Loading...
######
Friday, October 2, 2015



हरेक वर्ष मंसिर पूर्णेताका तीन दिनसम्म भव्यरूपले मनाइने चासोक तङनाम, माघ गते माघे संक्रान्तिमा मनाइने कक्फेक्वा तङनाम, साउन गते साउने संक्रान्तिमा मनाइने सिसेक्पा तङनाम, वैशाख पूर्णिमा (बुद्ध पूर्णिमा) मा मनाइने ?वा तङ्नाम अक्टोवर / नोभेम्बर कार्तिक महीनाको औँसीको रात दीपावलीगरी मनाइने बलिहाङ तङ्नाम किरात लिम्बूहरूले परापूर्वकालदेखि परम्परानुसार मनाई ल्याएका मुख्यमुख्य चाडहरू हुन् कैरात देशले परिचित नेपालको पश्चिम क्षेत्रमा राज्यगर्ने बलिहाङ नामक ख्याती प्राप्त किरात राजा थिए उनी अति दानी, प्रतापी, प्रजावत्सल आध्यात्मिक व्यक्तित्वका धनी थिए

ताग्येरा निङ्वाफुमाङका परमभक्त हुनुका साथै उनमा भविष्यवाणी गर्नसक्ने शक्ति समेत थियो आफ्ना प्रजाहरूबीच उनी अत्यन्तै लोकप्रिय थिए त्यसैले प्रजाहरू सधै उनको दीर्घायुको कामना गर्दथे तर जन्मेपछि एक दिन अवश्य मर्नैपर्ने प्रकृतिको नियमलाई कसले टार्न सक्छ ? जब राजाले आफ्नो मृत्युको समय थाहा पाए। उनले मुख्य मुख्य भारदारहरू, राजदर्वारका पदाधिकारीहरूलाई दर्वारमा भेला गराई यस संसारबाट विदा हुने आफनो अन्तिम दिन आइपुगेको घोषणा गरे राजाको त्यस्तो दुःखदायी घोषणा सुनेपछि सम्पूर्ण भारदार तथा पदाधिकारीहरूले के कस्तो सद्भक्ति उपाय गरेमा आफ्ना प्रजापालक राजाको आयु लम्ब्याउन सकिन्छ अर्थात् कालको मुखबाट बचाउन सकिन्छ भनी राजा समक्ष आफ्नो जिज्ञाशा राखे आफ्नो अन्तिम घडी आएपछि कालको मुखबाट उम्किन नपाउने प्राकृतिक नियम हो तापनि सद्भक्ति सदुपायले तत्कालीन आपद विपतलाई टार्न सकिन्छ तर यस्तो कुरो मानिसको वशमा नभई यमराजको दयामा निर्भर गर्दछ भनी राजा बलिहाङले आफ्नो भनाइ राख्दै यसो भने -आउँदो कात्तिक महिना अर्थात् अक्टोवर/नोवेम्बर महिनाको औँसीको अन्धकार रातमा यमराज आउने उनलाई लिएर जानेछ तर यमराजलाई खुशी पार्न सकेमा जीवन फिर्ता गर्न पनि सक्नेछन् भनी त्यसको उपाय समेत यसरी बताए

कातिक महीनाको डरलाग्दो औंसीको रात आउनुभन्दा अघि नै राजदर्वारका प्रमुख पदाधिकारीहरू लगायत सम्पूर्ण प्रजाहरूले स्नानगरी शारीरिक सफासुग्घर मानसिक हिसाबले पवित्र भइरहन पर्दछ जब त्यो अन्धकार डरलाग्दो औँसीको रात आउँछ तब समस्तल आफ्नो घरभित्र बाहिर हजारौँ बत्तीहरू बाली उज्यालो बनाई राजा बलिहाङको आयु बढाई दिन रातभर ताग्येरा निङवाफुमासँग प्रार्थना गर्नुपर्छ मानसिक हिसाबले पवित्र भइरहन पर्दछ जब त्यो अन्धकार डरलाग्दो औँसीको रात आउँछ तब समस्तले आफ्नो घरभित्र बाहिर हजारौँ बत्तिहरु  बाली उज्यालो बनाई राजा बलिहाङको आयु बढाइदिन रातभर ताग्येरा निङवाफुमाङसँग प्रार्थना गर्नुपर्छ यमराजको आगमनलाई पनि हेरिरहनु पर्दछ। प्रकाशको बीचमा छायाको आकारमा यमराज देखा पर्नेछ यसरी प्रकाशको बीचमा मान्छेको छायाजस्तो दृश्य देख्नासाथ जतिसक्दो चाँडो बुढा / बूढी, युवा/ युवती, बाल/बालिका सबैले संयुक्त भई हात जोडी अन्तरात्माले विश्वासपूर्वक एउटै आवाजमा राजा बलिहाङको आयु बढाई डरलाग्दो रातबाट बचाउन उनीसँग प्रार्थना गर्नुपर्छ राजा बलिहाङको जीवनरक्षाको लागि उनका प्रजाहरूको सच्चा प्रार्थना भक्तिबाट यदि यमराज सन्तुष्ट भएमा उनले राजालाई जीवनदान दिई (आयु बढाई) त्यो डरलाग्दो रातबाट उनलाई बचाउने छन्

राजा बलिहाङको त्यस्तो कुरा सुनेपछि सम्पूर्ण भारदार पदाधिकारीहरूले आउने कात्तिक महिनाको अन्धकारमय औँसीको रातमा आफ्ना शरीर आत्मा शुद्ध वा पवित्र राखी सम्पूर्ण प्रजाहरूले राजा बलिहाङको जीवन रक्षाको लागि सच्चा अन्तरात्माले ताग्येरा निङवाफुमाङसंग प्रार्थना गर्न समस्त प्रजाहरूमा समेत सूचना जारी गरे जब कातिक महिनाको त्यो औँसीको दिन आयो समस्त्र स्त्री/पुरुष, युवक/युवती, प्रमुख भारदार, पदाधिकारीहरू समेत समावेशभई स्नान्गरी घरलाई सफासुग्घर एवम् श्रृङ्गार गरेर रात पर्नासाथ उनीहरूले घरभित्र बाहिर बत्तीहरू बाली राजा बलिहाङको जीवनदानको लागि उपवास बसी ताग्येरा निङ्वाफुमाङको प्रार्थना गर्न थाले राजा बलिहाङ निराश भई भारदारहरू पदाधिकारीहरूबीच ढल्किरहेथे सम्पूर्ण प्रजाहरू राजदरवारको भित्र/बाहिर प्रार्थना गीत गाइरहेका थिए राजदर्वारको भित्र/बाहिर जहीँतहीँ उज्ज्वलमय बत्तीहरू बलिरहेका थिए प्रजाहरू पूर्ण होसियारका साथ राजाका निमित्त प्रार्थना गरिरहेका थिए मध्यरात बित्नासाथ अचानक यमराज प्रकाशको बीचमा मान्छेको छायाँको आकारमा देखा परे त्यसलाई सबैले देखेर उनीहरू सबैले एकै स्वरमा प्रार्थना गाए सद्भक्तिका साथ अन्तरात्माले राजा बलिहाङको आयु थप गरिदिन अनुरोध गरे उनीहरू रुदै चिच्याउँदै भन्न लागे-यदि राजा बलिहाङको मृत्यु भयो भने राज्यभरका हामी प्रजाहरू भिषण अन्धकारमा पर्ने भएकाले राजा बलिहाङको आयु बढाई त्यस डरलाग्दो रातबाट बचाउन यमराजसँग सबैले अनुनय गरे राजा बलिहाङप्रति प्रजाहरूको त्यस्तो अगाध श्रद्धा एवम् स्नेह देखेर उनीहरूलाई यमराजले उत्तर दिए- मानवको जीवन-मरणको अधिकारी उनी नभए तापनि उनलाई बचाउने प्रयास गर्ने वचन दिए उनले त्यसो भन्नासाथ त्यो छायाँ अदृश्य भयो राजा बलिहाङले पनि अन्तिम सास लिए

सबै प्रजाहरू पनि राजा बलिहाङको आयु थप गर्न रुँदै प्रार्थना गरिरहे विहान भाले बास्नासाथ मिरमिरे उज्यालो हुनलाग्दा पुनः राजा बलिहाङले सास फेरे सचेत भए जब उनी पूर्ण चेतनामा आए उनले आफना प्रमुख भारदारहरूतर्फ हेरेर भन्न थाले कि तिमीहरू लगायत सम्पूर्ण प्रजाहरूका सच्चा व्रत, प्रार्थना अटल विश्वासद्धारा मैले पुनः जीवन पाएँ प्रजाहरूको यस्तो भक्तिबाट उनी अत्यन्त सन्तुष्ट भए प्रजाहरूको सच्चा भावभक्तिबाट आफूले पुनःजीवन पाएका कुरा समस्त प्रजाहरूमा खुशियालीको रुपमा मनाउन आदेश पनि जारी गरे त्यस दिन खानु पिउनु आनन्दका साथ रमाइलो गर्ने त्यो घटनाको सम्झनास्वरुप प्रत्येक वर्षो कातिक महिनाको औँसीलाई उनीहरूको पर्वको दिन मनाउन उनले आफ्ना प्रमुख पदाधिकारीहरूमार्फ प्रजाहरूमा आदेश दिए उनीहरूले आफ्नो घरभित्र बाहिर बत्तीहरू बाली उज्यालो पारी उनीहरूको राजा बलिहाङको स्मरण गर्न राजदर्वारका पदाधिकारीहरूले राजा बलिहाङको आदेशानुसार सम्पूर्ण प्रजागणहरूमा सूचना जारी गरे। प्रजाहरूले पनि राजा बलिहाङलाई उनीहरूको पुरोहित राजाको रूपमा आदर गर्न थाले। फाइलो देउसी जस्ता शव्दहरूबाट गीत रची प्रत्येक वर्षो दीपावली पर्वमा गाउन थाले जसको अर्थ पुरोहित राजालाई सहयोग गर्यौ भन्ने अर्थ हुन्छ समूह-समूह भएर यो पर्वमा राति घर-घरमा गाउँदै हिँड्दा लारिङ्गेःक् दिनमा गाउँदा नाम्लिङ्गेःक भन्दै आफनो जातीय बाजा 'के' च्याब्रुङका साथ बलिहाङ तङनाम मनाउने चलन चल्यो यसरी देशका सम्पूर्ण प्रजाहरूले बलिहाङ राजाको जय होस् भनी किरात लिम्बू भाषामा 'तियाहा' शब्द प्रयोग गरी दिपावली पर्व मनाइएकोले पछि अपभ्रंश हुदै 'तिहार' भनिएको हो त्यसैले आजसम्म पनि नेपाल अधिराज्यभर तिहारको दीपावली पर्वमा भैलो देउसी खेल्दा ''हामी त्यसै आएनौं बलि राजाले पठाए'' भन्नेजस्ता वाक्य प्रयोग भइरहेकै

अतः वर्तमान नेपालमा कातिक महिनाको औंसीताका पर्ने तियाहा (तिहार) नामक दीपावली पर्व मनाइने किरात चाडको थालनी हुनमा किरात राजा बलिहाङको अविस्मरणीय योगदान भएको कुरा हामीले कहिल्यै भुल्नु हुदैन ।हिन्दूहरूले कहिले माइती यमराज चेली यमुनाबीच कहिले अज्ञात माइतीलाई अज्ञात चेलीले मृत्युको मुखबाट बचाएकोले तिहार पर्वलाई भाइटीकाको समेत प्रसंग जोडेका छन् तर हाम्रो मौलिक मुन्धुममा चाहिँ दीपावली गर्नुका साथै समूह-समूह भएर लारिङ्गेक्/नाम्लिङ्गेक् भन्दै (केलाङ) च्याब्रुङ नाचकासाथ सक्नेहरूले / दिनसम्म पनि (फाइलो/ देउसी) भैलो/देउसी खेल्दै मनोरञ्जन गर्दछन्। किरात लिम्बूहरूमा चेलीले माइतीलाई फूल माला लगाइदिन हुँदैन अर्थात् चेली माइतीमा फूल आदान प्रदान गर्नु हुंदैन त्यसो गरेमा ठलो आपद/विपत आइलाग्छ भन्ने कुरा हाम्रो मुन्धुमले निर्देश गरेकाले हाम्रो किरात लिम्बू जातिमा चेलीले माइतीलाई फूलमाला लगाई भाइटीका गर्ने चलन छैन कसै कसैले हिन्दूहरूको प्रभावमा परी देखासिकी गर्नु भनेको आफ्नो स्वेच्छाको कुरो हो यसबारे मुन्धुमहरूमा विस्तृत वर्णन गरिएका सम्पूर्ण कुराहरू यो छोटो लेखमा उल्लेख गरिरहन सम्भव नहुने भएकोले निम्नानुसार सारांश मात्र प्रस्तुत गरेको छु

-, सोधुङ्गेन् लेप्मुहाङपुत्र तेन् तुम्याङ बाजाइबाले आफ्नी श्रीमती लुप्ली वदनहाङमाको सल्लाहअनुसार आफना चेली इरेरे इधुङ्लुङमाको कुनियतको बदला लिन विषयुक्त फूलको गुच्छाले चेली इरेरे इधुङलुङमाको स्तनमा हिर्काएकोले नौ दिनसम्म रोगिएर इरेरे इधुङलुङमाको मृत्यु भएको हुँदा हामी किरात लिम्बूहरूमा चेली/माइतीबीच फूल आदानप्रदान गर्नु हुंदैन भनी मुन्धुमले निर्देश गरेको

, केजङफेक्वाका सन्तानमा छोरै/छोराहरू मात्र भएकोले उनको छोरी पाउने उत्कट इच्छा भयो श्रीमतीले छोरी जन्माए पछि छोराहरू जति सबैलाई खाल्टामा पुरी मार्ने बाबुको निर्दयिताबाट बच्न सबै छोराहरू कहिल्यै घर नर्फकनेगरी जंगलबास गए छोरी बढेर जान्नेबुझ्ने भएपछि आफ्ना माइतीहरू बाबुको निर्दयिताले गर्दा वनबास गएका कुरा आफ्नी आमाबाट थाहा पाइन् माइतीहरू खोज्दै जंगलमा भौतारिंदा सोधुङगेन लेप्मुहाङमाङको दयाले माइतीहरू पत्ता लगाउने विगुतको डल्ला उनको हातमा पर्यो त्यो विगुत डल्ला गुडाई पठाउँदा जहाँ अडिन्छ त्यहीँ नै उनका माइतीहरू भेटिए चेली एकेरा मेरीहाङ्मा   माइतीहरूमध्ये जेठा सगेक्सो समेल्लाहाङ भएको कुरा आपसमा परिचय भयो यसरी माइतीहरूसँग रहँदा बस्दा एकदिन जङ्गलमा घुम्दा अति सुन्दर फूल मेरिहाङमाले देख्दा यस्तो सुन्दर फूल मेरा माइतीहरूको लागि माला उनी लगाइदिन पाए कति राम्रो हुन्थ्यो भनी त्यो फूल टिप्न खोज्दा उनका सबै माइतीहरू कागहरूको रुप धारणा गरी बथानमा परिणत भएछन् यस्तो दुर्भाग्य भएपछि माइतीहरूसँगको विछोडमा एकेरा मेरिहाङमा फेरि जङ्गलमा भौतारिरहिन्। कसैसँग नबोली रूखमा बसेर ताग्येरा निङवाफुमाङको ध्यान गरेपछि तिम्रा माइतीहरूसँग भेट हुनेछ भनी उनै साधुको भेषमा प्रकट भएका सोधुङगेन लेप्मुहाङमाङ मेरीहाङमालाई आश्वासन दिई अल्पिए यस्तैमा एकदिन त्यस देशका राजकुमार जङ्गलमा शिकार खेल्दै आउँदा अति सुन्दरी मेरिहाङमालाई राजकुमारी बनाउने उद्देश्यले दर्बारमा लिई गए तर मेरिहाङमालाई वारम्बार आफू आफना धाईआमाले बोलाँउदा पनि उनको ध्यान नखुलेकोले (नबोलेकोले) पुनः जङ्गलमा लगी मार्ने आदेश राजकुमारले आफ्ना मानिसहरूलाई दिए तँ मार्ने कि मार्ने भनी राजकुमारका मानिसहरूमा हानथाप हुँदाहुँदै ठूलो आँधीबेहरीका साथ ती काग भई गएका मेरिहाङमाका माइतीहरू सबै मानिसहरूको रूपमा प्रकट भई ती राजकुमारका मानिसहरूलाई हमला गरी मारी राजदर्बार समेत कब्जा गरी चेली माइतीहरू सबै आनन्दले त्यस देशको राज्य गरेको कुरा मुन्धुममा उल्लेख भएकोले किरात लिम्बूहरूमा चेली माइतीमा फूल आदानप्रदान गर्न खोज्दा आपद/विपद निम्त्याउने काम गर्नु हुदैन भनी मुन्धुमले निर्दिष्ट गरेको

माथि उल्लेखित दुइ थरीका मौलिक मुन्धुमका आख्यायिक विवरणहरूबारे विस्तृत अध्ययन विश्लेषण गरेर अझै परिमार्जित एवम् आधिकारिक निष्कर्षनिकाल्न लिम्बू समाज प्रयासरत हुनुपर्छ भन्ने यो कलमीको भनाई भारतबाट लखेटिई शरणार्थीका रुपमा नेपाल प्रवेश गरेका आर्यजनहरूको नेपालमा आगमन हुनुअघि नेपाल अधिराज्यभर नै पृथ्वीनारायण शाहको तथाकथित नेपाल एकिकरण पश्चात वि.. १८३९ सम्म किरात प्रदेश लिम्बुवानमा दशैँ भन्ने शव्द समेत कसैलाई थाहै थिएन यिनीहरूले आफूसँगै नेपाल भित्य्राइएको दशैँ हाम्रो हुँदै होइन भनी सप्रमाण मेरो लेख धेरै पटक विभिन्न पत्रिकाहरूमा प्रकाशित भइसकेका छन् ।यस्तै बलिहाङ तङनामताका हिन्दूहरूद्धारा गरिने भाइटीका पनि माथि उल्लिखित प्रमाणका आधारमा हामी किरात लिम्बूहरूको हुँदै होइन त्यसमा पनि हामी किरात लिम्बूहरूमा चेली माइतीबीच फूल आदान प्रदान गर्न हुँदैन भन्ने कुरा माथि उल्लिखित दुवै मुन्धुम सारांशहरूले प्रष्ट पारेकै तर जातीय पहिचान अस्तित्वलाई तिलाञ्जली दिएर वर्णबिभाजनमा आधारित हिन्दू धर्ममा विलिन हुँदै आफू स्वयम् शूद्रको कोटीमा बस्न मञ्जुर गरी दशैंमा जमराटीका तिहारमा भाइटीकाको सप्तरङ्गी टीका निधारमा टाँसी हिँड्न हाम्रा समाजका पढेलेखेका अगुवा लिम्बूहरू गर्व गर्छन भने त्यस्ताहरूले लिम्बू हौँ भनी परिचय दिएको देख्दा साह्रै दुःख लाग्छ हरेक व्यक्तिलाई आफूलाई मनपरेको धर्म ग्रहण गर्ने नैर्सर्गिक अधिकार कसैको धर्ममा हस्तक्षेप गर्ने कसैलाई अधिकार छैन -आफ्नो धर्मसंस्कारले निर्दिष्ट गरेअनुसारको आचरण सम्बन्धित धर्मावलम्बीको हुनै पर्छ पनि ।तर किरात धर्मसंस्कार भनेर सत्यहाङमाहरूले हिन्दू धर्मसंस्कारका कर्मकाण्ड गरेझैँ मौलिक मुन्धुमवादी किरात धर्मावलम्बीहरूबाट गर्दै नगरी आएको छोरीको विवाहमा ज्वाईं छोरीको गोडा धोएर कन्यादान दिनेजस्ता कामचाहिँ हुनु भएन। स्वधर्मसंस्कार हुँदाहुँदै परधर्म ग्रहण गर्नु नै आफू मासिने काम गर्नु हो  

मौलिक किरात चाड वलिहाङ तङनामलाई ओझेलमा पार्ने किसिकका तियाहा (तिहारताका) कागपूजा, कुकुरपूजा, गाईपूजा -तथाकथित धनधान्यका मालिक (लक्ष्मीपूजा), गोरुपूजा (गोवर्द्धन पूजा), भाइ पूजासँगका प्रसङ्ग जोडेर आर्यजनहरूले आफूले सक्दो काल्पनिक कसरत गरे तापनि वलिहाङ तङनामताका फाइलो(भैलो) तथा देउसी खेल्ने सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको मुखबाट "हामी त्यसै आएनौं, वलिराजाले पठाए" भन्नेजस्ता वलिहाङ (बलिराजा) को प्रसस्तिबारे स्वतस्फूर्त रूपमा निक्लने जनजिब्रोलाई आजसम्म कसैले रोक्न सकेका छैनन् मात्र होइन कि यो तियाहा (तिहार) चाड हिन्दू धर्मग्रन्थ श्रीमद्भागवत पुराणमा आर्यपात्र विष्णुद्वारा अनार्य पात्र वलिहाङ (बलिराज)को अवसान गराएको कथालाई नियाल्दा हिन्दू धर्मावलम्बीहरूले बलिहाङ (बलिराजा)को अस्तित्वलाई निर्विवाद रूपमा स्वीकारेकै छन् अतः अतिदानी (दानवीर), प्रजावत्सल, आध्यात्मिक व्यक्तित्वका धनी, ख्यातीप्राप्त किरात राजा वलिहाङको जीवनगाथासँग जोडिएको 'बलिहाङ तङनाम' तियाहा (तिहार) किरातहरूको मौलिक चाड हो भनी किरात लिम्बूहरूको एक मात्र जातीय प्रतिनिधिमूलक सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले ठोकुवा गरिसकेको कुरा हामीले कहिल्यै भुल्नु हुन्न
२०६२///King Balihang's time is estimated to be in DWAPAR YUGA.Reference to this article can be seen on page 77 of the book - History and Culture of Kirat People, Part two by Imansing Chemjong dated 1967-Prasad Thebe


बाट :-http://jiwanlimbu.blogspot.com/2013/11/blog-post_6109.html#.UqGxIdJDt1Y

Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment