२. पतिले पत्नीलाई त्याग्न, कंगाल बनाएर राख्न, बेच्न सक्छ । तर, कुनै पनि स्त्रीलाई यो अधिकार दिइएको छैन । विवाहपछि, हर हालतमा पत्नीले पतिकै पत्नी भएर आजीवन रहनुपर्छ । (अध्याय-९ श्लोक-४५)१. पुत्री, पत्नी, माता या कन्या (युवा या वृद्धा जुनसुकै उमेरका भए पनि नारी)लाई स्वतन्त्रता दिनु हुन्न । (अध्याय-९ श्लोक-२-६)
३. सम्पत्ति र अधिकारका हिसाबले शूद्रको स्त्रीहरू पनि “दास” हुन् । कुनै पनि स्त्रीहरूलाई सम्पत्ति राख्ने अधिकार हुँदैन । स्त्रीहरूका सम्पतिको मालिक पनि उनका पति, पूत्र, या पिता मात्र हुन्छन् । (अध्याय-९ श्लोक-४१६)
४. ढोल, गंवार, शूद्र र नारी – यी सबै बेस्सरी ठोक्न लायकका हुन्छन् । अर्थात ढोललाई जस्तै नारीलाई पनि ठोक्नु उचित हुन्छ । (अध्याय-८ श्लोक-२९९)
५. असत्य जसरी अपवित्र हुन्छ, उसरी नै स्त्रीहरू पनि अपवित्र हुन्छन् । अर्थात, पढ्ने, पढाउने, वेद-मंत्र बोल्ने आदि अधिकार स्त्रीलाई दिनु हुँदैन । (अध्याय-२ श्लोक-६६ और अध्याय-९ श्लोक-१८)
६. स्त्रीहरू नर्कगामीनी हुने भएकोले यज्ञकार्य या दैनिक अग्निहोत्र गर्न सक्दैनन् । त्यसैले भनिन्छ- “नारी नर्कको द्वार”। (अध्याय-११ श्लोक-३६ और ३७)
७. यज्ञकार्य गर्ने या वेद मंत्र बोल्ने स्त्रीले पकाएको भोजन कुनै पनि ब्राह्मणले खानु हुँदैन । स्त्रीले गरेको यज्ञ कार्य अशुभ हुन्छ र कुनै पनि देवतालाई यो स्वीकार्य हुँदैन । (अध्याय-४ श्लोक-२०५ और २०६)
८. मनुस्मृतिका अनुसार स्त्रीले पुरुषलाई मोहित गर्छे । (अध्याय-२ श्लोक-२१४)
९. स्त्रीले पुरुषलाई दास बनाएर पदभ्रष्ट गरिदिन्छे । (अध्याय-२ श्लोक-२१४)
१०. स्त्रीले एकान्तको दुरुपयोग गर्छे । (अध्याय-२ श्लोक-२१५)
११. स्त्रीले सम्भोगको लागि पुरुषको उमेर या कुरुपता केही पनि हेर्दिन । (अध्याय-९ श्लोक-११४)
१२. स्त्री चञ्चल र हृदयहीन तथा पतिप्रति निष्ठारहित हुन्छे । (अध्याय-२ श्लोक-११५)
१३. स्त्रीले केवल ओछ्यान, आभुषण र वस्त्रहरूलाई मात्र प्रेम गर्छे तथा स्त्री वासनायुक्त, बेइमान, इर्ष्याखोर, दुराचारी हुन्छे (अध्याय-९ श्लोक-१७) ।
१४. सुखी संसारको निम्ति स्त्रीले जीवनभर पतिको आज्ञा पालन गर्नुपर्छ । (अध्याय-५ श्लोक-११५)
१५. पति सदाचारहीन होस् या अरू स्त्रीप्रति आसक्त होस् या दुर्गुणी होस् वा नपुंसक होस् जस्तोसुकै पति भए पनि स्त्रीले पतिव्रता बनेर उसलाई देउताजस्तै पूजा गर्नुपर्छ । (अध्याय-५ श्लोक-१५४)
१६. वर्ण-कर्म
क) ब्राह्मण-कर्म : पढ्नु, पढाउनु, यज्ञ गर्नु वा गराउनु, दान लिनु यी सबै ब्राह्मणका कर्म हुन् । (अध्यायः१:श्लोक:८७);
ख) क्षत्री-कर्म : प्रजाको रक्षा , दान दिनु, यज्ञ गराउनु यी सबै क्षत्रीका कर्म हुन् । (अध्यायः१:श्लोक:८९);
ग) वैश्य-कर्म : पशु-पालन, दान दिने, यज्ञ गराउने, ब्याज लिने यी वैश्यका कर्म हुन् (अध्यायः१:श्लोक:९०);
घ) शूद्र-कर्म : द्वेष-भावना रहित, आनंदित भएर ब्राह्मण, क्षेत्री र वैश्यको नि:स्वार्थ सेवा गर्नु शूद्रको कर्म हो । (अध्यायः१:श्लोक:९१)

१७. वर्ण-गुण
क) ब्राह्मणसँग विद्या हुनुपर्छ;
ख) क्षेत्रीसँग बल हुनुपर्छ;
ग) वैश्यसँग धन हुनुपर्छ;
घ) शूद्र त जन्मैले सेवक हो । (अध्यायः२:श्लोक:१५५).
ख) क्षेत्रीसँग बल हुनुपर्छ;
ग) वैश्यसँग धन हुनुपर्छ;
घ) शूद्र त जन्मैले सेवक हो । (अध्यायः२:श्लोक:१५५).
१७. विवाहको लागि कन्याको छनौट
क) ब्राह्मणले चारै वर्णका कन्याहरू छान्न सक्छन्;
ख) क्षेत्रीले ब्राह्मण कन्याबाहेक बाँकी तीनै वर्णका कन्याहरू छान्न सक्छन्;
ग) वैश्यले वैश्य र शूद्र कन्या छान्न सक्छन् तर
घ) शूद्रले शूद्र कन्यासँग मात्र विवाह गर्न सक्छ । अर्थात्, शूद्रले मात्र आफ्नो वर्णभन्दा बाहिरको कन्यासँग विवाह गर्न सक्दैन । (अध्यायः३:श्लोक:१३)

१८. अतिथि प्रणाली
क) ब्राह्मणको घरमा केवल ब्राह्मणलाई मात्र अतिथिको आदर दिन सकिन्छ (और वर्णका व्यक्ति ब्राह्मणको घरमा अतिथि हुन सुहाउँदैन );
ख) क्षेत्रीको घरमा ब्राह्मण र क्षत्रियलाई मात्र अतिथिको दर्जा दिन सकिन्छ;
ग) वैश्यको घरमा ब्राह्मण, क्षत्रिय र वैश्य तीनै वर्णका मानिसले अतिथिको दर्जा पाउँछन् तर
घ) शूद्रको घरमा केवल शूद्रले मात्र अतिथिको दर्जा पाउँछ । अरु वर्णका मानिसले शूद्रको घरमा आउने-जाने गर्नु हुँदैन । (अध्यायः३:श्लोक:११०)

१९. खाना
क) ब्राह्मणको घरमा पाकेको खाना अमृत समान हुन्छ;
ख) क्षत्रियको घरमा पाकेको खाना दूध समान हुन्छ;
ग) वैश्यको घरमा पाकेको खाना अन्न समान हुन्छ;
घ) शूद्रको घरमा पाकेको खाना रक्त समान हुन्छ । खान योग्य हुँदैन । (अध्यायः४:श्लोक:
ख) क्षत्रियको घरमा पाकेको खाना दूध समान हुन्छ;
ग) वैश्यको घरमा पाकेको खाना अन्न समान हुन्छ;
घ) शूद्रको घरमा पाकेको खाना रक्त समान हुन्छ । खान योग्य हुँदैन । (अध्यायः४:श्लोक:
२०. गैरकानुनी सम्भोग दण्ड
क) ब्राह्मणले गैरकानुनी सम्भोग गरे केश मुँडेर छोडिदिने;
ख) क्षेत्रिले गैरकानुनी सम्भोग गरे रु १००० दण्ड तिराउने;
ग) वैश्यले गैरकानुनी सम्भोग गरे उसको सम्पत्ति खोस्ने, १ वर्ष कैद गर्ने र देश निकाला गरिदिने;
घ) शूद्रले गैरकानुनी सम्भोग गरे उसको सम्पत्ति खोस्ने, उसको लिङ्ग पनि काटिदिने साथै, शूद्रले अरु वर्णको महिलासँग गैरकानुनी सम्भोग गरे उसको एउटा अंग काटेर हत्या गरिदिने । (अध्यायः ८: श्लोक:३७४,३७५,३७९)

१२. हत्या दण्ड
क) ब्राह्मणको हत्या अर्थात् ब्रह्महत्या भनेको महापाप हो (ब्रह्महत्या गर्ने मानिसलाई कहिल्यै पनि पापबाट मुक्ति हुनेछैन);
ख) क्षत्रियको हत्या गर्नेलाई ब्रह्महत्याको एक चौथाइ बराबर पाप लाग्छ;
ग) वैश्यको हत्या गर्नेलाई ब्रह्महत्याको आठौँ हिस्सा बराबरको पाप लाग्छ;
घ) शूद्रको हत्या गर्नेलाई ब्रह्महत्याको सोह्रौं हिस्सा बराबरको मात्र पाप लाग्छ ।

अनुवाद : विक्रम सुब्बा
साभार....ईसमता बाट....
0 comments:
Post a Comment