Breaking News
Loading...
######
Thursday, January 23, 2014


पुजिबाद र साम्यबाद को लडाई ले बिस्वमा के मात्र गरेन |जर्मनीलाई चार टुक्रा पार्यो ,कोरिया लाइ दुइ फ्याक बनाई रहेकै छ ,३० औ बर्ष देखि क्युबा हट जोन बनिरहेकै छ ,अफगानिस्तान मा रसियन ट्यांक र अमेरिकान एन्टी ट्यांक को लडाईको अबशेष आज पनि छदै छ | १९४५ देखि १९९० सम्मको शितयुद्द ले पुरा विश्वलाइ दुइ चिरा पार्यो |त्यसको असर नेपाल र लिम्बुवान को गाउ गाउ सम्म पर्यो ,गाउ गाउ /घर घर मा मान्छे हरु बिचारको आधारमा बिभाजित भए र भैरहेका छन् | त्यसमा पनि पुजिबाद को प्रतिनिधि नेपाली कांग्रेस र साम्यबाद को प्रतिनिधि एमाले को जन्म ,बिकास लिम्बुवान क्षेत्र मा नै भयो ,स्वभाभिक रुपमा यिनीहरुको प्रभाव लिम्बुवान मा हुने नै भयो | तर आज सम्म आइपुग्दा साम्यबाद को नेता रसिया मा कम्युनिस्ट सत्ता ढलिसकेको छ र पुजिबादिको नेता अमेरिका को आर्थिक अवस्था अत्यन्त धराप अवस्थाबाट गुज्रिरहेको छ ,र बिश्वको जल्दो बल्दो समस्या हरुलाई यी दुइटै बाद ले सम्बोधन गर्न सकेका छैन तब मात्र यी पुजिबाद र साम्यबाद अन्तिम सत्य होईनन रहेछ भन्ने बुझाइ बिकसित भैरहेको छ | यसै सन्दर्भमा लिम्बुवानले संघीय सह अस्तित्वबाद र संघीय इको इकोनोमी को दार्शनिक बहस अघि ल्याएको छ ,र यस नया दर्शन प्रति लाखौ जनताहरुको समर्थन प्राप्त हुदै गएको छ | यहाँ भन्न खोजेको के हो भने –पुजिबाद र साम्यबाद ले चिरा चिरा पारेको नेपाली समाज ,लिम्बुवानी समाजलाइ एउटा नया दार्शनिक राजनैतिक आन्दोलन मा लामबद्द गर्नु आफैमा ठुलो च्यालेन्ज हो ,कठिन कार्य हो |यस कठिन लडाई मा धेरै क्षति हुन्छ ,उतार चढाब हुन्छ र धेरै मान्छेहरु थाक्छन पनि | तर पनि मन्च सम्द्ब संघीय लिम्बुवान राज्य परिसदले नेपालको र लिम्बुवानको यो बिभाजित अवस्था प्रति र बिभाजन गर्ने दर्शन ,बिचार हरु प्रति दार्शनिक राजनीतिक रुपमा निरन्तर प्रहार गरिरहको छ | सायद यो निरन्तर को क्रियाशीलता ले गर्दा नै कम्तिमा पनि लिम्बुवान मा संघीयता बारे यतिको माहोल बनेको छ | त्यसैले धैर्यता र साहसको साथ निरन्तर अघि बढ्नु नै अहिलेको उत्तम विकल्प हो किनकि हामीले जुन लडाई को उठान गरेका छौ त्यो आफैमा गाह्रो लडाई हो किनकि त्यो भन्दा अघि नै विश्व,नेपाल र लिम्बुवान अनेकौ बाद हरुले चिरा चिरा पारेको छ | त्यो बिभाजित समाजमा एउटा नया आन्दोलन को बिज रोप्न खोज्दै छौ ,त्यसैले यो गाह्रो कार्य हुने नै भयो | म त यहि भन्छु –निरन्तर अघि बढौ ,अवस्य लक्ष्यमा पुगिन्छ | आज ,दमक मा मन्च सम्द्ब सलिरापले प्रकाशित गरेको 'संघीयता र लिम्बुवान आन्दोलन बारे अध्ययन सामग्री वितरण कार्यक्रम छ ' | जय लिम्बुवान ,संघीय अभिभादन |
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment