Breaking News
Loading...
######
Thursday, January 16, 2014

-
सौरभजीले पौष २६, २०७० मा फिरंगी मिथक नसकटापुर’” शीर्षकसाथ कान्तिपुर दैनिकमा प्रकाशित गर्नुभएको थियो । उ बेला पढेर पनि मैले वास्ता गरेको थिइन । तर फेरि यो दैनिक नेपाल मा पुनर्प्रस्तुत भएपछि (http://dainiknepal.com/soch/9344/#comment-369) फेरि यो बारम्बार आउने शंकामा केही भन्नै पर्ने मैले सोचें ।
१८२४ सालमा घटेका घटना र त्यसका साक्ष्य दिने उ बेलाका आलेखहरूलाइ आजको राजनीतिक परिस्थिबाट आग्रहीत भई अर्कै भ्रामक अर्थ दिन यो लेख लेखिएको बुझिन्छ ।मेरो भन्नु छ पृथ्वीनारायणको देन आफ्नै ठाउँमा छ  । त्यसलाई पुष्टि गर्न अरू तथ्यहरूलाई बंग्याई राख्न जरुरी छैन । विशेष कीर्तिपुरेहरूको नाक ओंठ काटिएको ऐतिहासिकतालाई गलत अर्थ दिने वा लुकाउने चेष्ठा गरिंदै छ ।यसै घटनाका भुक्तभोगि नेवार जातिलाई यस्तो धृष्टता कत्ति पच्दैन। उल्टो च्वास्स बिज्छ । घाउ बल्झन्छ ।
१.    पृथ्वीनारायणले वि.स. १८२४ तदनुसार सन् १७६७ मा किर्तिपुर जितेपछि उसकै आज्ञामा दुइ दिनपछि केर्तीपुरेहरूको नाक र ओंठ गोर्खालीले काटेको कुरा सत्य हो । र, पादरी जिस्सेपीको यसबारेको घटना विवरण  कपोलकल्पित होइन. यस सम्बन्धका प्रमाणहरू निम्न छन् ।
प्रमाण १ : यो कतै दर्ज नभएको मेरो घरेलु प्रमाण हो ।म सानै हुँदा १२/१५ सालतिर मेरो जन्मस्थान ओखलढुंगामा बुबाले भन्नुभाथ्यो- धेरैपल्ट हारेको झोंकमा पृथ्वीनारायणले केर्तीपुरेहरूको नाक र ओंठ काटिदिएथ्यो । काटेको नाक ओंठ १७ धार्नी थियो रे !”  उहाँले त्यो भनाइ आफ्नो बुबा (मेरो बाजे) बाट सुन्नुभाको र उहाँको बुबाले पनि आफ्नो बुबा (मेरो जिजुबाजे) बाटै पुर्ख्यौली घर भक्तपुरमा सुन्नुभाथ्यो रे । मेरो जिजुबाजेको जन्म वि.स. १८४० मा भाथ्यो। आफ्नो जन्मभन्दा १६ रै वर्षअघि मात्र घटेको यो विभत्स घटना हाम्रो परिवारको लागि मिथक वा कल्पित हुँदै होइन। त्यस्तै हज्जारौं नेवार परिवारको दन्त्य परम्परामा यो भनिदै आएको छ ।
प्रमाण २ : उही समयका भुक्तभोगी पादरी जिस्सेपीले यसरी  लेखेका छन्  : ” In the mean time the men of Gorc’ha ‘seized all the gates and fortresses within the town; but two days afterwards Prithwinarayan, who was at Navacuta (a long day’s journey distant) issued an order to Suruparatna his brother, to put to death all the principal inhabitants of the town, and to cut off the noses and lips of everyone, even the infants, who were not found in the arms of their mothers; ordering at the same time all the noses and lips, which had been cut off*, to be preserved, that he might ascertain how many souls there were, and to change the name of the town into Naskatapur, which signifies the town of cut-noses. The order was carried into execution with every mark of horror and cruelty, none escaping but those who could play on wind instruments; although father Michael Angelo, who, without knowing that such an inhuman scene was then exhibited, had gone to the house of Suruparatna, and interceded much in favour-of the poor inhabitants. Many of them put an end to their lives in despair; others came in great bodies to us in search of medicines; and it was most shocking to see so many living people with their teeth and noses resembling the skulls of the deceased. (page 319, Giuseppe, Prefect of the Roman Mission. Communicated by John Shore, ESQhttp://books.google.co.uk/books?id=vSsoAAAAYAAJ&pg=PA307&redir_esc=y#v=onepage&q&f=true.)
प्रमाण ३ : नाक ओंठ नभएका कीर्तिपुरे भेट्ने कर्नेल कर्कपेट्रिकले आफ्नो पुस्तकमा यस्तो लेखेका छन्- “Kirthipoor occupies the summit of a low hill, about three miles west of Patn; it was at one time the seat of an independent prince, though at the period of Purthi Nerain’s invasion, it was included in the territory of Patn. The reduction of this place cost the Ghoorkhali so much trouble, that in resentment of the resistance made by the inhabitants, he barbarously caused all the males he captured in it, to be deprived of their noses. We came to the knowledge of this fact in consequence of observing among the porters who transported our baggage over the hills, a remarkable number of noseless men, the singularity of the circumstance leading us to inquire into the cause of it.  http://books.google.co.uk/books?output=text&id=ijxAAAAAYAAJ&jtp=164   An Account of the Kingdom of Nepaul.
प्रमाण ४ :  ज्ञानुजीले सौरभजीका यिनै कुरामा असहमति दिने सन्दर्भमा एउटा लेखमा पृथ्वीनारायणले केर्तीपुरेहरूको नाक र ओंठ काटिदिएको प्रमाण राजा राजेन्द्र विक्रम शाह (वि.स. १८७०-१९३८) ले तयार पार्न लागाएको गोर्खा वम्शावलीमा उल्लेख भएको बताउनुभएको छ. अझ पद्मगिरि वम्शावलीमा नाकओंठ काट्न उत्ताउलो जोश देखाउने भोटे सिपाहिंलाई पछि मारिदिएको तथ्यसमेत त्यसमा उल्लेखित छ : (gyanu @ातदोबाटो, 12th January २०१४, http://www.twitlonger.com/show/n_1rvnb42).  ज्ञानुजी यसरी लेख्नु हुन्छ-  “According to the Gorkha Vamsavali, prepared on the command of Rajendra Bikram Shah, the answer is yes. Everybody over 12 had their nose cut off. The Padmagiri Vamsavali says that the “bhoteys” who carried out the order were also executed for showing “excessive zeal” while carrying out the order. (page 93 of History of Nepal, written  by Bikrama Jit Hasrat.) He reports — “865 persons were thus mutilated whose noses were afterwards weighed and found to be twelve dharnis.”
प्रमाण ५ : आफ्नै लेखमा सौरभजीले घटना घटेको समयबाट ११ वर्षपछि विसं १८३५ मा बुद्धिमानसिंह बस्नेतले बनाएको टिपोट उद्धरन गर्दै काटिएको नाकको तौल सत्र धार्नी एक सेर लेखिएको थियो भन्नु भाछ ।
प्रमाण ६ : आफ्नै लेखमा सौरभजीले  घटना घटेको समयबाट ७४ वर्षपछि विसं १८९८ मा एक स्थानीयले बनाएको टिपोटमा ८६५ जना मानिसको नाकको कुल तौल बाह्र धार्नी एक सेर छ तोला लेखिएको थियोभन्नु भाछ ।
प्रमाण ७ : आफ्नै लेखमा सौरभजीले घटना घटेको समयबाट केही पछि विभिन्न विदेशी इतिहासवेत्ता विद्वान् हरूले (हेमिल्टनले १८०३ मा, ओल्डफिल्ड ले १८५० मा र डेनियल राइटले १८६७-१८७७ मा) घटना घटेको समयका जनसंख्याका आंकलनहरू अघि सार्नु भा छ ।
प्रमाण ८ : आफ्नै लेखमा सौरभजीले घटना घटेको १२० वर्ष पछि भेन्सिटार्टले पनि यही कुरा सारेर लेखे भन्नुभाको छ ।
प्रमाण ९ : आफ्नै लेखमा सौरभजीले १९२३ मा  ल्यान्डनले पनि लेखेका छन् भन्नुहुन्छ ।
उहाँकै लेखमा यस घटनाबारे लेख्नेहरूको सङ्ख्या १० भन्दा माथि पुर्याउनु भाको छ । अरू धेरै छुटेका छन्। यत्तिका विद्वानहरू त्यत्तिकै भ्रममा थिए त नेवार जातिमा त यो युगयुगको बल्झंदो घाउ छ । यसमा नुनचुक छर्न बुद्धिमानी हुन्न ।
२.  दोस्रो नपचेको सन्दर्भ हो, पादरी जिस्सेपीको लेखलाई गलत ढंगमा प्रस्तुत गर्नुभएको सम्बन्धमा सौरभजीले जिस्सेपी स्वयमले म कीर्तिपुरमा १७६९ मा पुग्दा ज्ञानप्रजाले अनेक मानिसलाई झुन्ड्याइरहेको देखेँभनेर लेखेकाछन् भनेर भन्नुभाछ । ज्ञानप्रजा अरु कोही नभएर जयप्रकाश हुन्, पृथ्वीनारायण शाहको निम्ति हार्डी हाँडीसाहेब भएजस्तैपनि भन्नुभाछ. ज्ञानप्रजा वा जयप्रकाश होइन तर जिस्सेपीको लेखमा त ती मान्छेहरुलाई झुन्ड्याउने व्यक्ति पृथ्वीनारायण हो भनेर प्रस्ट पारिएको छ. यसरी नभएको तथ्य अघि सारेर कसैले पनि पाठकलाई सरासर दिकभ्रमित पार्न  नहुने ।
जिस्सेपीको लेखमा भनिएको छ- नेपाल खाल्डोमा नाका डाल्दा त्यसलाई अबहेलना गर्नेहरूलाई पृथ्वीनारायणले ठाउँठाउँमा मान्छेहरू झुन्ड्याएका थिए । जिस्सेपीकै शव्द पढ्नुहोस- “The king of Gorc’ha, despairing of his ability to get possession of the plain of Nepal by strength, hoped to effect his purpose by, causing a famine, and with this design, stationed troops at all the passes of the mountains to prevent any intercourse with NepaI; and his orders were most rigorously obeyed, for every person who was found in the road, with only a little salt or cotton about him, was hung upon a tree; and he caused all the inhabitants of a neighbouring village to be put to death in a most cruel manner (even the women and children did not escape) for having supplied a little cotton to the inhabitants of Nepal; and, when I arrived in that country at the beginning of 1769, if was a most horrid spectacle to behold so many people hanging on the trees in the road.” (xvii, Account of the kingdom of Nepal,  page 317, by Father  Giuseppe, Prefect of the Roman Mission. Communicated by John Shore, ESQ http://books.google.co.uk/books?id=vSsoAAAAYAAJ&pg=PA307&redir_esc=y#v=onepage&q&f=true.  (टिप्पणी: पादरी  जिस्सेपीको पुस्तकमा स्थान र नाम विशेषको स्पेलिंग अहिलेको भन्दा फरक छ । जस्तै उनि कीर्तिपुर लेख्दा Cirtipur र गोर्खा लेख्दा Gorc’ha लेख्छन । त्यस्तै जयप्रकाश लेख्दा Gainprejas लेख्छन। अर्थात् Gain=जय + prejas =प्रकाश)। जसलाई सौरभजिले ज्ञानप्रजा भनेर पढ्नुभो )
३.  तेस्रो कुरो, सौरभजीले काटिएको नाकको तौलको हिसाब लाएर सत्र धार्नी त ८६५ जनाको दोब्बर मान्छेको मात्र हुन्छ भन्नुभाछ। त्यसैले ढाँटेको कुरा काट्टे मिल्दैन भनेर थप्नुभाछ। उहाँका हिसाबमा नाकको मात्र तौलको हिसाब लाउनु भएको देखिन्छ । त्यहाँ ओंठसमेत काटिएको थियो । नाक र ओंठ दुबैको तौल पक्कै पनि घटना घटेको समयबाट ११ वर्षपछि विसं १८३५ मा बुद्धिमानसिंह बस्नेतले लेखेअनुसार सत्र धार्नी एक सेर थियो
अन्तमा भन्नु छ शौरभजीको लेख सार्है नै पूर्वाग्रहपूर्ण र भूलपूर्ण छ । यस्तो लेख छाप्न भन्दा पहिले सम्पादकहरूले केही त सोच्नै पर्छ ।



- See more at: http://dainiknepal.com/soch/9479/#sthash.RM7CWnlo.dpuf
from-http://dainiknepal.com/soch/9479/
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment