Breaking News
Loading...
######
Thursday, January 16, 2014


माओबादिको विभिन्न जातिय राज्य समितिको नाममा गठित मुक्ति मोर्चा (लिम्बुवान मुक्ति मोर्चा, खम्बुवान, तमुवान, थारु हट ) आदि भनौदा भात्री संगठनहरुले अब मन्दिरमा घन्टी हल्लाउदै बसे हुन्छ । पुष्प कमल दाहाल बाहुनले नेतृत्व गरेको खाओबादिबाट जातिय मुक्ति हुन्छ भनेर तमुवान मुक्ति मोर्चा, खम्बुवान, लिम्बुवान भनेर कुर्लिनुको केहि अर्थ छैन ।

हिजो पहिचानको मुद्दालाई तुहाउनकै निम्ति पहिलो संबिधान सभाको अवसान गराउन प्रमुख भूमिका खेल्ने माओबादिनै थियो भन्ने हामीलाई प्रस्ट थाह भएको कुरो हो। हिजो माओबादिले ढुलमुले भूमिका नखेलेको संबिधान सभामा खुट्टा नकामाएको हो भने पहिचान सहितको संघियता सम्भब थियो। देसले एक थान संबिधान पहिले नै पाई सक्ने थियो ।

अहिले आएर दाहलले पार्टी हारको प्रमुख कारण जातिय राज्य पनि एक हो र यसलाई बिघटन गर्ने प्रस्ताब अघि सारेको कुरा मिडियाहरुमा पड्न पाइन्छ। जुन अहिले एकात्मक बादी फटाहा र तिनका मिडियाहरुले भने जस्तो जातीय राज्य हामीले कहिल्यै खोजेको पनि थियानै। हामीले त केवल पहिचान को मात्र कुरा गरेका थियौ, आस्तित्वको कुरा गरेका थियौ। तर यसलाई नराम्ररी अति रंजित बनाइयो। ठुला मिडियाहरुनै यकात्मक बादिहरुका भएका हुनाले यसलाई हामीले जनता माझ स्पस्ट पर्न र बुझाउन सकेनौ। यिनीहरुले एकोहोरो झुठा प्रचार गर्दै जनतामा नकारात्मक भ्रम छर्दै लागे र पहिचान वादीलाइ चुनाबमा हराउन पनि सफल भय ।

पहिले संबिधान सभामा पहिचानको मुद्दालाई अछालेर ठुला पार्टी बनेको माओबादि समिधान सभा दुइमा तिन चित उतानो पर्नुको कारण आफ्नो पार्टीको आन्तरिक कारण, जनता माझ पुग्न नसक्नु, बडि सहरमुखी बन्नु, पार्टी संगठन नहुनु नै प्रमुख हो। तर यी यावत कुराहरुलाई भुलेर पहिचान पनि प्रमुख हो भनेर यसलाई ओझेलमा पार्नु खोज्नु माओबादिको कालो कर्तुत बाहॆक अरु केहि होइन। सबै बर्गीय घरातललाइ छाडिसकेको संसोधनबादी माओबादिले अब पहिचानको मुद्दालाई पनि छाड्ने हो भने नाम मात्रको माओबादि बन्नुको के अर्थ रहयो र ??? अब काङ्ग्रेश वा एमालेमा मिसिएर अघि बडे उचित हुन्छ।

मावोवादीले पहिचानको मुद्द्लाइ भुलेर सबै राज्य समितिहरुलाई तत्कालको लागि समन्वय समितिमा राख्ने र बिस्तारै यसलाई बिघटन गर्ने नीति लिएको अबस्थामा अब यो मुक्ति मोर्चा भन्ने बाहुनको झोले संगठन हरुले पुस्पकमलको घन्टी बजाएर मुक्ति मोर्चा भन्दै कुर्लनुको सट्टा मन्दिरको घन्टी हल्लाउदै बसे उचित हुन्छ।
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.