कविता : ´ घण्टाको हुन्छ ! पृथिवी नारायने राष्ट्र निर्माता ! यो त एउटा ऐतिहासिक पाखण्डी महा-युद अपराधी हो ! ´
उत्तर भारतको हिन्दु रजौटाहरुलाई
मुग्लानी मुसलमानहरुले
धुलो चटाएर, लखेटे पछि !
धोतीभित्र मनु-स्मृति च्यापेको ब्राह्मण-जनै समातेर, उभोतिर लागेकोहरुलाई
उभो खुब्बै फाप्यो !
किन कि ,...
त्यहाँ सोझो आदिवासीहरुको देश थियो।
स-सम्मान शरण~आतिथ्य पायो।
जसले शरण दियो,
दाउ पारेर, उसैको शिर छेदन गर्दै ! उसैको घर-देश हडप्यो !
द्रब्य शाहले एउटा सुख्खा डाँडालाई, राज्य बनायो !
पर्वतको धुर्त बाहुनहरु, गोरखातिर थुप्रियो !
शाह माटोले लिपेको शिहांशनमा बस्यो !
शाहको थाप्लोमाथी,
अर्याल पण्डितहरु बसेर, वरिपरी कसरी हडप्ने दाउ
दिनरात कन्न्नि~कन्न्नि जाल बुन्नु थाल्यो !
लिगलिग-कोटको उकालो दौडमा, घलेहरुको मुन्टो छिनालेपछि
घलेहरुलाई लखेट्यो !
रसुवा ज्यान जोगाउनु पुगेको घलेहरु, तामाङ बनियो !
नाथे, जाबो गाईको गोबरले लिपेको, माटोको राज शिहांशनलाई हेर्दै
नर भुपाल शाह !
नेपाल खाल्डोको मल्ल-चाँदी शिहांशन कल्पेर
तिन माना र्याल काडथ्यो रे !
आफ्नो मालिकको लोभलाई मलजल गर्नु
गोर्खाली पण्डितहरुले, एउटा अर्को गायत्री मन्त्रणाको अविस्कार गर्यो।
´मनकामना देवीले, पृथिवी नारायणलाई जुठो दहि खुवाएको त्रास फैल्यायो ! ´
नर भुपाल शाहले, छोरा पृथिवी नारायनेलाई
भक्तपुर् दरबारमा जासुसी-पाहुना बनाएर, राजकुमारीहरुसंगै दोहोरि खेल्दै, पाँच बर्ष बसाल्नु सफल भयो !
जब सप्पै-सप्पै मल्लहरुको ह्याकुला छामेपछि, पृथिवी नारायने गोरखा फर्किए लगत्तै,
गोर्खाली दरबारमा,
" म बाहुन र हिन्दु धर्मको रक्षक हुनेछु ! " भन्ने प्रतिज्ञा गर्दै
नुवाकोट हान्यो !
अनि ,..
क्रितिपुर ह्माला गर्दा, झन्डै आफु पनि सुईकियो !
" आच्च्या ! राजा मारे ! महा-पाप लाग्छ " भन्ने बाहुन-मन्त्रणा त्रासले, तेस्लाई नयाँ जीवन बरदान दियो !!!
तर ,... तिन चोटी हमला गर्दापनि, क्यै नलागेपछि
आफ्नो भाई र कालु पाण्डेहरुलाई, मराई पठायो !
अनि ,... त्यहाँ मिलापको षड्यन्त्र रिचियो !
आफ्नो बनि-खाने, सोझो क्रितिपुरे नेवारहरु
मिलाप सुनेर, मख्ख पर्यो ! भोजको आयोजना गर्यो !
त्यहि भोजमा ,................................. झुक्क्याएर !!!
दुधे बालकदेखि, बुढा सारा क्रितिपुरे नेवारहरुको 16 धार्नी नाक-कान काट्दै
आफ्नो भाई र कालु पाण्डे मारिएको बदला लियो !
ईन्द्रजात्राको दिन, काठमान्डू सजिलै हान्यो !
ललितपुर पनि सजिलै लियो !
हो ,..त्यै बेला ! बि स 1770 मा काठमान्डूको 2,500 नेवारहरुलाई
जो अलिकति खाई-लाग्दो कि ,......
दुलोबाट निकाली-निकाली घोचेर मार्यो !
भक्तपुरे मल्ल राजा, जसकोमा पाँच बर्ष पढ्नु बसेको पृथिवी नारायनेले
उसैलाई आँखा उधिनेर, काँसीतिर भिख माग्नु पठायो !
खम्बुवानको किरातीहरुसंग, दुई बर्ष भिडन्त हुदाँको युद अत्यचार
बयान गरेर साध्यै छैन !
एत्ति ,............ मात्रै लेख्छु !
भर्खरै जन्मिएको, दुधे किराती बालकलाई
ओखलीमा हाली किच्च्ची मारेको जिउँदो ईतिहास हाम्रो मस्तिष्कमा रोपिएर बाँचेकोछ।
काँङसोरेलाई कसरी छलकपट गरि मारियो ?
त्यो हाम्रो नशा-नशामा छ !
त्यसैले भन्छौं हामी,
" घण्टाको हुन्छ ! पृथिवी नारायने राष्ट्र निर्माता ! यो त एउटा ऐतिहासिक पाखण्डी महा-युद अपराधी हो !!! "
- चाप्चा राई, जर्मनी। येले दुङ 5072, 11 Jan 2013, 06:49Uhr Stg DE
https://www.facebook.com/jeki.chapcha#
0 comments:
Post a Comment