संस्कृत भाषा ब्राह्मण वा बाहुन शव्दको पछाडि वाद परसर्ग जोडिएर ब्राह्मणवाद वा बाहुनवाद भएको हो ।
बाहुनवाद हिन्दूवादको मूल मेरुदण्ड हो । बाहुन जातिको प्रतिनिधिमूलक परिचयात्मक शव्दावली बाहुनवाद देखिएता पनि सारमा भने बाहुनवाद वा हिन्दूवाद रुढिवादको पक्षपोषण गर्ने बाहुन र यससंग सम्बन्धित जोडिएका पक्ष हुन । हिन्दूधर्म हिन्दूवादको बकालत पक्षपोषण गर्नेहरूनै बाहुनवादी हुन । बाहुनवादीनै हिन्दूवादी हुन । बाहुनवाद शव्द प्रयोगमा श्रमजीवी गरिव वा शोषित पीडित हिन्दूवादको पृथक मत बोकेका उत्पीडित बाहुन वा अन्यले भने बाहुनवाद शव्दमा आपत्ति मान्नु पर्ने चित्त दुखाउनु पर्ने कुनै कारण देखिदैन । नेपालमा बाहुनवाद छ भनेर बाहुनवादलाई नस्वीकार्ने बाहुनवादी पनि छन । र बाहुनवाद नै छैन भन्नेहरु पनि छन । बाहुनवादको खास विशेषता भन्नुनै राज्य भित्रका सरकारी संयन्त्रहरू सामाजिक चेतना, राजनीति, अर्थनीति, नैतिकता, कानुन, सौन्दर्य सबैलाई हिन्दू वैदिक ब्रह्मण धर्मको अधीनमा राखेको हुन्छ । यसकोे विरोध र आलोचना गर्नेलाई सहन नसकि मनुस्मृति मनुसंहिताले सिस्नो पानी लगाउदछ । वास्तवमा बाहुनवाद एकल हिन्दूजातिवाद एवंम् अध्यात्मवादमा विश्वासगर्ने, कर्मकाण्ड गर्ने, गराउने र जातिप्रथा मान्ने, छुवाछूत प्रथामा विश्वास गर्ने, हिन्दू धर्मसंस्कृति संस्कार शासनसत्ता अरु समुदायमा लादनेहरू नै बाहुनवादी हुन ।
नेपालका प्रमूख समाजशास्त्री डोर बहादुर बिष्टका अनुसार– ब्राह्मणवाद भनेको एउटा दृष्टिकोण हो, दर्शन हो । यस दर्शनमा अरुलाई होच्याएर तल्लो दर्जामा दासत्व र प्रभुत्ववादी प्रचलन कायम राख्दै कुनै एक जाति विशेषलाई मात्र जन्मदै ठूलो र पूजनीय भनी उपल्लो तहमा राख्दछ ।” अर्का बाहुनवादका आलोचक आदिवासी जनजाति लेखक दुर्गाहाङ याक्खा राईका अनुसार ब्राह्मणवाद भनेको– ब्राह्मण वर्गको नितान्त स्वार्थी जातीय सर्वसत्तावादी मानसिकता, मनोवृति एवम तदअनुरुप स्थापित तथा सञ्चालित पद्धति हो ।’’ एमाओवादी नेता सुरेस आले मगरको भनाईमा– “बाहुनवाद एउटा अत्यन्त नीच निकृष्ट एवं अमानवीय सामान्ती प्रवृति हो, जसले अरु सबैलाई तुच्छ एवं नीच तर आफनो जातिलाई सर्वश्रेष्ठ र सर्वोच्च ठान्छ, आफनो भाषा, धर्म र संस्कृति अरु माथि बलजफती लादछ ।
” बाहुनवाद पुस्तकका लेखक अरुण बरालका अनुसार वास्तवमा वाहुनवादी भन्नाले– हाम्रो आश्य हिन्दूवादी जातयि विभेद र रुढिवादमा विश्वास गर्ने र सो अनुरुपका व्यबहार गर्ने उपाध्य बाहुन जैषी, क्षेत्री, कुमाई र अन्य जाति समेतलाई भन्न खोजिएको हो । नाक चुच्चे गरेको आर्य जो जाति प्रथा, आध्यात्मवाद, हिन्दूवाद कर्मकाण्डको वकालत गर्दछन ती सबैलाई बाहुनवादी भन्न खोजिएको हो । बाहुन र बाहुनवाद बीचको अन्तर भनेको बाहुन भनेको एक किसिमको वर्ण मात्रै हो । यसर्थ बाहुनलाई देखनासाथ उसलाई ब्राह्मणवादी शाषक जाति वा शोषक जाति भनठान्नु हुदैन । बाहुन हुन उसको ईच्छा होईन ।
रहर गरेर वा निवेदन हालेर बाहुनको कोखबाट जन्मिएको पनि होईन । सबै बाहुनलाई बाहुनवादी भनियो भने उसप्रति अन्याय पनि हुन जान्छ । बाहुनवादी भन्नाले हामी हिन्दूधर्ममा आस्था राख्ने, जातीय भेदभावमा विश्वास राख्ने, राजालाई बिश्वास गर्ने, स्वयंपाकेवाद एवं परिवारभित्र छुवाछूत गर्ने, विज्ञान विरोधी गरि हिडने, अग्रगमनलाई विरोध गर्ने, जातीय स्वायत्तताको विरोध गर्ने आदि गलत विशेषता बोकेका मानिसलाई सम्झनु पर्दछ । जनजातिमा पनि बाहुन बोलाएर पुजापाठ गराउने, ज्योतिष शुभअशूभ हेराउने चिना बनाउने, हिन्दू मन्दिरमा गई दानदक्षिणा पूजापाठ गर्ने, दलितले छोएको नखाने, राजतन्त्रको वकालत गर्ने, संघीयता स्वशासन धर्मनिरपेक्षताको विरोध गर्ने आदि लक्षण छन भने ती जनजाति पनि बाहुनवादीनै हुन । बाहुनवादी हुनकालागि नाक चुच्चो भइराख्नु पर्छ भन्ने केहि छैन । बाहुनवादी नाकले होइन विचार र व्यबहारले हुने कुरा हो । अहिले हामी कहा नाक चुच्चे भए पछि सबै बाहुनवादी नाक थेप्चो भएपछि बाहुनवाद विरोधी ठान्ने जुन प्रचलन छ । त्यो गलत छ । देउता, ईश्वर, भुतप्रेत वा आध्यात्ममा विश्वास गर्ने र विज्ञानको विरोध गर्नेहरू सबै बाहुनबादका ठिमाहा सन्तती हुन । ’’
माथिको परिभाषाबाट समर्गमा भन्दा हिन्दू वर्णव्यबस्था जातभात र पुरातन धमकर्र्मको सँकिर्णतामा अल्झेर आफूलाई सर्वश्रेष्ठ जाति ठान्ने, हिन्दूधर्म संस्कृतिको आडमा अन्याय–अत्याचार, विभेद, शोषण, उत्पीडन, थिचोमिचो गर्ने राज्यसत्तामा धर्मको आडमा एकलौटी हालिमुहाली गर्ने उत्पीडक शाषक हिन्दूवादीहरु नै ब्राह्मणवादी(बाहुनवादी) हुन ।
(बुद्बकालीन नारीहरूका लेखक पून मगरले बुद्धधर्म दर्शनमा स्नाकोत्तर गरेका छन्)
http://www.rajyasatta.com/analysis/7182-2014-08-21-12-57-51
0 comments:
Post a Comment