झोला चलचित्रले सतीप्रथाजस्तो बाहुनवादी विकृतिलाई औंल्याएको छ र महिला हिंसाका यस्ता रुप परिवर्तित अवशेष बाहुन सम्प्रदायभित्र अझै हटिसकेका छैनन् भन्नासाथ उत्तेजनामा आउने र अरुने बाबुको ठेगान नभएको, बराल थर नक्कली भएको, बाहुन नभई कामी दमाई भएको इत्यादि कमेन्टहरु आउनुले अहिले पनि हाम्रो समाजमा बाहुनवादका अवशेष रहेछन् भन्ने कुरा राम्रोसित पुष्टि भएको छ ।
आलोचना सहन नसक्ने र तर्कलाई स्वीकार्न नसक्ने संस्कारको मुहान पनि यही हो । बाहुनवादी दर्शनशास्त्र राजतन्त्रात्मक हुन्छ, यसले बहस, छलफल र भिन्न विचारलाई निषेध गर्न रुचाउंछ ।
बाबुको ठेगान नभएको मान्छेलाई हेला गर्न जरुरी हुंदैन । र, बाहुन समुदायभित्रका विकृति औंल्याउंदा कामी दमाई भन्नेहरुका पुर्खाले हिजो यसैगरी आफ्ना मान्छेलाई दलित बनाएको प्रमाण खोज्न हामीले अन्त जानै पर्दैन । दलित कसले बनायो ? बाहुनले नै यो कलंकको टीको लगाएको होइन ? अहिले त केही बाहुनहरु अरुनेलाई कामी दमाई इत्यादि भनिरहेका छन् ।
अरुनेको विचारमा,
१. अरुने चन्द्रसमशेरभन्दा पहिले जन्मिएको थियो र महिलालाई चितामा जिउंदै जलाउनु हुंदैन भनेको भए, बाहुनहरुबाट कि मारिन्थ्यो, कि चारपाटा मोडेर डांडो काट्नुपथ्र्यो, कि त अहिले कमेन्ट गर्नेहरुले जस्तै दलित भएर बस्नुपथ्र्यो ।
२ अरुने वीपी कोइरालाका पालामा जन्मिएको थियो र बाहुनले हलो जोत्न हुन्छ या दौरा नफुकाली भात खान हुन्छ या होटलमा भात खान हुन्छ या गाउंमा अन्य जातिले पकाएको खान हुन्छ भनेको भए उसलाई खत्री या जैसी बनाइसकिन्थ्यो । त्यसबेला अरुने बाहुनी भएर जन्मिएको हुन्थ्यो भने उसको बालविवाह, अनमेल गरिन्थ्यो र पति मरेपछि बाहुनसंगै दोस्रो विवाह गरेको खण्डमा उसलाई, उसका सन्तानलाई जातबाट झारिन्थ्यो । जैसी बनाइन्थ्यो ।
३. अरुने वीरेन्द्रका पालामा जन्मियो र गणतन्त्र आउञ्जेल संयोगले बांचेको छ । यतिबेला पनि बाहुनवादले नारीलाई समान अधिकार र स्वन्त्ररुपमा विकास हुन दिएको छैन, समाजमा जातीय विभेदको दार्शनिक आधारको काम गरिरहेको छ र विगतका सतीप्रथा, बालविवाह, जात झार्ने चलन इत्यादि कुप्रथाहरुको स्रोत बाहुनवाद नै थियो भनिरहंदा केही मान्छेहरु बुरुक्क उचालिएको देख्ने सौभाग्य प्राप्त गरिरहेको छ । यसले बाहुनभित्र परिवर्तन चाहने र यथास्थिति चाहनेवीचको स्पष्ट रेखा कोर्छ, चन्द्रसमशेरकै पालादेखि ।
४.र, अन्त्यमा, अरुने अबको दुईसय वर्ष पछि जन्मियो भने उसले शायद झोलाको सट्टामा बोरा चलचित्र बनाउने छ, जुन बोरामा बालविवाह, जैसी, खत्री र दलित बनाउने चलन, विधवालाई सेतो बस्त्र लगाउन लगाउने र कपाल खौरने इत्यादि बाहुनवादी कुप्रथाका विषयहरु एकमुष्ट अटाउन सकियोस् ।
यो पनि पढ्नोस् र त्यसमा आएका कमेन्टहरु पनि-
झोलाभित्र के छ ? बाहुनवाद ! http://www.onlinekhabar.com/2014/02/162129/
0 comments:
Post a Comment