सन् १९६४ मा शान्ति नोबेल पुरस्कार दिइएका मार्टिन लुथर किङ सन् १९२९ को जनवरी १५ का दिन एटलाण्टाको जर्जियामा जन्मेका हुन् ।
उनका बुबा माइकल किङ (सिनियर) चर्चका पादरी थिए । मार्टिन लुथर किङ (जुनियर)ले पहिले समाजशास्त्रको अध्ययन गरे भने पछि गएर उनले धर्मशास्त्रमा क्रोजेर थेओलोजिकल सेमिनारी, पेनसिलभानियाबाट उच्च शिक्षा हासिल गरे । किङ आफ्ना बुबा र बुबाजस्ता यथास्थितीवादी सोचाइ राख्नेहरूसँग असहमत थिए । आफ्नो असहमति दर्साउन उनी ख्रिश्चियन भएर पनि बियर पिउँथे, पुल खेल्थे, गोरा केटीहरूसँग लहसिएर हिँड्थे ।
पढाइको अन्तिम वर्षतिर बेन्जामिन ई मेयससँग किङको भेट भयो जसले किङभित्र आध्यात्मिक विकास गर्न मद्दत गरे । मेयस जातीय समानताका निम्ति वकालत गर्ने मानिस थिए र ‘ख्रिश्चियन धर्मले चाहेको परिवर्तन गर्नसक्छ’ भन्ने ठान्थे । तसर्थ यिनैले किङलाई ख्रिश्चियन धर्मका विशेषताहरूको समीक्षा गर्न लगाए । किङ पिएचडी गर्न बोस्टन विश्वविद्यालयमा भर्ना भए । यसैबेला, गायक र संगीतकार कोरेट्टा स्कटसँग किङको भेट भएको थियो । उनीहरूले सन् १९५३ मा बिबाह नै गरे र उनीहरुका ४ सन्तान पनि भए । पिएचडी गर्दागर्दै किङ अलाबामाको एउटा चर्चमा पादरी पनि भए । उनले सन् १९५५ मा पिएचडी सके । त्यसबेला उनी २५ वर्षका मात्रै थिए ।
‘अब प्रतिबाद गर्नु बाहेक कुनै विकल्प रहेन । हामीले गोराहरूलाई धेरै सह्यौँ तर अब हाम्रो धैर्यको बाँध टुट्यो । आज हामी न्याय र समानताभन्दा कम्तीमा सम्झौता नगर्ने अवस्थामा पुगेकाछौँ ।’
मार्च २, १९५५ का दिन, मोन्टगोमेरीमा एकजना १५ वर्षे काली केटीले बसको सिट गोराहरुलाई छोडिदिन इन्कार गरिन्, जसलाई कानुनबिरुद्ध मानिन्थ्यो । क्लाउडेट्टे कोलभिन नामक ती केटीलाई पुलिसले पक्रेर जेल हाल्यो । यो देखेर नागरिक समाजका सदस्यहरुले बसमा काला र गोरा मानिसबीच गरिने विभेदकारी कानुन परिवर्तन गर्नुपर्ने माग राखेर आन्दोलन गर्ने आधार प्राप्त भयो भनी सोचेका थिए । तर ती युवती दुई जिउकी रहिछन् जसले गर्दा नागरिक अधिकारकर्मीहरू आन्दोलन गर्नबाट हच्किए ।
डिसेम्बर १, १९५५ का दिन अर्को घटना भयो । रोजा पार्क्स नामक ४२ वर्षीय काली महिला कामबाट घर फिर्न क्लेभलेण्ड एभेन्युको बसमा पसिन् । उनी “कलर्ड” (कालाहरूको निम्ति छुट्याइएका सिट) लेखिएको बस-सिटमै बसेकी थिइन् । बस अघि बढ्यो गोराहरूका सबै सिट भरिए । थप गोरा प्यासेन्जर आए र कालाहरूले सिट छोडिदेलान् भन्ने अपेक्षा गर्न थाले । तीनजना कालाले हिच्किचाउँदै सिट छोडिदिए तर पार्क्सले सिट छाडिनन् । ड्राइभरले सिट छोड्न भने तर पनि पार्क्सले सिट छाडिनन् । पार्क्सलाई मोन्टगोनेरी शहरको कानुन तोडेको भनेर पुलिसले गिरफ्तार गर्योर । एक हप्तापछि उनलाई अदालतले १० डलर दण्ड र ४ डलर आदालतको फिसमेत दण्ड तिरायो ।
rosaparks-bus
रोजा पार्क्सलाई गिरफ्तार गरेकै रात नेशनल एशोसिएशन फर दी एडभान्समेण्ट अफ कलर्ड पिपलका इडी निक्सनले मार्टिन लुथर किङलगायत नागरिक अधिकारकर्मीहरूलाई भेटे र नगर बस बहिस्कार गर्ने योजना बनाए जसको नेतृत्व किङलाई सुम्पियो ।
बस बहिस्कार आन्दोलन सुरु भयो र किङले पहिलो भाषणमा भने– ‘अब प्रतिबाद गर्नु बाहेक कुनै विकल्प रहेन । हामीले गोराहरूलाई धेरै सह्यौँ तर अब हाम्रो धैर्यको बाँध टुट्यो । आज हामी न्याय र समानताभन्दा कम्तीमा सम्झौता नगर्ने अवस्थामा पुगेकाछौँ ।’
यसरी ३८२ दिनसम्म बस बहिस्कार गर्ने आन्दोलन चल्दा कालाहरूले हिँडेरै काममा जानुपर्यो, अनेक अपमान सहनुपर्यो, कालाहरूलाई अनेक डर-धम्की दिने र सताउने काम गरियो । किङ र इडी निक्सनको घरमा गोराहरूले आक्रमणसमेत गरे । तर अधिकारकर्मीहरूले कानुनी लडाइँ छाडेनन् । अन्त्यमा मन्टगोमेरी नगरले धेरै आर्थिक क्षति भएपछि काला जातिले गोराहरुलाई बसमा सिट छोडिदिनुपर्ने कानुनी प्रावधान हटाउनुपर्यो ।
आन्दोलन सफल भएपछि देशव्यापी रुपमा कालाहरुका अधिकारमा काम गर्न ६० जना अधिकारकर्मीको एउटा नयाँ संयोजक संगठन स्थापित भयो जसले अमेरिकाको दक्षिण भागमा काम थाल्यो । फेब्रुवरी १९५८ मा २० वटा मास मिटिङ गरेर उनीहरुले अमेरिकाको दक्षिणमा सबै काला जातिले पनि भोटर लिस्टमा नाम दर्ता गर्ने अधिकारका लागि अर्को आन्दोलन सुरु गरे । किङ अमेरिकाका धेरै सहरमा जातीय विभेदको अन्त्य हुनुपर्ने विषयमा भाषण गर्दै हिँड्न थाले ।
सन् १९५९ मा किङले महात्मा गान्धीको मुलुकको भ्रमण गरे र गान्धीको अहिंसात्मक आन्दोलनबारे गहिरो अध्ययन पनि गरे । भनिन्छ‚ त्यसले अमेरिकाको आन्दोलनलाई पनि अहिंसात्मक किसिमले सञ्चालन गर्न प्रेरित गरेको थियो ।
फेब्रुवरी १९६० काला विद्यार्थीहरूले ग्रिन्सबोरो, नर्थ क्यारोलिनामा काला र गोरालाई दिउँसोको लन्च-खानामा गरिएको विभेदविरुद्ध अनसन सुरु गरे । यो बेला गोराले गालीगलौज गर्दै भौतिक आक्रमणसमेत गरे तर काला विद्यार्थीहरू चुपचाप अनसनमा बसे । यो आन्दोलन छिट्टै देशभरि फैलियो र सन् १९६० को अगस्टमा अमेरिकाका २७ सहरमा काला र गोरा विद्यार्थीलाई लन्चमा विभेद गर्न नपाइने गरी आन्दोलन सफलतापूर्वक टुंगियो ।
३८२ दिनसम्म बस बहिस्कार गर्ने आन्दोलन चल्दा कालाहरूले हिँडेरै काममा जानुपर्यो, अनेक अपमान सहनुपर्यो, कालाहरूलाई अनेक डर-धम्की दिने र सताउने काम गरियो । किङको घरमा गोराहरूले आक्रमणसमेत गरे । तर अधिकारकर्मीहरूले कानुनी लडाइँ छाडेनन् ।
अक्टोबर १९, १९६० का दिन किङ ७५ जना काला विद्यार्थीसँग एउटा डिपार्टमेन्ट स्टोरको रेष्टुरेण्टमा लन्च खान पसे । तर गोराहरुले कालाहरूलाई लन्च दिएनन् । किङ र विद्यार्थीहरू निस्केर नगई रेष्टुरेण्टमै बसिरहे । पुलिसले आएर किङसहित ३६ जनालाई गिरफ्तार गर्यो । यो घटनाले देशव्यापी रुप लिने देखेर एटलाण्टाका मेयरले छिट्टै कुरा मिलाए र दोष लगाएको कुरा फिर्ता लिए । यतिबेला राष्ट्रपतिको चुनावको तातो सुरु भइराखेको थियो । किङ जेलमै थिए । काला र गोराबीचको भेदभावले चुनावको मुद्दाका रुपमा प्रवेश पाइसकेको थियो । जोन एफ केनेडी उम्मेद्वार थिए । केनेडीले किङकी श्रीमती कोरट्टा स्कटलाई फोन गरेर उनलाई जेल मुक्त गराउने विषयमा चासो लिए ।
सन् १९६० स्प्रिङमा किङले बिरमिङघम, अलबामामा विशाल आमसभा आयोजना गरे जसमा धेरै परिवारले भाग लिए । नगर प्रहरीहरूले कुकुर र आगोको गोला फाल्दै आमसभालाई भाँडे । किङलाई उनका थुप्रै समर्थकसहित जेल हाले । उक्त घटनाले देशैभरिका मानिसको ध्यान तान्यो । किङले जेलबाटै अहिंसात्मक सिद्धान्तबारे भने- अहिंसात्मक आन्दोलन गरेरै हामी अधिकार लिएरै छोड्नेछौँ ।
उनले अगष्ट २८, १९६३ का दिन न्यूयोर्कैमै २ लाख मानिसको विशाल आमसभा आयोजना गरे । यहीँ उनले उनको प्रसिद्ध “मसँग सपना छ” भन्ने भाषण गरे जसमा उनले ‘कुनै दिन सबै मानिस बन्धुत्वमा बाँच्नेछन्’ भनेर बोले । उनले भनेका थिए– “मसँग एउटा सपना छ कि एक दिन गएर यो मुलुकमा मेरा ४ जना बच्चाहरूलाई रंगका आधारमा होइन उनीहरुको चरित्रका आधारमा मूल्यांकन गरिनेछ ।”
किङको नेतृत्वको आन्दोलनकै कारण सन् १९६४ मा नागरिक अधिकारको कानुनका विभेदकारी बुँदाहरू हटाउनुपर्योक । यही कारणले उनले १९६४ मै नोबेल शान्ति पुरस्कार पनि पाए । देशभरि अधिकारको आन्दोलन चलिरहेकै थियो । मार्च ७, १९६५ का दिन ठूलो आमसभामा पुलिसले हस्तक्षेप गर्योर । टियर ग्यास हान्यो । लाठी चार्ज गर्योल । थुप्रै मानिस रक्ताम्मे घाइते भए । १७ जना प्रदर्शनकारी अस्पतालमा भर्ना भए । यो घटना इतिहासमा “ब्लडी सन्डे”को नामले अंकित भएर बस्यो ।
मार्च ९, १९६५ का दिन फेरि २५ सय जना प्रदर्शनकारी सडकमा निस्के जसलाई किङले नेतृत्व गरे । यही आन्दोलनले गर्दा कालाहरूको भोट दिने अधिकारको मुद्दा देशभरि उठ्यो ।
“मसँग एउटा सपना छ कि एक दिन गएर यो मुलुकमा मेरा ४ जना बच्चाहरूलाई रंगका आधारमा होइन उनीहरुको चरित्रका आधारमा मूल्यांकन गरिनेछ ।”
१९६५ देखि १९६७ को समयमा किङको अगुवाइमा जारी नागरिक अधिकारको आन्दोलन लस एन्जेलस र सिकागोजस्ता ठूला सहरमा समेत गरेर देशभरि चल्यो । उक्त अहिंसात्मक आन्दोलनको तरिकाले मध्यम वर्गका गोराहरूलाई समेत प्रभावित गर्यो । यही बेला किङले विभेदकारी नीति र गरिबीबीच सम्बन्ध रहेको कुरा बोले । यसैबेला अमेरिकाले भियतनामजस्तो सानो र गरिब मुलुकलाई युद्ध थोपर्नु अन्याय हो भन्ने कुरा पनि अघि सारे । उनले आन्दोलनको एजेण्डामा बेरोजगारीको समस्या पनि थपेर बेरोजगारहरूलाई आफ्नो आन्दोलनमा ताने । यसले गर्दा आन्दोलनमा धेरै पक्षको सहभागिता बढ्यो ।
अप्रिल ३, १९६८ का दिन किङले भाषण गर्दै भने– “हामीले पुग्ने ठाउँ म प्रस्ट देखिरहेको छु । म तपाईंहरूसँगै त्यो ठाउँमा पुग्छु कि पुग्दिनँ‚ मलाई थाहा छैन । तर, आज तपाईंहरूलाई प्रस्ट पार्न चाहन्छु‚ नागरिकको हैसियतले त्यो संकल्पित ठाउँ हासिल भएरै छाडिनेछ ।”
यसो भनेको भोलिपल्टै किङलाई बरण्डामा उभिराखेको बेला गोली हानेर हत्या गरियो । हत्यारा थिए जेम्स अर्ल रे । किङको हत्याले देशभरि १०० वटा सहरमा आगो सल्कियो । हत्यारालाई ९९ वर्षको जेल सजाय दिइयो तर अप्रिल २३, १९९८ मा उ जेलमै मर्यो ।
(पश्चिमेली गोरा र पूर्बिया अर्थात नेपालका बाहुनहरूको स्वभाव एउटै भएकोले पाठकबर्गहरूलाइ अध्यान र बहशकोलागी यो लेख पोस्ट गरिएको हो - एड्मिन )
नोट :- बाट साभार http://rajyasatta.com/
0 comments:
Post a Comment