Breaking News
Loading...
######
Wednesday, October 21, 2015






Mongol Vision | September 20, 2015
विदेशी बाहुन क्षेत्रीले त्यही पुरानोलाई नयाँ भन्दै षडयन्त्रकारी संविधान जारी गरे आफूहरुलाई स्वीकार नहुने मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेण्ट डा. गोपाल गुरुङले बताउनु भएको छ । शुक्रबार मंगोल भिजनसँग कुरा गर्दै डा. गुरुङले संविधान षडयन्त्रकारी भएको बताउनु भएको हो ।


हाम्रो केही कुरा समेटे जस्तो गरेर २० प्रतिशत विदेशी बाहुनक्षेत्रीकै हितमा संविधान बनेकोले आफूहरुले त्यसको सशक्त विरोध गर्ने बताउनु भएको छ । यो संविधान त्यही पहिलेकै दरबारीया सामन्तीका प्रतिनिधि र फटाहाहरुले हाम्रा केही कुरा समेटे जस्तो मात्र गरेकाले यहाँका ८० प्रतिशत अहिन्दू मूलवासी मंगोलहरु नझुक्किई सचेत रहन आग्रह गर्नुभएको छ ।

नेपाल मंगोलहरुको भएको कारण विदेशी बाहुन क्षेत्रीले आफ्नो हितमा लेखेको संविधान मूलवासी मंगोलको कल्याण नहुने बताउनु भएको छ । हाम्रो हितमा संविधान निर्माण गर्न नेपालका हामी अहिन्दू मूलवासी मंगोलले नै संविधान बनाउनु पर्ने दावी गर्नु भएको छ । नेपाल मंगोलको देश हो । बाहुन क्षेत्री भारतबाट भित्रिएका शरणार्थी हुन् । यसकारण यी विदेशी बाहुन क्षेत्रीले मूलवासी मंगोललाई पाखा लगाएर हिजोको कुरालाई नयाँ बनाएको डा. गुरुङले ठोकुवा गर्नु भएको छ ।

नेपाल मूलवासी मंगोलको देश हो भनेर वृहत नेपाली जनता (८० प्रतिशत अहिन्दू मूलवासी मंगोल) को मनमस्तिष्कमा पस्न नदिने खेल भएको कुरा जगजाहेर भइरहेको बेला डा. गोपाल गुरुङले यस्तो धारणा व्यक्त गर्नु भएको छ । प्रेसिडेण्ट डा. गुरुङले वैचारिक क्रान्तिबाटै विदेशी बाहुन क्षेत्रीलाई ढाल्नु पर्ने धारणा राख्दै आउनुभएको छ । यस नयाँ संविधान जारी गर्ने अन्तिम विन्दूमा सोही धारणा दोहोर्याउनु भएको छ । उहाँले मूलवासी मंगोलहरुले अझै यथार्थ कुरा नबुझेकोमा चिन्ता व्यक्त समेत गर्नुभएको छ । मूलवासी मंगोलहरु बुरुक्क उफ्रने, विदेशी बाहुन क्षेत्रीसँग डराएर लुरुक्क पर्ने, डर छेरुवा भएकाले अब हाम्रा मान्छेहरुलाई निर्भिक बनाएर लानु पर्ने जोड दिनु भएको छ । बाहुन क्षेत्रीहरु सत्तामा रहिञ्जेल मंगोलको हितमा संविधान लेख्न नसक्ने ठोकुवा गर्नु भएको छ ।

लोकतन्त्र त संस्थागत भयो नि भन्ने सवाल जवाफमा डा. गुरुङले भन्नुभयो– बाहुन क्षेत्री लोकतन्त्रवादी हुनै सक्दैन, लोकतन्त्र चाहेका पनि होइनन् । यसलाई लोकतन्त्र होइन, मोजतन्त्र, ठोकतन्त्र, मूलवासी मंगोलाई परलोक पठाउने परलोकतन्त्र मात्र हो । यिनीहरु सत्तामा रहुञ्जेल वास्तविक लोकतन्त्र आउँदैन । कुनै त्यस्तो चमत्कारी परिवर्तन भएको छैन, हिजो पनि त्यही व्यक्ति थिए, आज पनि त्यही व्यक्ति उस्तै विचार बोकेका विदेशी बाहुन क्षेत्रीले बनाएको यस संविधानले मूलवासीको हित गर्दैन । उहाँले भन्नुभयो – धर्म निरपेक्ष हटाउन निक्कै कोशिश गरे, हटाएको भए ठूलै दुर्घटना निम्तिन्थ्यो । तर घुमाउरो तरिकाले २० प्रतिशत विदेशी हिन्दू आर्य बाहुन क्षेत्रीलाई प्रतिनिधित्व गर्ने गरी मात्र राखेका छन् । त्यसलाई अब सबैको हितार्थमा बनाउनु पर्छ ।

यो संविधान मूलवासी मंगोललाई मान्य छैन । यसर्थ यसको विरोध गर्नु पर्ने प्रष्ट पार्नु भएको छ । आगामी दिनहरुमा नारा, जुलुश, सडक आन्दोलन भन्दा पनि हामीले लक्ष्य प्राप्तिको लागि चुनावी माध्यमबाटै विदेशी बाहुन क्षेत्रीलाई परास्त गर्नुपर्ने समेत बनाउनु भएको छ । त्यसका लागि देश हाँक्ने निर्भिक जेनेरेशनको तयारी गर्दै बुझाउँदै लानु पर्ने समेत थपमा बताउनु भएको छ । भोलि हाम्रा मान्छे पूर्ण रुपमा जागिसकेपछि समयले विस्तारै आफै दनक दिँदै जानुपर्ने वाध्यता सिर्जना गर्ने समेत बताउनु भयो । यसकारण सबै मंगोलहरु धैर्य भएर नआत्तिई अघि बढ्न समेत आग्रह गर्नुभएको छ ।

साभार Mongol Vision
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment