Breaking News
Loading...
######
Wednesday, October 21, 2015


"आफ्नो चाडपर्वलाई चाहिँ निमिट्यान्न हुन नदिऊँर दशैं जस्तो चाडले जनजाति चाडहरूलाई सिध्याएको हुनाले सके बहिष्कार गरौंनसके परित्याग गरौं त्यति पनि नभए आफ्नो चाडपर्व चाहिँ धुमधामले मनाऔं भन्ने कुरामा जनजाति आन्दोलन विगतका वर्षहरूदेखि निर्देशित देखिन्छ ।"

दशैं धनी हिन्दूलाई खासागरिब हिन्दूलाई दशा र जनजातिलाई दुर्दशाको चाड हो । नेपालमा गएको दुई सय वर्षको अवधिमा हिन्दू धर्म संस्कृति र मूल्यमान्यता वा बाहुनवादको एकाधिकार रह्योराइदाइ र दलनमलन रह्यो । राज्यले नै हिन्दू धर्मको पक्ष लिएर हिन्दू अधिराज्य घोषणा गरेपछि देश धर्म निरपेक्ष हुनुभन्दा अघिसम्म हिन्दू धर्म र संस्कृतिलाई काखी च्याप्ने र बाँकीलाई पाखामा पार्ने वा बहिष्करणमा पार्ने नीति लिइयो । यसैलाई वाहुनवाद भनिएको हो । मैले यसको विरोध गर्ने गरेको हुँ । दशैं त्यसको रुप मात्र हो ।

नेपालमा सरकारले नै कानुनी रुपमा स्वीकार गरेका ५९ आदिवासी जनजाति छन् । त्यो बाहेक सूचीकरण हुन बाँकी अरु पनि छन् । आदिवासी जनजाति बाहेक मुस्लिमसिखबंगाली वा अरु धर्मावलम्बीहरू पनि छन् । यस्तो बहुधार्मिक बहुसांस्कृतिक बहुजातीय समाजमा एउटै धर्मको मूल्यमान्यता भएको दशैंको लागि मात्रै पहिले एक महिना सरकारी विदा हुन्थ्यो । एउटा धर्म संस्कृतिको चाडपर्वलाई चाहिँ राज्यले एकदम धुमधाम पूर्वक विदा दिनेअरु हिन्दू चाडपर्वमा पनि विदा दिनेअन्य आदिवासी जातजातिको धर्मसंस्कृतिको कुरा आयो भने चाहिँ राज्यले कुनै पनि लगानी नगर्नेसहयोग पनि नगर्ने बरु त्यसलाई थिचोमिचो गरेर निमिट्यान्न गर्न खोज्ने ! सबैले दशैं चाहिँ मानिदिनुपर्नेअनि दशैं मान्नेहरूले चाहिँ दशैं नमान्नेहरूको चाड चाहिँ मान्नु नपर्ने ! यस्तो विभेद र अन्याय रहिआयो । रोटी त एकोहोरो पाक्दैन । डढ्छ । नेपालमा दशैंले रोटी नै डढाइसकेको हुनाले विरोध गरिएको हो । बराबरी भए कसले विरोध गर्छ ?

धर्म निरपेक्ष राज्यमा सो राज्यले कुनै पनि धर्मको पक्ष लिनुहुँदैनतर अहिले पनि हिन्दूअधिराज्य हुँदा जे थियो त्यसैको निरन्तरता छ । अलिकति परिवर्तन के भयो भने जनजातिको मौलिक चाडपर्वहरूमा विदा दिइएको छ । तामाङगुरुङको ल्होसार,किरातीहरूको उभौली उधौलीमा र मुसलमान तथा इसाईहरूको चाडमा पनि विदा दिइएको छयद्यपि यो बाहेक सबै जातिहरूलाई विदा दिइएको भने छैन । थकालीहरूको महान चाड तोरनलमा विदा हुँदैन । मेरो छोराछोरी स्कुल कलेज पढ्ने बेलामा चाड मान्न घर आउन सक्दैनन् । आफ्नो चाडपर्वको बेला पनि बाहिरै बस्नुपर्छ । घर आए पढाइ छुट्छछुटेको पढाइको क्षतिपूर्ति छैन । यो विभेद हो ।

छोराछोरी दशैं किन महान चाड हो भनेर ब्याख्या गर्नुपर्ने गृहकार्य लिएर आउँछन् । अनि त्यसको बारेमा लेख्नुपर्छ । दशैं मेरो चाड होइन मलाई दशैंको बारे थाहा छैनम तोरनलको बारेमा लेख्छु भनेर धर पाइने होइन । आफ्नो चाडको बारेमा लेख्दा प्राप्ताङ्क आउने कुरै छैन । यो बराबरी न्याय भएन । विदा दिने भए सबैलाई बराबर दिनुप¥योअरु जातिलाई पनि दशैंमा जस्तै लामो विदा । वर्षभरिको विदाले ३ सय ६५ दिन नै नाघोस्दिनुप¥यो । बराबरी र न्याय त सबै जनतालाई हुनुप¥यो नि । त्यसो होइन भने एउटा समुदायले उसको धार्मिक र संस्कृतिक चाडमा कति विदा दिइनुपर्छ भनेर विवेकपूर्ण निर्णय गर्न सकिन्छ । विदा कम भन्दा कम हुनु राम्रो हो । उत्पादनशील काममा लगाउनु पर्ने समय भोजभतेर र मस्तीमा लगाएर कुनै पनि व्यक्तिसमाज र राष्ट्र उँभो लाग्न सक्दैनतर पनि चाड मान्न मान्छेलाई विदा चाहिन्छ । त्यसको लागि न्यायसंगत रुपमा विदाको निर्धारण गरिनुपर्दछ । विदा तोकिसकेपछि जुनजुन धर्मावलम्बीले जुन बेला आवश्यक हुन्छ त्यो बेला त्यो विदा उपयोग गर्न सक्ने गरी दिइनुपर्दछ । किरातहरूले उधौली र उभौली दुईपटक उपयोग गर्लान् । हिन्दूहरूले दशैं वा अरु चाडपर्वमा गर्लान् । गुरुङतामाङशेर्पाहरूले ल्होसारको बेला गर्लान् । थकालीहरूले तोरनल को बेला गर्लान् । मुसलमानहरूले इदुल फित्रको बेला गर्लान् । इसाइहरूले क्रिसमसको बेला गर्लान् । त्यो किसिमको समानता भयो भने सबैलाई न्याय हुन्छ । हिन्दूहरूको चाडमा चाहिँ विदाका ठेली दिनेराष्ट्रपति र राष्ट्रका पदाधिकारी त्यसैको पछाडि दौडने अनि देशका जनजातिको चाडलाई बेवास्ता गर्ने हो भने त त्यो त विभेदको पराकाष्ठाको निरन्तरता हो । यस्तो हुनुहुँदैन । न्यायको प्रत्याभूति भयो भने कसैले कसैको विरोध गर्दैन ।

दशैंको विरोध गरिनुमा यो चाडलाई जबर्जस्ती लादिएको पनि कारण हो । यो चाड गैरहिन्दूलाई जबर्जस्ती मान्न बाध्य पारिएको हो । राणाशासनकालमा घरघरमा रगतको पञ्जाछाप लगाउनुपर्ने उर्दी थियो । शक्तिको पूजा वा हातहतियारको पूजा गर्ने बेलामा बलि दिनुपर्ने भयो । आदिवासी जनजातिहरूले दशैं माने कि मानेनन् भन्ने सूचक चाहिँ त्यो हातहतियारको पूजा ग¥यो कि गरेन वा घरमा पञ्जाछाप लगायो कि लगाएन भन्नेबाट राज्यलाई प्रष्ट पार्नुपर्ने भयो । त्यसो गर्दा राज्य खुशी हुने भयो । राज्यलाई खुशी पार्न त्यतिबेला जनजातिहरूको लागि आफ्नो धर्म,संस्कृति राज्यको सामु ध्वस्त पारेर देखाउनु पथ्र्यो । हिन्दू धर्म संस्कृतिमा त्वम शरणम् गर्नुपथ्र्योतर यो उनीहरूको रहर थिएनराज्यको बाध्यकारी नियम थियो । त्यसो नगरे राज्यले गैरहिन्दूलाई कार्वाही वा मारिदिन पनि सक्थ्यो । दशैं माने नमानेको राज्यबाट अनुगमन हुन्थ्यो । यद्यपि जनजातिहरू बलि दिएको जनावरको रगत अरुको घरबाट सापटी लिएर घर बाहिर पञ्जाछाप चाहिँ लगाएर राज्यलाई देखाइदिने अनि घर भित्र चाहिँ आफ्नो चाडपर्वको बारेमा चिन्तन गर्ने गर्दथे । यसरी जबर्जस्ती लादिएको चाडको विरोध किन नगर्ने ?

अहिले पनि दशैंको बेलामा लामो समय सरकारी कार्यालयहरू विदा हुन्छन् । विद्यालय र क्याम्पसहरूमा लामो विदा हुन्छ । विदा भएपछि चाड नमान्नेहरू पनि मानेजस्तै देखियो । सप्तमी लागेपछि बजार बन्द हुन थाल्छ । सरकारी कार्यालयहरू पनि बन्द हुन्छन् । यातायात पनि चल्दैन । दशैं नमान्नेको लागि घरमा खानु र बस्नुको अर्को उपाय छैन । यो एकप्रकारको दशैं मान्न बाध्य पारिएको जस्तै नै हो । अहिले चाहिँ मानिसहरूको चेतनामा बदलाव आएको छ । पहिले मगरहरू ९८ प्रतिशत हिन्दू धर्म लेखाउँथे । मगर संघले अभियान नै चलाएर हिन्दू पुरोहितलाई बहिष्कार गरेर अहिले उनीहरू आफ्नै पुरोहितलाई मान्न थालेका छन् ।

दशैं बहिष्कारको अर्थ थाप्लामा थोपरिएको चाडलाई मिल्काउन खोजिएको हो । कतिले बहिष्कार नभनेर परित्याग गर्ने भन्ने कुरा गर्ने गर्छन् । कतिले परित्याग पनि किन गर्ने आफ्नो चाड धुमधामले मनाऊँअरुको चाड उनीहरूले नै मनाउन् भन्ने पनि छ । यी दृष्टिकोणका विविधता मात्र हुन् । मूल मुद्दा चाहिँ के हो भने आफ्नो चाडपर्वलाई चाहिँ निमिट्यान्न हुन नदिऊँर दशैं जस्तो चाडले जनजाति चाडहरूलाई सिध्याएको हुनाले सके बहिष्कार गरौंनसके परित्याग गरौं त्यति पनि नभए आफ्नो चाडपर्व चाहिँ धुमधामले मनाऔं भन्ने कुरामा जनजाति आन्दोलन विगतका वर्षहरूदेखि निर्देशित देखिन्छ ।

सुरुमा तमुहरूले ल्होसार मनाउने बेलामा टुँडिखेलमा २० जना पनि हुँदैनथे । अहिले गाउँगाउँमा त्यो दिनमा चाहिँ उल्लासमय रुपमा घर बाहिर निस्केर मनाउन थालेका छन् । जनजातिहरूमध्ये मगरहरूले सबैभन्दा बढी दशैं मान्थे । केही समययता भूमि पूजा मनाउन थालेपछि अहिले हेर्ने हो भने भूमि पूजाको दिन माघमा धेरै मगरहरू जम्मा भएर सो पर्व मनाउन थालेका छन् । आदिवासी जनजातिले चाहिँ हिन्दूको चाड मनाइदिनुपर्ने ! आफ्नो चाहिँ राज्यबाट सहयोग नपाई निमिट्यान्न भएको टुलुटुलु हेर्नुपर्ने आदिवासी जनजातिको चाड पनि हिन्दूहरूले उत्तिकै भव्य रुपमा मनाइदिनेउत्तिकै समान हैसियतमा विदा र सेवा सुविधा हुने हो भने त एकअर्काको सद्भावको लागि दुवैले दुवैको चाड मान्न सक्छन्तर देशमा त्यस्तो परिस्थिति कहाँ छ र हामीले हिन्दू धर्म मानिदिँदा के फरक पर्छ त भन्ने हो भने आफ्नो धर्म संस्कृति बिलाउने भो । अर्काको हाबी हुने भो भने आफ्नो चाहिँ सिद्धिने भो । किनभने बच्चाहरूले आफ्ना बाबुबाजे वा आफूभन्दा ठूलाले कुन चाहिँ चाड मान्छन् भनेर हेर्छन्र सिक्छन् । हिन्दूको चाड मान्दा उनीहरूमा सो चाडकै गहिरो छाप पर्ने भो । आफ्नो चाडमा भन्दा अरुको चाडको भव्यता देख्दाखेरि बच्चाहरूमा पनि हिन्दू चाडमा बढी लगाव हुने भो । आफ्नो चाड धुमधामले मनायो भने आफ्नो चाडमा लगाव हुन छोड्छ । अहिले मेरो छोराछोरीहरूलाई दशैं जस्तो अरुको चाडमा कुनै लगाव छैन । किनभने हामी दशैं मान्दैनौं । तोरनल मात्रै मान्छौं । मेरो परिवारमा दशैं आउनु र कागलाई बेल पाक्नु एउटै कुरा हो ।

दशैंको सन्दर्भमा कतिपय जनजातिहरूमा पनि समस्या छ । राज्यको पकडमा भएकाहरू हिन्दूकरणमा पर्दा चाहिँ दशैं हाम्रो हो भन्न सुरु गरेको उदाहरणहरू छन् । स्वामी प्रपन्नाचार्य जस्ताले हामी आर्य हौं भन्ने गर्दछन् । उनी हिन्दू संस्कृति हाम्रो हो भन्दै पनि हिँड्छन् । जनजातिहरू जो शासकको नजिक परे वा हिन्दूकरणमा परे उनीहरूले यसलाई सहज रुपमा लिए । उनीहरूले आफ्नो धर्म र संस्कृतिहरू आफैले सिध्याउने काम गरे । जो चाहिँ राज्यबाट अलगथलग रहेउनीहरूमा दशैंको प्रभाव उति छैन । मुस्लिमहरूको आक्रमणबाट ११ औं देखि १४ औं शताब्दीसम्ममा सबैभन्दा ठूलो जनसंख्या ब्राह्मण क्षेत्री हिन्दूहरू नेपाल आएका हुन् । त्यसबेला सबैभन्दा पहिले मगरातहरूसँग उनीहरूको टक्कर प¥यो । अहिले पनि बाहुनहरूको बाक्लो बस्ती मगरातमा छ । त्यसले कालान्तरमा मगरहरूसँग हिन्दूहरूको बढी सम्बन्ध रहन गयो । हिन्दू क्षेत्री बाहुनहरू छलछाम गर्न जान्नेआदिवासीहरू इमान्दार र सोझा हुनाले पनि समस्या आयो । क्षेत्री बाहुनहरू बाठो मात्र होइन शासन गर्नेराज्यसत्तामा वा राजनीतिमा बढी चासो भएकाहरू थिए किनभने उनीहरू अफगानिस्तानपर्सिया देखि सिन्धुघाँटी भएर उत्तर भारतमा आइपुग्दासम्ममा त ठाउँठाउँको आदिवासीहरूलाई नियन्त्रण गर्दैलडाइँ गर्दै आफ्नो प्रभुत्व स्थापित गर्दै आइपुगेका थिए । उनीहरू नेपालमा छिरिसकेपछि उनीहरूको बठ्याइँ उत्कर्षमा पुग्यो । यसै बेला मगरहरू बढी हिन्दू बनाइए । मगरात पछि तमुवान सुरु हुने हुँदा गुरुङ जातिमा बढी हिन्दूकरण भयो । अनि काठमाडौं उपत्यकाका नेवारहरूमा पनि हिन्दू शासकहरूको चलखेलको अखडा नै बन्यो । जब पूर्वी नेपालको कुरा आउँछ,हिन्दूकरण पातलिँदै जान्छ । शहरी क्षेत्र र प्रशासनिक क्षेत्रहरूमा रहेका तामाङहरू मात्रै बढी हिन्दूकरणमा परेतर तामाङहरू बढी गाउँगाउँमा बस्ने हुनाले आनुपातिक रुपमा हिन्दूकरणले उनीहरूलाई असर परेन । त्यो भन्दा उता सुनुवारराई र लिम्बूसम्म पुग्दा हिन्दूकरण त्यति व्याप्त भएको देखिँदैन । त्यसैले दशैं बहिष्कार,परित्याग वा आफ्नो चाड बढी मान्नुपर्छ भन्ने आन्दोलन चाहिँ लिम्बूहरूमा सबैभन्दा धेरैअनि राईहरूमा अनि सुनुवार र त्यसपछि तामाङहरूमा हुँदै फेरि गुरुङ मगरहरूमा पातलिदै आएको छतर दशैं बहिष्कारपरित्यागआफ्नो चाड धुमधामसँग मनाउने भन्ने आन्दोलन ०४६ पछि जातीय चेतना बढ्दै गएको कारणले अधिकारका सवाल र दाबीहरू बढ्दै गएपछि सघन हुँदै गएको हो । दशैं बहिष्कार वा परित्यागको आन्दोलन लिम्बुवानबाट मगरातसम्म पुग्दा अहिले मगर र गुरुङहरूमा पनि आफ्नो चाड मनाउने प्रवृत्ति ह्वात्तै बढेर गएकोर दशैं मनाउनेहरूको संख्या त्यसरी नै ह्वात्तै घटेर गएको छ । थकालीहरू हिन्दू शासकहरूको बढी नजिक रहेको हुनाले राणाहरूको पालामा उनीहरूलाई जनै नै लगाउन दिइएको थियो । उनीहरूलाई ठकुरी भनिएको थियो । कति थकालीहरू त अहिले पनि आफू ठकुरी नै हो भन्ने भ्रममा छन् । उनीहरू धुमधामले दशैं पनि मनाउने गर्दथेतर अहिले खस नेपालीमा गौचनशेरचनतुलाचनभट्टचन भनिने च्युकीसाल्कीधिम्चनभुर्की सबै थकालीहरूले दशैं नमान्ने र तोरनल मान्ने निर्णय गरिसकेका छन् ।

दशैंको प्रसंगमा रामले रावणमाथि विजय गरेको कथा छतर रामायणको कुरा त पूरै काल्पनिक कथा हो । काल्पनिक कथामा प्रस्तुत गरिएको रावण पात्र जो होत्यो त आदिवासीहरूको कथा हो । रामलाई खस हिन्दूहरूको प्रतिनिधिको रुपमा ल्याइएको छ । यो दुईटाको लडाइँ चाहिँ दक्षिण एशियामा छँदै थियो । यो दशैं आदिवासीहरूलाई हराएरै सुरु गरिएको हो । त्यसमा पनि कुनै शंका छैन । अझ आदिवासीहरूकै ठाउँमा आएर उनीहरूलाई नै विभिन्न जालझेल र षड्यन्त्रलडाइँ,साम दाम दण्ड भेद प्रयोग गरेरै आफ्नो नियन्त्रणमा लिएका हुन् आप्रवासी हिन्दूहरूले । अमेरिकामा एउटा थ्याङक्स गिभिङ (धन्यवाद ज्ञापन) भन्ने चाड मनाइन्छ । त्यो धन्यवाद चाहिँ आदिवासीहरूलाई गोराहरूले दिएका हुन् । यो चाडको खास कुरा के छ भने कोलम्बस अमेरिकामा पुगेपछि युरोपेली गोराहरू त्यता जान थालेतर जति जान्थे उति मर्न थाले । यसरी आप्रवासीहरू मर्न थालेपछि त्यहाँका आदिवासीहरूलाई माया लागेर खेतीपाती कसरी गर्नेरोगब्याधीबाट कसरी बच्नेके खानेके गर्ने वा नगर्ने भन्ने विधि गोराहरूलाई सिकाएर तिनीहरू अब बाँच्न सक्ने भए । बाँचिसकेपछि आफ्नो प्रभुत्व लाद्न र शासन गर्न गोराहरूले तिनैलाई बचाउने आदिवासीहरूलाई लाखौंको संख्यामा मारे । त्यसपछि तिनीहरूको जमिनमा आफ्नो प्रभुत्व सथापित गरेर आदिवासीहरूलाई चिडियाखानामा राखे जस्तो विभिन्न ठाउँमा छरपष्ट बनाएर सीमित गरि बसाएका छन्अनि अहिले चाहिँ गोराहरूले आफूलाई बचाएकोमा धन्यवाद दिएको रे ! उसैले बचाउने उसैलाई मार्ने अनि धन्यवाद यस्तो चाड त्यहाँको आदिवासीहरूले मान्छन् होला त दशैं नेपालका जनजातिहरूको लागि अमेरिकाको थ्याङ्क्स् गिभिङ चाड जस्तै हो ।

अर्को कुरा दशैंंमा राजनीति छ । त्यो के भने रावणको दशवटा टाउकोअनि बानर सेनाले गएर रामले बानरहरूको सहयोग लिएर युद्ध जितेको कथा वाहियात होर सीताकै कुरा पनि मान्छेले जन्माएको होइनखेतमा फेला परेको भन्ने कुनै प्रमाणित कुरा होइन । महाभारतको कुरा पनि धेरै काल्पनिक हुन् । यस्ता काल्पनिक कुराहरू किन आउँछन् भने त्यसले समुदायको सदस्यहरूलाई जोडेर राख्छन् । जसले रामायणको विश्वास गर्छन्उनीहरूलाई यसले एकठाउँमा जोड्छ । दक्षिण एशियामा खस आर्यहरू पाँच हजार वर्ष अगाडि आएका हुन् । दुई पक्षको बीचमा राजनीतिक,सामाजिकसांस्कृतिक र धार्मिक प्रकारको द्वन्द्व त विगत पाँच हजार वर्षदेखि चलिआएको छ । त्यसको प्रतीक मध्येमा दशैं पनि एउटा भएको हुनाले गैरहिन्दू र हिन्दूहरूको बीचमा टकराव भइरहेको छ । धर्मनिरपेक्ष राज्य भइसके पछि पनि राज्यले पहिले हिन्दू अधिराज्य हुँदा दशैंमा जे गरिरहेको थियो त्यही गरिरहेको छ । एउटालाई काखा पार्दा अरु जातिका चाडपर्वहरू पाखा पार्ने काम जो भइरहेको छ,त्यसको विरोध नगर्ने प्रश्नै आउँदैन ।

अर्को कुरा दशैं धनी हिन्दूहरूको लागि मात्रै सुखदायी छ । दशैं मान्नेहरूलाई यसले एकठाउँमा जोड्छ । पुरानो पुस्ताले नयाँ पुस्तालाई आशीर्वाद दिन्छन् । यसले एकअर्कालाई बाँध्ने काम गर्छ । त्यसमा कतिले राजनीतिक आशिर्वाद पाउने र आर्थिक फाइदा लिने रुपमा पनि यो चाडको प्रतीक्षा गर्दछन्तर के छ भने दशैं आयो कहाँ ऋण पाउँला र खाउँला जस्तो गरिबहरूको लागि बच्चालाई नयाँ लुगा किन्नैपर्नेखसीको मासु खानैपर्ने र पाहुनाको सत्कार गर्नैपर्ने भएपछि गरिब हिन्दूहरूको लागि यो चाडले सुख ल्याउँदैन । हिन्दूहरू बढी गरिब छन्कम धनी छन् त्यसैले बहुसंख्यक हिन्दूहरूको लागि पनि यो चाडले हर्ष ल्याउँदैन । अनावश्यक खर्च नगरिकन चाड मान्दा गरिबहरूलाई पनि यो राम्रो चाड हुन भने सक्छ । नयाँ लुगा र खसीको मासु नै किन चाहियो भेटघाट र आशीर्वाद मात्र लिने हो भने गरिब हिन्दूहरूको लागि पनि यो चाड राम्रो बन्न सक्छ ।

पञ्चायतको अन्त्यसम्म आइपुग्दा एउटा राजा एउटै देशएउटै भाषा एउटा भेष भन्ने नारा उत्कर्षमा पुग्यो । धर्म माने पनि हिन्दूहरूको मात्रै मान्नुपर्नेआदिवासी जनजाति वा मुस्लिम आदिको चाड मान्नै नहुने खालको नीति थियो । ०४७ सालको संविधानले नेपाल एउटा बहुसांस्कृतिकबहुधार्मिक मुलुक हो भनेर स्वीकार गरिसकेपछि आदिवासी जनजातिहरूको चाडपर्वहरू मान्ने क्रम सुरु भयो । गैरहिन्दूहरूको चाड पनि स्वतः अगाडि आयो । नेपालमा बाहुनवाद पितृसत्ताबाट शोषणदमनउत्पीडन र विभेदहरू व्यापक भएको छर त्यसविरुद्ध संगठित रुपमा लड्नुपर्छ भन्ने चेतना आयो । आदिवासी जनजाति महासंघ जस्ता संस्थाहरू निर्माण भए । त्यसपछि त्यसले त्यो जनचेतनालाई बढाउँदै गएर दशैं बहिष्कार जस्तो आन्दोलनको रुप लिइसकेपछि आफ्नो चाडपर्व मनाउने कुराहरूमा व्यापकता र सघनता हुनु स्वभाविक नै थियो । आफ्नो चाड मान्न थालेपछि अर्काको चाड जुन मान्नुपर्ने बाध्यता थियोत्यो स्वाभाविक रुपमा अर्थहीन भएर जान्छ । जनजातिहरूले आफ्नो चाड धुमधामले मनाउन थालिसकेपछि उनीहरूका लागि दशैंको औचित्य सकिँदै जान थाल्यो । यो क्रम अझ अगाडि बढिरहेको छ ।

मेरो सन्दर्भमा भने दशैंमा म आफ्नो नियमित काम गर्छु । विशेष अरु खान्की पनि खान्नँ । गाडी चल्दैन भने म हिँडेरै आफ्नो काम गर्नतिर लाग्छु । दशैं मेरो मनमा छैन ।

बाट साभार www.limbuwankhabar.blogspot.qa/
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.