Breaking News
Loading...
######
Wednesday, October 21, 2015

हिन्दूकरण गरिनु चाहिँ धर्म परिवर्तन होइन ?

मेरो बुबा ख्रिष्टियान होइनन् । तर पनि आजसम्म मैले मेरो बुबाको निधारमा कहिल्यै रातो टीका देखेको छैन । मन्दिरमा गएर पूजा गरेको देखेको छैन । मेरो बुबा जनयुद्धकालको माओवादी कार्यकर्ता हुनुहुन्थ्यो । मलाई अझै पनि सम्झना आउँछ, त्यसबेला उहाँ शोषक, सामन्तीको विरुद्धमा बन्दुक उठाउनु नै मेरो धर्म हो भन्नुहुन्थ्यो । शोषणमा परेकालाई उद्धार गर्नु र गरिबको उन्मुक्तिको निम्ति लड्नु नै मुक्ति पाउनु हो भन्नुहुन्थ्यो । 
कम्युनिष्टको छोरा ख्रिष्टियान हुँदा कुन धर्म परिवर्तन भयो ? नास्तिकको छोरा आस्तिक हुँदा कुन धर्मपरिवर्तन भयो ? कसैले मलाई यसको उत्तर दिनुहुन्छ भने, कृपया मलाई यसको पनि उत्तर दिनुहोस्- आदिवासी, जनजातिका सिङ्गो समुदायलाई हिन्दुकरण गरिँदा चाहिँ धर्म परिवर्तन भएन ?
म सानो छँदा यो ईश्वरलाई पूजा गर् भनेर मलाई मेरो बुबाले कहिल्यै सिकाउनुभएन । मेरो बुबाले पुजेको ईश्वरलाई मैले कहिल्यै पछ्याएको थिइनँ । उहाँको ईश्वर त बन्दुक थियो । उहाँले पाउने मुक्तिको निश्चयता त युद्धमा लडेर कसैको प्राण लिनु अनि आफू जिउनुमा थियो ।
आज म इसाई आस्थामा येशूमा शरण लिएर, मेरो बुबाले अपनाएको बाटोभन्दा फरक बाटोलाई अँगालेर हिंड्दा म धर्मपरिवर्तनकारी भएँ ? बुबाआमाको धर्म बेचुवा भएँ ?
यदि मैले पनि मुक्तिको लागि बन्दुक उठाएको भए र बुवाको धर्म जोगाउन युद्धको मैदानमा निस्केको भए चाहिँ म धर्म जोगाउने हुने थिएँ, हो र ? तपाईंहरू त परिवर्तन चाहने हरेकलाई डलरमा बिकेका भन्न र स्वेच्छाले आफ्नो आस्थामा लागेकाहरूलाई देश बेच्ने, आमा बेच्ने भनेर आफै तमासा बन्नुभएको छ ।
यदि मलाई धर्मपरिवर्तनकारी भन्नुहुन्छ भने, कहिल्यै परिवर्तन नभएको तपाईंको धर्म ल्याएर दिनुहोस् मलाई । दिन मिल्ने र लिन मिल्ने धर्म तपाईहरूसँग भए ल्याउनुहोस् । मेरो बुबाआमाको धर्म मैले कसैलाई बेचेको प्रमाण भेटेमा आएर मलाई कानुनी कठघरामा उभ्याउनुहोस् । कानुन बमोजिम मलाई सजाय दिइयोस् ।
जब म ८ वर्षको थिएँ, सैन्यदल र दंगा पुलिसको हुलले मेरो घरलाई खरानी बनाउँदा पनि मेरो बुबाआमाले कुनै ईश्वरलाई पुकारेको मैले सुनिनँ । रातरात जङ्गलमा दौडेको याद छ मलाई । र पनि त्यहाँ धर्म र कुनै ईश्वरको आशालाई खोजेको झिनो शंका पनि गर्न सक्ने आस्तिकता देखिन मैले । 
केही त्यस्ता फटाहाहरू पनि जसले पैसाको खेती गरिरहेका छन् । तिनीहरूलाई त हातको औंलाले गन्न सकिन्छ । तर सिङ्गो ख्रिष्टियानहरूमाथि लगाइने लान्छनालाई म स्वीकार गर्दिनँ । यसो त मन्दिरमा पनि बर्सेनी अरबौं रुपैयाँको भ्रष्टाचार हुन्छ; के हिन्दू धर्मले भ्रष्टाचार गर्‍यो भन्नू उचित हुन्छ र ?
मैले मेरो परिवारले पूजाको थाली बोकेर मन्दिर गएको कहिले पनि देखिनँ । तथापि हाम्रो गणना हिन्दूअन्तर्गत नै पर्दथ्यो । दशैं आउँथ्यो मासु खाइन्थ्यो, तिहार आउँथ्यो टीका लगाइन्थ्यो । तर हामीलाई कुन भगवानको आचरण थाहा थियो र ? मेरो परिवारले कुन देउताको गुणलाई जानेको थियो र ? कुन धर्मग्रन्थ पढेर बुझ्न पाएका थियौं र हामीले ? ईश्वरलाई नजान्ने मेरो परिवार भित्रबाट राजिखुशीले म ख्रिष्टियनमतमा जिउँदा डलरमा बिकेको भएँ ?
आदरणीय मित्रहरू ! एक जमाना यस्तो थियो, यो देशका हरेकलाई हिन्दू भनिन्थ्यो । तर आज यो सम्भावना टुंगिएको छ ।
गणतन्त्रको उदयसँगै हरेकले आफ्नो जिउने अधिकार र स्वतन्त्रताको निम्ति आवाज उठाउन थालेका छन् । तपाईंहरू भन्नुहुन्छ हिन्दू नभए आमा बेच्ने, धर्म बेच्ने, डलरमा बिक्ने ।
यदि ख्रिष्टियनमत अपनाउँदा डलर पाउने भए, १६ वर्षको उमेरमा १९ वर्षको नागरिता बनाएर खाडी देशमा म किन भाँडा मस्काउन जान्थें होला र ? साँच्चै डलर पाउने भए पशुपति र रत्नपार्कको सडकपेटीमा बस्नेहरू, ५० रुपैयाँमा अरूको भाग्य देखाउन छोडेर आफ्नै भाग्य बनाउन ख्रिष्टियन हुँदैन थिए र ? के एउटा टपरी बोकेर रोडमा धुलो खाएर बस्नुको सट्टा डलर कमाउन आउने थिएनन् र ? तपाईंहरू हिन्दुत्व मात्र यो देशमा हुनुपर्छ भन्ने मनसायमा हुनुहुन्छ । त्यसैले अरूको आस्थालाई पैसा खाने, धर्म बेच्ने, आमा बेच्ने भनेर आलोचना गर्न छोडनुभएको छैन ।
ख्रिष्टियानहरूलाई डलरमा बिक्ने भनेर आरोप लाउने गरेको कुरालाई म पनि स्वीकार गर्छु । तर दोष लगाउने, तपाईंहरूको भाषामा होइन । हो छन् केही त्यस्ता फटाहाहरू पनि हाम्रो समुदायभित्र; जसले पैसाको खेती गरिरहेका छन् । तिनीहरूलाई त हातको औंलाले गन्न सकिन्छ । तर सिङ्गो ख्रिष्टियानहरूमाथि लगाइने लान्छनालाई म स्वीकार गर्दिनँ । यसो त मन्दिरमा पनि बर्सेनी अरबौं रुपैयाको भ्रष्टाचार हुन्छ; के हिन्दू धर्मले भ्रष्टाचार गर्‍यो भन्नू उचित हुन्छ र ? कि मन्दिरमा काम गर्ने फलानोले भ्रष्टाचार गर्‍यो भन्नु उचित हुन्छ ?
पैसा खानेहरूलाई, पैसामा राज गर्नेहरूलाई मन्दिर र चर्चबाट सफा गर्न चाहाहुन्छ ? आउनुहोस्, एउटा अभियान सुरू गरौं, हामी साथ दिन तयार छौं । तर हामीमाथि लागेका नक्कली आरोप सहन हामी तयार छैनौं । हिन्दुत्व स्वीकार नगर्ने हरेकलाई दोष लगाउन हामी छोड्दैनौं भनेर तपाईंहरू भन्नुहुन्छ भने, तपाईंहरूको विवेकले सस्तो ज्ञान कमाएको कुरालाई नकार्न सकिँदैन ।
यदि म गलत हुँ भने, तपाईंहरूलाई पनि मेरो एउटा प्रश्न :
आदिवासी जनजातिका सिंगो समुदाय हिन्दुकरण हुँदा चाहिँ धर्म परिवर्तन भएन ? हिन्दू नाम नै नसुनेका देश आज हिन्दूहरू बहुल भएको देश भनिँदा चाहिँ धर्म परिवर्तन नहुने ? र ३% नेपालीले आफ्नो स्वेच्छाले कुनै आस्थामा विश्वास राख्दा चाहिँ धर्म परिवर्तन भयो ?
हिन्दुत्वको नाउमा इतिहासमा धेरै षड्यन्त्र भइसकेको छ । हिन्दु शब्दले हाम्रो पुर्खाहरुको आत्मस्वतन्त्रतालाई खोसेको थियो । हाम्रा ऐतिहासिक पुर्खाहरुका आकांक्षा र मानवअधिकारमाथि खेलबाड गरेको थियो । उनीहरूको स्वतन्त्रतामा बलात्कार भएको थियो । कहिल्यै नसुनेको हिन्दुत्वमा जबर्जस्ति झुकाव राख्न बाध्य बनाएको थियो । त्यसमा चाहिँ कसैले धर्म परिवर्तन देखेन ?
आज मानव स्वतन्त्रताको स्वविवेकमा रहेर मैले (हामीले) इसाई आस्था अपनाउँदा धर्म परिवर्तन भयो ? आमाबुबा बेचुवा भएँ ?
सामाजिक संजालमा इसाईहरूका पोष्टहरूमा कमेन्ट गर्ने हिन्दू भन्नेहरूमध्येका ९८% ले छाडा कुरा लेख्ने, अश्लिल फोटो पोस्ट गर्ने, अनि मुनिपट्टि जय हनुमान, जय राम, जय हिन्दू लेखेको हुन्छ । तपाईंहरूले त्यसरी अश्लिल शब्द, तस्विर पोष्ट गरिरहँदा तपाईंको भगवानलाई खुशी लाग्छ होला र ? म ग्यारेन्टी दिन्छु कुनै त्यस्तो क्रिश्चियन देखाउनुहोस् जसले हिन्दू पोस्टहरूमा अश्लील कुरा लेख्छ र पोस्ट गर्छ । यदि तपाईंहरूले देखाउन सक्नुभएन भने तपाईंहरूलाई लाज हुनुपर्ने हो । देखाउन सक्नुहुन्छ भने त्यसको बारेमा लेख्नुस्, बोल्नुस्, हामी सहन्छौं । नत्र त किन अरूलाई विरोध गर्ने बहानामा आफ्नो भगवानको वदनाम गर्नुहुन्छ ?
बाइबललाई मैले आफूले बुझ्ने भाषामा पढ्न पाएको छु । यही ईश्वरशास्त्र मैले पढें । यसले नै मलाई उपदेश दिन्छ । यसकै माध्यमबाट मैले ख्रिष्टियनमत पक्रेको छु । मेरो जीवनको मोक्षको निम्ति म इसाई आस्थामा तल्लिन भएर जिउँछु । मेरो स्वेच्छाले । कसैले यहाँ मेरो आत्मिक आकांक्षाको हत्या गर्न खोज्छ भने त्यो मूर्ख हो । मेरो इच्छाले आपनाएको आस्थामा म मोहित भएर जिउँछु । यो मेरो अधिकार हो ।
प्रिय मित्रहरू, परिवर्तन गर्न मिल्ने धर्मको विरोध गर्नुहोस् । तर परिवर्तन नै नहुने धर्मको कसरी विरोध गर्नुहुन्छ ? मेरो बुबालाई मनपर्ने कुनै भगवान थिएन । मनपर्ने कुनै मन्दिर थिएन । उसैको छोरा आत्मा शान्ति र आत्मारुचिले डोर्‍याइएर ख्रिष्टियान मतमा जिउँदा, कुन धर्मपरिवर्तन भयो ? कम्युनिष्टको छोरा ख्रिष्टियान हुँदा कुन धर्म परिवर्तन भयो ? नास्तिकको छोरा आस्तिक हुँदा कुन धर्मपरिवर्तन भयो ?
कसैले मलाई यसको उत्तर दिनुहुन्छ भने, कृपया मलाई यसको पनि उत्तर दिनुहोस्- आदिवासी, जनजातिका सिङ्गो समुदायलाई हिन्दुकरण गरिँदा चाहिँ धर्म परिवर्तन भएन ?
बाट साभार http://esamata.com/np
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment