Breaking News
Loading...
######
Monday, November 4, 2013


लामो समयदेखि नेपाल हिन्दूधर्मको शासन र हिन्दू वर्णाश्रमवादीहरुको धार्मिक क्रिडास्थल बन्यो । त्यसैले देशको अधोगति भयो । २०१९ सालदेखि २०६३ साल ४४ बर्षसम्म संबैधानिक रुपमा नेपाल हिन्दूराष्ट्र बन्यो । आज पनि हरेक ठाउँमा हिन्दू धर्मकै बर्चस्व एकाधिकारवाद निरंकुशता कायमै छ । गाई मार्ने मानिस १२ बर्ष कठोर जेल जानु पर्ने मनुस्मृति हिन्दू कानुन अझै कायमै छ । अहिले पनि नेपालमा ८१ प्रतिशत हिदूहरु छन भन्ने गरिन्छ । हिन्दूराष्ट्र नेपाल हुनुपर्दछ भन्ने आवाज चुनाव प्रचार–प्रसार केही धार्मिक अतिवादी हिन्दू दलहरुबाट भईरहेको छ । हिन्दूधर्म भनेको बाहुन–क्षेत्रीको मात्र धर्म हो । यो आयातित भारतीय बनारसी धर्म हो भन्ने गरेको पनि पाइन्छ । के यो कुरा सत्य हो ? नेपालमा बसोवास गर्ने जातजाति समुदायहरु बास्तबिक को हिन्दू हुन ? को हिन्दू होइनन ? कसलाई हिन्दू भन्ने ? हिन्दूको परिचय के हो ? यस बारेमा जनमानसमा धार्मिक तथा बौद्धिक बहसको खाँचो देखिन्छ । बुद्ध जन्मेको देशलाई बौद्धराष्ट्र घोषणा गर्दा के हुन्छ होला ? नेपाल बुद्धराष्ट्र हुनु पर्दछ भन्ने आवाज के नेपाली जनतामा अभियान कै रुपमा लैजान सकिदैन र ? यहाँहरुको भनाई के छ ? कृपया तार्किक शैली शिष्ट र शालीन भाषामा आ–आफना कमेन्ट दिनु होला ।
बाट https://www.facebook.com/tek.pun.16?hc_location=stream
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment