Breaking News
Loading...
######
Monday, November 4, 2013


"जननी जन्मभूमीश्च्व श्वार्गदपी गरीयसी" जन्मदिने आमा र जन्मभूमी श्वार्गसमान हुन्छ/ र सत्यपनि यही नै हो/ अहीले देश कता जानु पर्नेमा कता गैरहेकोछ/ के हुनु पर्नेमा के चाही भैरहेको छ/ कसलाई भरोसा गर्नु पर्नेमा कसलाई बिश्वास गरॆरहेकाछौ/ यो माटोको लागी,यो मात्रीभूमीको लागी, यो देशको स्वाभिमानको लागी,नेपाल र नेपाली रास्ट्रियताको खातीर,सोच्नु पर्ने,लड्नु पर्ने,गर्नु पर्ने,सुन्नु पर्ने,सुनाउनु पर्ने,गराउनु पर्ने,लडाउनु पर्ने आदि, यो देशको आमजनताहरु सबैको प्रमूख दायीत्व नै हो/ तर यो अबस्थामा नेपालको नेता हू,लिडर हू भन्नेहरु,देशलाइ आमूल परिबर्तन गर्दछौ भनी क्रान्तिकारी लहरे खोकी खोकेका पाखण्डी नेताहरु,होलसेल र खुद्रामा आफ़ूलाइ आफ़ैले भारतीय बिस्तारबादको सामु घुडा टेकी गिडगॆडाउदै बेचीरहेकाछन/ यस्ता भीवीखनहरुले देश बचाउला र हामी नाचौला भन्ने भन्ने आशा गर्नुभएको छ, भने त्यो झिकेर फ़्यकीदिएको नै उत्तम हुनेछ/ मनपरेको केटो जेठाजु पर्यो,भन्या झैँ,जसलाइ जनताले नेपाली राजनितीमा केही खुत्त्याई पो हाल्छकी भन्ने आशामा हाम्रा स्वार्थी धोकेबाज नेताहरुलाइ जनताले साथपनि दिएको नै थियो/ तर त्यो त सबै आखामा छारो हाल्ने काममात्र रहेछ/ हगी पनि सक्यो,दैलो पनि देख्यो/ भने झै नेपाल र नेपाली जनताहरुलाई नहोस/ यहा नेताहरुबाट र केही जाती समुदायहरुबाट भारतमा नेपाल र नेपालीहरुलाई मिसाएर नेपाल र नेपालीहरुको अस्तित्व,पहिचान,रास्ट्रियतालाइ संसारको मानचित्रबाट सधाको लागी मेटाउन चाहने बिस्तारबादी भाइरसहरु राज्यको विभिन्न तहतप्क्काहरुमा अड्डा मारीसकेका छन्/ आमुलपरिबर्तनको कायपलट गरीदिनेछौ, भन्ने जस्ता भ्रममा पाखण्डीनेताहरुले सोझै सिक्कीमीकरणतिर रास्ट्रलाइ उन्मूख गराइरहेकाछन/ त्यसैले देशको खातीर,रास्त्रस्वोभीमान,स्वोधिनता,सार्वभौमको खातीर,सम्पुर्ण देशभक्त्त नेपालीहरु! सयथरी बाजा,एउटै ताल,सयथरी बाजा,एउटै चाल,र अनेकतामा एकताको दरिलो डोरीमा सम्पुर्ण हामीहरु एक-आपसमा बाधीनु नै पर्दछ/ सबै भन्दा पहीले रास्ट्रपहीचान नेपाली,अनि मात्र सयौ थरी फुलका मालासरी एक-अर्कामा गासिएको हाम्रो सास्क्रितीक धरोहर बिभीन्न जातजाती,धर्मसन्स्कार,भाषालिपीहरु/ देश रहे,हामी रहन सक्छौ/ हामी रहे/ नेपाल र नेपाली रहन्छ/ नेपाल र नेपाली रहे/ नेपालका बहुमुल्य गहना,सास्क्रितीक धरोहर, जातजाती,धर्मसन्स्कार,भाषालिपी,पहीचान,आदि/ रहन सक्छ/ त्यसैले हामी सबै नेपालीहरुले कुनै जातीपाती,धर्मसन्स्कार,भाशालिपी आदिको नियोजीत बिभेदहरुले एक-आपसमा कदापी हेरिनु हुदैन/ यतीबेला देशलाइ सम्पुर्ण नेपालीहरुको साथ चाहिएको छ/ आफ़्नो आफ़्नो निजी स्वार्थका पोकाहरु छोडेर देशको सामुहीक स्वार्थ रास्त्रियता,स्वधीनता,स्वभीमान,सार्वभौम आदिको लागी हातमा हात कसेर रास्ट्ररक्षाको लागी एकजुट,मजबुत हुनु नै पर्दछ/ हामी सम्पुर्ण देशबासीहरुलाइ देशले लिदैगरेको रास्ट्रीयता र स्वोधीनताको यो अग्नीपरिक्षामा सबै नेपालीहरु सफ़ल हुनु नै पर्छ/ यो समय नेताको भनाइमा पछिपछि आफ्नो कान नछामी दौडीने समय होइन/ यो समय देश र जनताले चरम संकट भोगीरहेको कालो समय हो/ यो समयमा पनि देशको खातीर बृहत बहस नगर्ने हो, भने वा देशकोलागी गम्भीर भएर नसोच्ने हो भने,हामीहरुलाई देशले कहिल्यै माफ़ गर्ने छैन/ विश्वविजेता बहादुर गोर्खा,संसारको शीर सगरमाथा, शान्तीको दूत भगवान बुद्ध,देवताको देवता भगवान शिव,बिश्वशील्पी मानव अरनिको,संस्कारीक छोरी सीता,भृकुटी,आदिको देश,नेपालीहरुको देश नेपाल भनेर संसारसामु सिर ठाडो पारी,छात्ती खोलेर गर्व गर्न पाउने छैनौ/ आफ्नै जन्मभूमीमा शरणार्थी जीवन हामी नेपालीहरुले बिताउनु नपरोस/ हाम्रो आउने सन्ततीहरुले नथुकोस/ नेपालआमाले नसरापोस/ रास्ट्र भन्दा अरु ठुलो स्वार्थ हुनै सक्दैन/
बलिहाङ्ग ती-तिहारको सबैमा मेरो आशीमाला (शुभकामना) ... २०७०.
_____ दिल्ली, भारत.______
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.