Breaking News
Loading...
######
Friday, November 1, 2013


तत्कालिन केन्द्रीय राज्य शक्तिको ढाँचा

प्रथमतः नेपालको केन्द्रीय राज्य शक्ति राजनीतिक दाउपेचभित्र अलझिएको थियो । पृथ्वीनारायण शाहपछिका सिंहासनका उत्तराधिकारीहरु प्रायशः नाबालक भएकोले नायवी लिनका लागि दरबारमा शक्तिको संर्घष भइरहेको अवस्था थियो । यसैगरि सुगौली सन्धिपछि लगभग आन्तरिक राज्य विस्तार बन्द गरेको दरबारले नेपाली योद्धाहरुलाई व्यवस्थित गर्न सकेन । अर्थात, आन्तरिक उपनिवेश सञ्चालनको लागि जम्मा गरिएका फौजलाई व्यवस्थित गर्ने पूर्व तयारी नेपाल सरकारसँग थिएन ।
दरबारभित्रको यहि टकरावको कारण बहादुर शाह राजनीतिभन्दा टाढा रहेभने भिमसेन थापाले जेलभित्रै आत्महत्या गर्नु पर्‍यो । राजनीतिमा यस्ता थुप्रै षडयन्त्रपूर्ण घटनाहरु भए जसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्‍यो । अर्थतन्त्रको यो प्रभाव विस्तारै भोट-बर्मेली परिवारका समुदायमा पनि देखा पर्‍यो ।
इतिहासकार डोरबहादुर विष्टका अनुसार-'पृथ्वीनारायण शाह बिस्तारसँगै जितेका राज्यमा राज्य प्रमुख तागाधारी वर्गलाई राखेको र यही क्रमलाई हिन्दूवादी दर्शनमा आधारित शाहवंशीय खलकले निरन्तरता दिएको' (Fatalism and development- Harka Gurung ) कारण तागाधारी वर्गलाई उल्लेख्य असर पारेन । अर्को कुरा सुगौली सन्धिपछि नेपालको राष्ट्रिय सेनामा 'तागाधारी' वर्गलाई छानेर राख्न थालियो जसले गर्दा भोटर्-बर्मेली समुदायकाहरु राष्ट्रिय मूलधारभन्दा बाहिर रहे । अन्ततः १९ औं शताब्दीका शुरुवात पूर्व नै नेपालको राज्य संरचना 'एक जातीय' बन्न पुग्यो भने स्थानीय शासकको रुपमा रहेका तागाधारी वर्गले शोषणको चरम विन्दुमा पारेर भोट बर्मेली परिवारलाई विदेशीन बाध्य पार्‍यो ।
तत्कालिन नेपालको केन्द्रीय शक्ति राज्य सत्ताको नायवी लिन षड्यन्त्र गरिरहेकोले दरबारमा क्षमता र दक्षता भन्दा पनि स्तुती, चाकडी र चाप्लुसीले अग्र स्थान लिएको थियो ।षडयन्त्रपूर्ण राजनीतिबाट बेखबर पूर्व क्षेत्रका भोट-बर्मेली समूहका जातिहरु आफूले थाहा नपाई पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्ध अंग्रेजको तर्फाट लडे । अर्थतन्त्रमा आएको मन्दिका कारण रोजगार खोजिरहेका भोट-बर्मेली समुदायलाई 'विश्व युद्ध' रोजगारको राम्रो अवसर थियो भने तागाधारी वर्गका लागि यो युद्ध भोटर्-बर्मेली समुदायका युवाहरुलाई विस्थापित गर्न पाइने राम्रो अवसर पनि थियो । त्यसैले तागाधारी सरकारले भोटर्-बर्मेली समुदायका युवाहरु अंग्रेजलाई बेचिदिए ।
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment