Breaking News
Loading...
######
Saturday, November 2, 2013

नेपालको हिन्दु वाहुन-क्षत्रीहरुले मुलबासी-मंगोलियन (किराती आदिवासी जनजाती) हरुलाई सिध्याउने गोप्य राजनीतिक सड्यन्त्रको सकल प्रमाण प्रतिलिपि सहित सबैले जनाले हेर्नु होला..........कृपया यसलाई तपाईहरुको हरेक wall मा post- Share गरि सबै साथी-भाई तथा दिदी-बहिनी समक्ष पुर्याई सूचना र जनचेतना सिर्जना गर्न सहयोग गर्नु होला.........!

"सिक्किमेली तागाधारी बन्धुहरु प्रति हाम्रै हात्तमा सरकार भएको ले मतवाली पार्टीले दर्ता पाएको छैन।"
प्रिय तागाधारी बन्धुहरु
यो सन्देश छापेर हाम्रो संघको उदेश्य तपाईहरु समक्ष पुय्याउने घृष्टता गरेका छौ। तपाईहरुलाई थाहैछ -नेपाल अधिराज्यमा बसोबास गर्ने नेपाली हिन्दु तागाधारी आर्य जातिको राजनैतिक, आर्थिक,धार्मिक ,सामाजिक सम्मान र अधिकारको सुरक्षा गर्ने र सधै कायम राख्ने उदेश्यले "अखिल हिन्दु तागाधारी आर्य संघ" को गठन भएको र यसको कार्यक्रम र उदेश्यको जानकारी सबैलाई गराउने कोशिश बिभिन्न माध्यमहरुबाट गरिसकिएको छ।हाम्रो संघलाई बिश्वास छ। सिक्किममा राज गरि बक्सनु भएका हाम्रा तागाधारी दाजुभाईहरुलाई पनि हाम्रो कार्यक्रमबारे पूर्ण अबगत भै सकेको नै छ। यसैले हाम्रो संघको कार्यक्रमलाई संसार भर सुचारु रुपले अघि बदाएर लैजान र जीबन्त राख्नका लागि आज हामीले सकारात्मक कदम चाल्नु पर्ने महसुस गरियको छ। आजको राजनैतिक परिपेक्ष्यमा नेपाल र सिक्किमलाई मात्र नलिएर बिश्वकै राजनीतिलाई नियालेर आफ्नो राजनीतिक कदमहरुलाई होसियार सित चाल्नु पर्ने समय आयको छ।उदाहरणार्थ दक्षिण अफ्रिकाका नेलशन मन्डेलाकै नेतृत्वमा चलेको क्रान्तिबाट हामीले सबक सिक्नु पर्दछ।जहा बहुसंख्यक काला मान्छेहरु शासक जातिको बिरुधमा उठेका छन्, जुनचाही हाम्रो लागि घातक र हाम्रो जन्मजात बिरोधिहरुका लागि प्रेरणा दायक भएको छ। अब्र्हाम लिंकन, मार्टिन लुथर किगं जस्ता मान्छे हरु बाट पनि हाम्रा प्रतिद्वन्दिवहरुले प्रेरणा लिन थालि सकेका छन्।

आज नेपालमा पनि मतवालीहरुले हाम्रो बिरुद्धमा राजनैतिक र सामाजिक क्रान्ति गर्न थालेका छन् । धर्म, संस्कृति परिबर्तन,गर्दैछन्। हाम्रो सनातनी धर्म त्यागेर बौँद्ध, धर्म अथवा आ-आफ्नो कुल पित्र मान्ने जस्ता निर्णयहरु लिन सक्ने भएका छन् । साथै आ-आफ्नो राजनैतिक सामाजिक संस्थाहरु गठन गरेर सत्ता बिरोधि रवैया अपनाई सकेका छन् , यिनीहरुले राजनैतिक पार्टी "मंगोल नेशनल अर्गनाईजेशन" जस्तो हाम्रो निम्ति बिषालु संगठन नै खोली आफ्नो झगडा गाडी चुनौति दिन थालेका छन्। मतवाली अथवा जनजाति भनेको के हो? यो जान्नका लागि हामीले बि.सं. 1853 को नेपालको मुलुकी ऐनलाई हेरे थाहा लाग्ने छ । सो ऐन अनुसार तिब्बत्ति भाषा बोल्ने समुदायहरु गुरुङ्,मगर,नेवार,तामाङ्,शेर्पा,राई र लिम्बुलाई मतवाली घोषित गरेर कानुनी तहमा नै तल्लो दर्जामा राखिएको छ ।यसरी कानुनी तहमा पनि मतवालीहरु तल्लो दर्जाका हुन् ।
आज त्यही मतवालीहरु राजनैतिक पार्टी खोलेर शाशन गर्ने सपना सम्म देख्ने भइ सकेकाले हाम्रो जातिय सुरक्षाका लागि हामीले यहाँ सरिक कदम चालिसकेका छौँ । हाम्रै हात्तमा सरकार भएकोले मतवाली पार्टीले मान्यता पाएको छैन । जसले गर्दा यी जातिहरु राजनैतिक क्षेत्रमा अघि बद्न चाहेर पनि असमर्थ हुनु परेको छ।यसरी शाशनमा पछि परेकाले शैक्षिक क्षेत्रमा पनि टाउको उठाउन सकेका छैनन् । राजनैतिक, आर्थिक अनि शैक्षिक क्षेत्रमा पछि पर्नाले जातिय चेतना पनि छैन । यसैले यिनीहरुमा मेलमिलाप र एकता आउन सकेका छैन । यसकारण आज मतवालीहरुले राजनैतिक पार्टी गठन गरेर जस्तै सपना देखे पनि नेपालका जनजातिहरु आ-आफ्नो बजाउनमा मस्त छन् । यिनीहरु बिचमा नै साम्प्रदायिक भेदभाब उत्पन्न भएकोले गर्दा मतुवालीहरु एक नभएर अनेक भएका छन् ।यो सबै हाम्रै संघको योजनाको करामत हो र नेपालमा यिनीहरु संग हामीलाई राजनैतिक क्षेत्रमा केही छैन तापनि तागाधारी जातिको अस्तित्व र सत्ता सधै कायम राख्नका लागि यसरी साम,दाम, दण्ड र भेद मन्त्र चलाउन भने सक्नु पर्छ ।
यसै सन्दर्भमा नेपाल बाहिर हाम्रो सत्ता र प्रभुत्व भएको ठाउँ सिक्किम हो । सिक्किममा तपाईहरुले हाम्रो जाति, धर्म र सत्ता कायम राख्नको लागि सहि कदम उठाउन पर्ने हामीले महसुस गरेका छौँ । नेपालमा भन्दा बदी सिक्किममा त्यहाँका मतवालीहरु राजनैतिक क्षेत्रमा शक्तिशाली भएर गइरहेकोले तागाधारी जातिका हात्तबाट सत्ता जालाकी भन्ने हामीलाई पनि डर लागेको छ । यदि सत्ता तागाधारीहरुको हात्तबाट मतवालीको हात्तमा परे हामी शाषण गर्न जन्मेका जातिहरुको सम्मानमा धक्का लाग्नेछ र हाम्रो एउटा ठूलो अपमान हुनेछ ।यर्सथ हाम्रो संघको बिनम्र अनुरोध छ हाम्रो तागाधारी जातिबिचमा कुनै प्रकारका ब्यक्तिगत मनमुटाबमा नलागेर पार्टी पार्टीमा नछुटिएर आफ्नो जातिको सुरक्षाको लागि सबै एक भई सिक्किममा सता नचाई राख्न जोडदार अभियान शुरु गर्नु अति जरुरी छ ।माग दिने हक अथवा देशको तालाचाबि हात्तमा राख्नका लागि हात्त थाप्नेलाई खुसी राख्नु पर्छ किनभने दान थाप्ने जोगीले मटर गाडि लिएर दान थाप्न आउदैन झोली लिएर आउछ। यसैले हामी शाशन गर्ने जाति हौँ, शुद्र बेहोरा देखाउनु हुदैन र हामीले जसरी हुन्छ यिनीहरुलाई ब्यक्तिगत फाईदा दिएर, फकाएर खुसी राख्न सक्नु पर्दछ ।
तपाईहरु खुशी हुनुपर्छ।सिक्किममा हाम्रै मान्छे सिंहासनमा राज गरिबक्सेका छन् ।श्रीमान् नरबहादुर भण्डारी महोदय । तपाईहरुले बुझ्नुपर्छ पहिला 332 बर्षसम्म त्यो सिंहासनमा को बस्या थियो। आज हामी नेपालमा बसेर गर्ब गछौं ।हाम्रो जातिको अर्को राजा सिक्किममा छ।त्यो सिहासन बचाउनको लागि हामी नेपालमा बस्नेले पुरा सहयोग गर्न तयार छौं। भने तपाईहरु आफ्नो ज्यान दिन पनि तयार हुनुपर्छ र हाम्रो सिंहासन खोस्न चाहनेको ज्यान लिन सक्नुपर्छ किनभने सत्ता सुरक्षाको लागि गरिएको सबै कामहरु नैतिक हुन् भनेर चाणक्य नीतिले भन्छ।यसकारण तागाधारी जातिले आँखा चिम्म पारेर श्रीमान् नरबहादुर भण्डारी महोदयलाई काध लगाएर हाम्रो जातिको मर्यादालाई सधै कायम राख्नु पर्छ।यदि सिक्किमको सिंहासन हाम्रा हातबाट खोसियो भने यसको प्रभाब नपालमा पनि पर्छ।यसैले जसरी हुन्छ ।सिक्किमको राज हाम्रै हातमा राख्नुपर्छ सम्पूर्ण तागाधारी जातिको सुरक्षा र सम्मान् हो।
सिक्किमकै यस बिषयमा हाम्रा मान्छेबाट त्यहाका सबै खबरहरु हाम्रा संघले प्राप्त गरेकोले यो सन्देश छपाएर तपाईहरुलाई सर्तक गराउन बाध्य भएका छौं।
ठेगाना-बालुवाटार 4,काठमाडौ, नेपाल
नरहरी तिमिल्सिना
महामन्त्री
अखिल हिन्दु तागाधारी संघ

https://www.facebook.com/AdivasiJanajatiAvaja
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.