Breaking News
Loading...
######
Friday, April 24, 2015

"साम्राज्यबादीका प्रतिक पृथ्विनारायन शाह"

बुद्धलाल मेचे
बुद्धलाल मेचे
इतिहास हार्नेहरुको होइन, जित्नेहरुको हो ।” भन्ने उक्तिलाई स्मरण गर्दै विश्वको इतिहासलाई पल्टाएर हेर्ने हो भने त्यही कुरा भेटिन्छ । युगौयुगदेखि यो प्रथा प्रचलनको रुपमा चल्दै आएर संस्कार बनिसकेको छ । यसो भन्दैमा सत्प्रतिशत कुरा सही हो भनेर मान्न सकिने आधार भने छैन । पुराना इतिहास भत्किन्छन्, नयाँ इतिहास निर्माण हुँदै जान्छ । संसार परिवर्तनशील छ । सबै कुरा परिवर्तन हुन्छ । इतिहास पनि परिवर्तन नहुने कुरा भएन हुन्छ नै यो अकाट्य सत्य हो ।
इतिहास जित्नेहरुले धनबल, बाहुबल, जनबलको प्रभावमा पारेर इतिहास लेखाउँछन् भने लेख्नेहरुले आफ्नो स्वार्थ सिद्ध गर्न तथा मालिक रिझाउन लेखेका हुन्छन् । नकरात्मक पक्षलाई ढाकछोप गरी बढाई चढाई गुणगानले भरिपूर्ण प्राय गरी इतिहास लेखिएको हुन्छ । यसरी लेखिएको झुटो इतिहासको आयु क्षणिक मात्र हुन्छ । दीर्घजीवी हुँदैन । बुद्ध, क्राइष्ट, मोहमेट सत्य इतिहासहरु हुन्, कुनै काल्पनिक होइनन् । यतिका वर्षहरुमा नामोनिशान नामेट हुनेगरी विभिन्न विकृति, विसंगति घुसाउने षडयन्त्र भइरहेको भए तापनि आज परान्त ती इतिहासहरु ज्वलन्त भएर बाँचिरहेका छन् । जन्मेदेखि नमरुञ्जेलसम्म मानिसले इतिहासमा स्थापित हुनका लागि संघर्षरत भइरहन्छ । हुन पनि जुनसुकै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय गर्दै मान, सम्मान, प्रतिष्ठा र पुरस्कार राशीको प्रणाली प्रबन्ध गरेकै हुन्छ । एवम् रीतले राजनीतिक क्षेत्रमा त झन् प्रतिस्पर्धा नहुने कुरै भएन । सरकार गठन, विघटन, सानो दल, ठूलो दल, सत्ता पक्ष, प्रतिपक्षका भन्ने कुरा हुने नै पर्यो । एकले अर्कालाई उछिट्याउने खेल हुन्छ नै । तिव्र इच्छा मनोआकांक्षा मानिसमा जाग्ने भएकै कारण एकताका विश्व राजनीतिमा रजौटाले राजा, राजाले महाराजा र महाराजाले सम्राट वादशाह बन्ने लहर चलाएको थियो । पृथ्वीनारायण शाहको अभियान पनि एकीकरणको अभियान नभएर साम्राज्यवादी थियो । पृथ्वीनारायण शाहलाई एकताका प्रतिक मानेर पौष २७ लाई पृथ्वी जयन्ती मनाउने प्रथा ०६२÷०६३ को जनआन्दोलन पश्चात निर्माण भएको गणतान्त्रिक सरकारले कटौती गरेका थियो । यो स्वागतयोग्य कदम हो ।
गत हप्ता पौष २७ लाई एकताका प्रतिक पृथ्वी जयन्ती मनाउन आवश्यक छ या छैन ? भन्ने वहसको रुपमा सञ्चार मिडियाहरुले बाहिर ल्याएका थिए । थोरैले आवश्यक छैन भन्ने प्रतित्युत्तर दिए भने धेरैजसोले मनाउन आवश्यक छ भन्नेमा स्वीकारोत्ति जनाए । पृथ्वीनारायण शाहका पूर्खा सन् १४९५ मा भारतको मेवाडबाट मुसलमानी राजा अलाउदिन खिलजीको आक्रमणमा परेर भागेर शरणार्थीको रुपमा भिरकोटको बाटो हुँदै वर्तमान नेपाल छिरेका थिए । त्यसपछि गुरुङ, मगरको राज्य गोर्खा र लमजुङमा गाँस बास पाए । नेपाल छिरेको ६४ वर्ष पछि सन् १५५९ मा द्रव्य शाहले गोर्खाका घले राजालाई कपटपूर्ण तरिकाले दुई ठुन्का पारे । गुनले गुन खान्छ, तँलाई म खान्छु भने जस्तै गाँस र बास दिने गुरुङ मगरहरुलाई पहिलो झमटमा उठिबास लगाए । यो षडयन्त्र र सुराकी गर्ने काममा नारायण अर्याल र गणेश पाण्डे दुई बाहुनहरुको महत्वपूर्ण भूमिका रहेको थियो ।
यसरी गोर्खाका राजा द्रव्य शाह र लमजुङमा दाजु नरहरि शाह राजा हुन पुगे । त्यसपछि वरपरका बाईसे, चौबीसे राज्यहरु कब्जा गर्दै गए । पृथ्वीनारायण शाहले आफ्ना पूर्खाले सुरु गरेको साम्राज्यवादी अभियानलाई निरन्तरता दिइएका मा त्र हुन् । तर यत्तिका महत्व र चर्चा पृथ्वीनारायण शाहले पाउनका प्रमुख कारण भने नेपाल गणराज्यको केन्द्र काठमाडौंलाई जित्न सफल भएकोले हो । पृथ्वीनारायण शाह पछि पनि उनका उराधिकारीहरु रणबहादुर शाह, राजेन्द्र लक्ष्मी, बहादुर शाह, सुरेन्द्र शाहहरुले पूर्वी नेपालमा यो अभियानलाई निरन्तरता दिए । वल्लो किरात, माझ किरातसँग पटक पटक आक्रमण गर्दा पनि इतिहासमा उल्लेख भए अनुसार १७ पटक लड्दा पनि हार खाएकोले ताम्रापत्रमा लेखेर सन्धि सम्झौता गर्नु परेको थियो । पृथ्वीनारायण शाहको उदय हुनुभन्दा अगावै नेपाल गणतन्त्रात्मक गणराज्य थियो । काठमाडौं गणराज्य नेपालको केन्द्रविन्दु थियो । सबै राज्यहरुले कर तिरो भारो काठमाडौंलाई बुझाउनु पर्दथ्यो । केन्द्रको विरुद्धमा बाईसे–चौबीसे राज्यहरुले विद्रोह गर्न खोज्दा राजा मानदेव हात्तीमा चढेर गण्डकी तरेर पुगेका थिए, विद्रोह दवाउनलाई । नरेन्द्रदेवले भोटसित ब्यापारको सम्बन्ध बढाएका थिए । अंशुवर्माले आफ्नी छोरी भृकुटीको विवाह तिब्बती राजा श्रङचङगम्पोसँग गराएर दौत्य सम्बन्ध बढाएका थिए । भाष्कर बर्माले नेपाललाई आसामसम्म फैलाएका थिए । आसामको प्राग ज्योतिषमा राजधानी बनाएर दुवै राजधानीमा बस्ने गर्दथे ।
मल्ल शासनकालमा मल्ल राजाले आफ्नो गढ स्थापना गरेको इलाका भारतको सिलिगुढी शहर प्रवेश गर्नु अघि मल्ल गढी नामले परिचित ठाउँ अझै यथावत रहेको छ । तिनै सिलिगुढीदेखि ३० किलोमिटर तलतिर कुच विहार नामको राज्य तत्कालीन अवस्थामा थियो । एकजना मल्ल राजाले कुच विहारको कोच केटीलाई जबरजस्ती रानी बनाएका थिए । असाध्य सुन्दरी केटी भएकीले मल्ल राजा लालायित भएका थिए । कोचहरु बौद्धिष्टमार्गी थिए भने मल्लहरु हिन्दूकरण भएका मंगोलाइड थिए । छितकी पातकी हिन्दूसँग छोरी गई भनेर ती कोच रानीका शाखा सन्तान नातेदारहरुलाई त्यहाँका कोच समाजले गाउँ निकाला गरे । यसरी गाउँमा अछुत घोषणा गरेर गाउँ निकाला गरिसकेपछि उनीहरु हार गुहार माग्दै मल्ल राजाकहाँ पुगे । मल्ल राजाले उनीहरुलाई झापाको जंगल फाँडेर बस्न आदेश थिए । झापाको जंगल फाँडेर बस्ने आदिवासी कोचहरुलाई सुरुमा त्यहाँका मूलवासी धिमाल, मेचे, थारु, दनुवारले खुब हेर्ने गर्दथे । कोचहरु पनि आफूहरु कमजोर नभएको राज खानदानसँग आफ्नो सम्बन्ध रहेको कुरा राख्दथे । राजासित सम्बन्ध रहेको हुनाले कालान्तरमा आदिवासी कोचहरु राजवंशी कहलिए । नेपालको सन्दर्भमा राजवंशीहरु उत्पत्तिका हिसावले मंगोल नै हो तर मूलवासी होइनन् आदिवासी (बाहिरबाट आएको) हुन् । ककसियसमा उत्पत्ति भएर इरान हँुदै भारतको सिन्धुघाँटीबाट भारत छिरेका वर्णाश्रमी आर्य बाहुनहरुले पहिलो स्वागत क्षेत्रपति विष्णुको पाए । ऋग्वेदमा उल्लेख गरिएको छ – श्याम वर्णका क्षेत्रपति विष्णु भनेर । विष्णु भारतका मंगोल मूल निवासी थिए । इरानबाट शरणार्थी भई भित्रिएका आर्य बाहुनहरुले विष्णु कै सहयोग र बलमा वरपरका मूलवासीहरुलाई लूट्न, भुट्न र अधिकार जमाउन सफल भए । यसकारण आजसम्म यिनीहरुको मुखमा भगवान विष्णुु भनेर झुण्डिएको छ । कृष्ण पनि भारतकै मूलवासी मंगोल ग्वाला यादव थिए । मूलवासीहरुलाई दवाउन भरपूर सहयोग गरेकै कारण आज भगवान कृष्णको नाम जप्दै गुनगान गाउँछन् ।
शिव मंगोल नै हुन् । हिमालय पर्वतमालाको मालिक उनकै अस्त्रशस्त्रले अन्य मूलवासी मंगोलहरुको मुलुक हडप्न सफल भएकै कारण वर्णाश्रमी बाहुनहरु आफूलाई देव भन्न गर्व गरे तापनि शिवलाई महादेव भनेर पुकार्ने गर्दछन् । भारत र नेपालमा वर्णाश्रमी व्यवस्था (बाहुनवादी व्यवस्था) फैलाउन र लाद्नमा यहीका मूलवासी राजाहरु मार्फत हुकुम आदेश गर्न लगाएर सफल भएका छन् । यसको निम्ति आर्य बाहुनहरुले क्षेत्री पद सिर्जना गरेका थिए । क्षेत्रीहरुमा ५० प्रतिशत यहीका मूलवासी मंगोलहरुबाट बनाइएका छन् भने ५० प्रतिशत क्षेत्री चाहिँ सिधै बाहुनबाट झरेकाहरु हुन् ।
भगवान बुद्धका बाबु शुद्धोधान मंगोल थारु राजा थिए । सिदाहा बुद्ध बन्नु भन्दा पहिला वास्तुकला, साहित्य ग्रन्थहरु अध्ययन गरेका प्रकाण्ड विद्वान थिए । यसकारण राजकुमार सिदाहा राजा भएपछि वर्णाश्रमी व्यवस्था फैलाउन र लाद्न नसकिने भएपछि राजा सुद्धोधानलाई आफ्नो प्रभाव पार्न सफल भए आर्य बाहुनहरु । अनेकौं कर्मकाण्ड, ग्रह दशा, गोचर देखाएर सिदाहाको राजपाट गर्ने योग छैन, सन्यासी बन्ने योग छ, अन्यथा अनिष्ट हुन्छ भनेर डर, लोभ, त्रास एकैचोटी साइक्लोजी वार घुसाइदिन्छ । बाबु शुद्धोधानले आर्य बाहुनहरुको महाजालमा फँसेर छुवाछुत, उचनिच, जातिपातीको कुरा गर्न थालेपछि सिदाहा राजकुमारले विरोध गर्न थाल्दछ । त्यसपछि बाबु शुद्धोधानलाई राजकुमारको भनाइ र व्यवहार ठीक उल्टो लाग्न थाल्छ । राजा र राजकुमारको टकराव सुरु भएपछि अन्तिममा राजकुमार सिदाहालाई देश निकाला गरिन्छ । सिदाहाले मरेको मान्छे, बूढो रोगी देखेर विरक्त लागेर दरवार र परिवार त्यागेको होइन, वर्णाश्रमीहरुको षडयन्त्रले निकालिइएको हो । पृथ्वीनारायण शाह एकताका प्रतिक होइनन्, साम्राज्यवादीका प्रतिक हुन् । एकताका हिटलरले आर्यहरु मात्र संसारमा शासन गर्न जन्मेको हो भन्थे । अन्त अन्य वर्णकाहरुलाई ग्यास च्याम्बरमा हालेर एकैचोटी ६० लाखलाई मारेका थिए । आफ्नो भाषा, धर्म, लिपि, देश, समुदाय मात्र बाच्नु पर्छ, फुल्नु पर्छ, अरुले टुलुटुलु हेरेर मान्नु पर्छ भन्ने अहमता नै साम्राज्यवादी विचार हो । ठीक त्यसैगरी पृथ्वीनारायण शाहले पनि असली हिन्दुस्तान भनेको यही हो भन्दै अराष्ट्रिय नारा र नीति ल्याए । नेपाललाई हिन्दुस्थान (भारत) बनाए । बहुभाषा, लिपि, संस्कृति, भेषभूसाका धनी नेपाललाई एउटै भाषा एउटै भेष, एउटै लिपि चलाए । अहिन्दू बुद्धिष्टहरुलाई हिन्दूकरण गरी हिन्दूवास लादे । असली हिन्दुस्थानको नाराले स्पष्ट रुपमा पृथ्वीनारायण शाहले बोलेको होइन, वर्णाश्रमी हिन्दू आर्य बाहुनहरुको ईशारामा बोलेको, गरेको भान हुन्छ । नेपालको इतिहासमा गोपाल वंशी र महेशपालवंशीको इतिहासलाई किरात वंशको इतिहासले ओझेल पारे । किरात वंशको इतिहासलाई लिच्छवी र मल्ल शासनले ओझेल पारे । मल्लहरुको इतिहासलाई शाह र राणाहरुले नामेट पारिदिए भने अहिले शाहहरुको इतिहास एउटै वाक्यमा सीमित हुने गरी ०६२÷०६३सालको जनआन्दोलनले बढारेर नयाँ इतिहास कोर्नमा नयाँ नेपाली पुस्ता तल्लीन छन् । यसकारण इतिहासबाट सिक्नु जरुरी छ तर कोट्याएर स्थापित गर्न चाहने विचारले ओतप्रोत हुन चाहिँ अधोगति मती हो । साम्राज्यवादी तत्व र प्रतिगमनको द्योतक चाहना मात्र हो ।
मङ्गोल भिजन बाट साभार........
Share: Note:- ??ा?ं ??ु ?ा? ?ो ?ो?्? ?? ??े ?ा Like, Share ? Commnets ??ी ?ि?ु ?ो?ा

0 comments:

Post a Comment