सूर्यबहादुर थापाले खोकु छिन्तांगमा मारेका किरातीहरुको समझाना बानाइएको चर्चित गीत सुन्नु होला.......
सुर्यबहादुरको मृत्यु र खोकु छिन्तांग...:-Tek Bahadur Thapa Rajesh
कुनै जमानामा यस्तो भनिन्थ्यो , सबै पंच नेपाली, सबै नेपाली पंच | त्यसका एक हस्ती सुर्य बहादुर थापाको आज मृत्युको समाचार सुनिरहदा मेरो मष्तिस्कमा एउटा गीत गुन्जी रहेकोछ " खोकु छिन्तांग दुख्यो कि अरुण सुसाउदा,मन सबको रुन्छ्की दुख बिसाउदा "... | हो , २०३६ सालमा तिनै सुर्य बहादुरको निर्देशनमा धनकुटाको खोकु छिन्तांगमा काम गरि खाने आदिवासी समुदायको सामुहिक नरसंहार भएको थियो | उनीहरुको दोस थियो पंचायत व्यवस्थाको बिरोध | सुर्य बहादुरको शासन कालमा छिन्तांग बासी किरातीहरुलाई सेनाको संगिनले घोची घोची हत्या गरिएको थियो |निहथा जनताको रगतले कोशी नदीको पानीको रंग बदलिएको थियो | गाउमा सैनिक आतंकले सन्नाटा छाएको थियो |तर पनी त्यो आतंकले खोकुलाइ सधै भरिको लागि सन्नाटामा राख्न सकेन बरु खोकु छिन्तांग नेपाली राजनीतिको एक दस्ताबेज भएर रहयो | त्यसैले,खोकु छिन्तांग बीर अम्बर शहिदहरुको प्रतिबिम्ब हो | त्यहि कारुणिक घटनाका बिम्बहरुलाई गीतमा उनेर शिव सुब्बा, गणेश इजम किशोर थुलुंग र हर्क चुम्बेहरुले सारंगीको भाकामा "खोकु छिन्तांग दुख्यो कि अरुण सुसाउदा ..बोलको यो गीत पस्किए पछी दुइ करोड नेपालीको मनले खोकु छिन्तांग सम्झिएर रोएको थियो | खोकु छिन्तांग घटनाका एक प्रमुख पात्र सुर्य बहादुरको मृत्युको शोक धुन बजिरहेको यो बेला आज धेरै दिन पछी मेरो मन मष्तिस्कमा यहि कालजही गीत गुन्जी रहेकोछ | " खोकु छिन्तांग दुख्यो कि अरुण सुसाउदा,मन सबको रुन्छ्की दुख बिसाउदा "... .....
यस विचार Tek Bahadur Thapa Rajesh को facebook वाल बाट साभार गरिएको हो
यस विचार Tek Bahadur Thapa Rajesh को facebook वाल बाट साभार गरिएको हो
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.