"यदि माओवादीले साचै चाहेको भए, पहिलो संबिधान सभा मार्फत नै संघीय संबिधान आउने थियो, अहिले कांग्रेस-एमाले जस्तै माओवादी पनि अढाई सय बर्षे एकात्मक केन्द्रिकृत एक जातको एकाधिकार भएको राज्य सत्तालाई संरक्षण गरि निरन्तरता दिन पक्षमा प्रष्ट देखिन्छ / त्यसैले यिनीहरुसंग यसरी झगडा र सम्झौता मात्र गर्ने हो भने, युग बित्छ तर सधै हात लाग्यो शुन्य" -डम्मर लाबुंग
संघियताको सवाल होस् या लिम्बुवान देखि खसानसम्म र क्षेत्रीय स्थर देखि केन्द्रीय राजनीतिसम्म प्रभाव जमाएर हाम्रो सवाल सबैधानिकरुपमा स्थापित गर्न अब मंगोलियन या आदिवासी-जनजाती, मधेसी या उत्पीडित जाति समुदायहरुको एक हुन नसकेसम्म केहि लछार-पछार हुनेवाला छैन / यहाँ माओवादी प्रति सकारात्मक आशा र विश्वास गरेर भर पर्ने नेता-कार्यकर्ताहरु धेरै देखियो तर माओवादी झन् कांग्रेस एमाले भन्दा खतरा र खराब नियत र मिसन बोक्ने खेलाडी हो भन्ने अझै बुझेका रहेन छन् / अहिले पछिलो समयमा माओवादी पद र पैसाको लागि मात्र यो सबै तमासा देखाइरहेको बुझ्न कठिन छैन /
यदि उसले साचै चाहेको भए, पहिलो संबिधान सभा बाट नै संघीय संबिधान आउने थियो तर.......उसले पनि अढाई सय बर्षे एकात्मक एकल जातको एकाधिकार भएको राज्य सत्ता र नीतिलाई नै निरन्तरता दिन चाहन्छ. भन्ने कुराहरु बिगत ६-७ बर्ष देखि प्रष्ट हुदै आएकोय छ / यदि यिनीहरुसंग यसरी मात्र झगडा, बैठक, सम्झौता गरेर मात्र बस्ने हो भने, युगौ-युग बित्छ तर संघियता र लिम्बुवान देखि खसानसम्म राज्यहरु हुनेवाला छैन / कांग्रेस र एमालेको कुरा त के गर्नु ? नाम लिदा पनि लोदर लाग्छ तर माओवादीले संघियता र आदिवासी-जनजातीहरुको खुलेर कहिले पनि बिरोध गर्दैन यदि यसो गरेमा माओवादी सिधिन्छ / त्यसैले यो संघियता र आदिवासी-जनजातीहरुको बारेमा निरन्तर बोलिरहन्छ वा मन्त्र जपिरहन्छन तर निकास चै बिल्कुल कुनै पनि हालतमा दिनेवाला छैन / यसरी हामीलाई सबैले जनैवादीहरुले आफ्नो स्वार्थ अनुसार निरन्तरखेलाएर युग बित्छ या यसरी भनौ यिनीहरुसंग झगडा गरेर युग जान्छ तर समाधान हुनेवाला छैन /
जे जसरी भए पनि यिनीहरु लिजुली या बिभिन्न सड्यन्त्र गर्दै सधै उनीहरु मात्र माथि उठ्ने र अरुलाई सिध्याउने मात्र हो / जसमा उनीहरुको स्वार्थ अनुसार हामीलाई राजनीतिक गोटी र भर्यांगको रुपमा मात्र प्रयोग गर्नेछन.......यसलाई एक शब्दमा भन्ने हो भने, अढाई सय बर्षे एकात्मक केन्द्रिकृत एकल जातीय एकाधिकार भएको राज्य सत्ता र कानून प्रक्रियाहरुलाई पुन: संरक्षण गरि निरन्तरता दिएर यहाको मंगोलियन अर्थात उत्पीडित जाति र समुदाय (आदिवासी-जनजाती......आदि हरुलाई जे जसरी पनि सिध्याउनु नै यिनीहरुको राजनीतिक मिसन हो.....त्यसैले यी एकात्मकवादीहरुको सड्यन्त्र बाट मुक्त हुन मंगोलियनहरु सबै एक ठाउमा आउनुको बिकल्प छैन / इतिहासमा पनि यसरी एकता हुन नसकेको कारण गोरखाको शासकहरुले जितेको स्थिति थियो. जस्तो कि त्यो सानो काठमाडौँ उपत्यका भित्र मात्र २,३ ओटा राजा/राज्यहरु थिए तर यी मल्ल राजाहरु मिल्न नसकेर कमजोर हुदा गोरखाको शासकहरुले त्यो समयमा भारतको अंग्रेज शासकसंग आधुनिक हतियार र सैन्य सहयोग लिएर काठमाडौँको मल्लहरुलाई ३ पटकमा सखाप पारिएको थियो / यदि यी मल्ल राजाहरु एक भएर पृथ्वी नारायण शाहाको बिरुद्धमा लागेको भए सायद गोरखाको शासकहरुले जित्ने सम्भावना हुदैनथ्यो.या त्यो समयमा गोरखा शासक साम्राज्यवादी/विस्तारवादी बाहेकको सबै खसान देखि लिम्बुवान राज्यहरु एक भएर गोरखाको शासक बिरुद्धमा युद्ध छेडेर नेपाललाई जोगाएको भए, सायद नेपालको अवस्था यस्तो बिजोग, गरिबी र कमजोर तथा अशान्ति पकै हुनेवाला थिएन..........
इतिहासमा गल्ति नै यहिनेर भएको भन्ने मेरो तर्क हो किन कि त्यो एकिकरणको नाममा यसरी देश बर्बाद हुनेगरी चोरी, हत्या-हिंसा गरेर देश नलुटेको भए, सायद यस्तो स्थिति नै हुने थिएन, त्यो समयमा भारत र चीनको तुलनामा नेपाल पनि धेरै सम्पन्न र समृद्ध थियो / यसरी त्यो समयमा मंगोलियन आदिवासीहरु संघठित भएर एक साझा एकेन्द्रीय सरकार बनाएर बढ्ने चेतनासम्म आएन, खाली आ-आफु बीचमा राज्य सिमानाको लागि लडाई र झगडा.गर्दै बिताए, हो त्यो समयमा गोरखा शासकहरुले नेपाल कब्जा जमाएर अहिलेसम्म यस्तो देशको हालत बनाइएको छ / हुन त अहिले पनि त्यो बिगत.इतिहासमा झैँ यी मंगोलियन आदिवासीहरु मिल्न नै नसक्ने अवशेषहरु अझै जिउदो छन् /
यस्तो हाम्रो कमजोरी भए पछि यी पन्चे, कांग्रेस-एमाले र माओवादीहरुले आफ्नो पैतला मुनी नकुल्चिने कुरै भएन नि ? अत: हामीले यो इतिहासबाट शिक्षा लिनु जरुरि भएको छ / किन कि सबै मंगोलियन आदिवासी-जनजाती र मधेसीहरु एक भएमा अहिलेको यो जनाईधारी पन्चे, कांग्रेस-एमाले र माओवादीहरुलाई आफ्नो मुठीमा राख्ने ठुलो तागत या बैकल्पिक शक्ति अवश्य हुनेछ.........तर तपाईहरु चेतना कहिले पनि आउन नसक्नु दु:खलाग्दो कुरा हो.......त्यसैले यो कुरा बुझेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाकोबिड.....
जय संघीय अभिवाद......जय आदिवासी-जनजाती......!
नोट:- यस विचार Dammar Labung को facebook वाल बाट साभार......
0 comments:
Post a Comment