संघियताको सवालमा अहिलेसम्म कोहि कसैले पनि जातीय राज्य मागेको छैन / मुलुकमा २४० बर्ष देखि लादिएको हिन्दु सापेक्ष एकात्मक एकल जातीय राज्य देखि सबै वाक्क-दिक्क भइयो / जुन अढाई सय देखि एक तर्फी लादिएको जातीय राज्यले न त विकास र परिवर्तन नै गर्न सक्यो न त सबै जात-जाति, भाषा-भाषी,दलित, महिला, मधेसी, मुस्लिमहरुलाई राजनीतिक, सामाजिक र आर्थिकरुपमा बराबर स्थान र अधिकार नै दिन सक्यो / तसर्थ जुन बिगत देखि अहिलेसम्म लागु गरिएको एकल जातीय राज्यले आफ्नो केहि निश्चित जाति, समुदाय र धर्म तथा भाषालाई मात्र आफ्नो काधमा बोकेर अघि बढिरहेको छ जसले अरुको सबै कुरा सिध्याउने नीति र मिसन लिएर सधै दन्द र आन्दोलन या अशान्ति मात्र पैदा हुदै आएको छ / तसर्थ इतिहास देखि आहिले सम्म फेल खाएको जातीय राज्य हामीलाई चाहिदैन / भनेर कुरा गर्दा हामी पहिचानवादीहरु नै देशद्रोही र जातिवादीको आरोप लगाइन्छ भने यो कस्तो पाखण्डीपन होला ?
Breaking News
Loading...
Home
»
»Unlabelled
» जातीय कसैले पनि मागेको छैन Dammar labung
Tuesday, January 20, 2015
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment